१४, माघ, नुवाकोट ।

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन व्याब्सनको तीन नम्बर प्रदेशको तदर्थ समितिको अध्यक्षमा अर्किर्ड ऐकेडेमी बट्टारका प्रिन्सिपल रामहरि रिमाल बिजयी हुनुभएको छ ।

अध्यक्ष पदको लागी नुवाकोटका रामहरि रिमाल र चितवनका पुष्पराज श्रेष्ठबीच भएको निर्वाचनमा रिमालले ७० मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी श्रेष्ठले ६१ मत ल्याउनुभएको थियो ।
अध्यक्ष बाहेक बाँकी पदहरु भने सर्वसम्मत रुपमा विभाजन गरिएको छ ।

प्याब्सन ३ नम्बर प्रदेशको बरिष्ठ उपाध्यक्षमा केशवलाल श्रेष्ठ, उपाध्यक्षहरुमा मिनप्रसाद काफ्ले र रमेशकुमार श्रेष्ठ रहेका छन् । सचिवमा उम्मेदवारी नै नपरेपछि सर्वसम्मत मार्फत राखिने भएको छ । सह–सचिवमा धनलाल योञ्जन, कोषाध्यक्षमा कर्म वाङ्देन लामा र सह–कोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा नुवाकोटबाट नारायण भण्डारी सहित विभिन्न ९ जिल्लाबाट १÷१ जना सर्वसम्मत रुपमा निर्वाचित भएको प्याब्सन नुवाकोट अध्यक्ष बुद्धिसागर रिजालले जानकारी दिनुभएको छ ।

तीन नम्बर प्रदेशमा रहेका जिल्लाहरु मध्ये काठमाडौ उपत्यकाको तीन जिल्लाहरु बाहेक बाँकी ९ जिल्ला सम्मिलित रहेको प्याब्सनको तीन नम्बर पं्रदेशको पहिले अधिवेशनमा प्याब्सनको केन्द्रीयतहका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

राज्य पुर्नसंरचनाको विवाद: नुवाकोट प्रवेशको सबै नाका बन्द

जगदिश खनाल -१४ माघ, नुवाकोट ।

राज्य पुर्नसंरचना अन्तरगत जिल्ला प्राविधिक सहयोग समिति नुवाकोट मार्फत अधिकतम सर्वसम्मत गरी प्रस्ताव गरेको बेलकोटगढी नगरपालिका कार्यान्वयनको माग गर्दै स्थानीयवासीले नुवाकोट प्रवेशको दुई मुख्य नाका देवीघाट–गल्छी सडक खण्ड र पासाङ ल्यामु मार्ग अबरोध पु¥याइहेका छन् ।

स्थानीय नागरिकहरुबाट संकलन गरिएको सुझाब, जिल्लामा रहेका राजनीतिक दल लगायत सरोकारवालाबाट सर्वसम्मत प्रस्ताव गरिएको बेलकोटगढी नगरपालिकालाई राज्य पुर्नसंरचना अयोगले सरकारलाई प्रतिवेदन बुझाउने क्रममा परिवर्तन गरेको बिरोधमा आजदेखि आन्दोलनको थप कार्यक्रम मार्फत पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड बन्द–बन्द बनाइएको छ ।

बन्द रहेको सडक खुलाउन ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएपनि सयौको सङ्ख्यामा रहेका स्थानीयवासीले विभिन्न स्थानमा सडक अबरोध बनाइरहेका छन् । लिखु गाँउपालिका बचाउ सङ्घर्ष समितिले पछिले १३दिनदेखि छहरे–टोखा सडक खण्ड पनि अबरोध बनाइरहेकाले नुवाकोटबाट बाहिर जानेगाडीहरु सबै बन्द भएको छ ।

नुवाकोट र रसुवाबाट बाहिरी जिल्लासंग जोड्ने तीनवटै नाका अबरुद्ध हुदाँ यात्रुहरु समस्यामा परेका छन् ।
बेलकोटगढी नगरपालिका पुर्नबहालीको मागको लागी दबाब दिन दुईपिपलको कोल्पुखोला पुल, जिलिङको देवीघाट पुल र बेलकोटको तादीखोला पुलमा स्वागत ब्यानर राखी नगरपालिका भित्रका चार किल्लामा अनिश्चित समयको लागी पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड बन्द बनाइएको छ ।

हिजो बिहान आयोजित स्वागत सभापछि बसेको सङ्घर्ष समितिको बैठकले शान्तिपूर्ण आन्दोलन मार्फत मागको सम्बोधन नहुने भएकाले पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड ठप्प बनाउने निर्णय अनुसार बाटो अबरुद्ध बनाइएको संमितिका संयोजक गोकुलप्रसाद दाहालले बताउनुभएको छ ।

समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गर्दै आएका लिखु गाँउपालिका पुर्नस्थापनाको माग गर्नेहरुलाई प्रहरीले दमन गरी समाधानको वेवास्था गर्दै आएकाले बेलकोटगढीले त्यो भन्दा शसक्त आन्दोलन गर्न पहिलो चरणमा नुवाकोट प्रवेशको दुई मुख्य नाका यातायात सञ्चालन पूर्ण रुपमा बन्द गरेको छ ।

अन्तराष्ट्रिय मार्गको रुपमा जोडिएको देवीघाट–गल्छी सडक खण्ड बन्द भएपछि रसुवागढी नाकासंगको यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । चिनिया पक्षले नाका बन्द गरेकाले अन्तराष्ट्रिय मार्गको प्रभाव भने कम परेको छ ।

“चौथो नुवाकोट महोत्सव” सुरु
१४, माघ, नुवाकोट । “चौथो नुवाकोट महोत्सव” सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन अहिले केही समयमा शहरी विकास मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सासद् अर्जुननरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ ।
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टार बसपार्कमा आजदेखि सुरु भएको महोत्सवमा आगामी २४ गतेसम्म ११ दिन सञ्चालन हुने संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभएको छ । आजदेखि सुरु भएको महोत्सवको लागी स्टल ब्याबस्थापन, प्रचारप्रसार, तुल तथा ब्यानर, स्वागत द्धार, खेलौना तथा मनोरञ्जनात्मक लगायतका सबै तयारी पूरा भएर उल्लासको सञ्चालन चल्न थालेको संघका अध्यक्ष कार्कीले बताउनुभएको छ ।
महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारिकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको उहाँले बताउनुभएको छ । “दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ सुरु गर्न लागिएको महोत्सवले नुवाकोटको पहिचानलाई बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित हुने संघका अध्यक्ष कार्कीले बताउनुभएको छ ।
महोत्सवमा रहेका स्टलहरुमा विक्रीका सामाग्रि सजाउनेहरुको चहल–पहल निकै बढेको छ । महोत्सव स्थलको प्रवेशद्धारमै राखिएको साततले दरवारको नमूनाले मेलामा आउने अवलोकनकर्ताको ध्यान तान्ने अपेक्षा गरिएको छ । महोत्सव स्थलमा स्टल सजावटको, मञ्च व्यवस्थापन तथा अबलोकन गर्नेहरुको चहलपहल निकै बढेको छ ।
महोत्सव उद्घाटनको समारोह भएकाले आज दिनभर अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइएको छ । महोत्सव सुरुवात भएको उल्लासको सन्देश दिन आज एक दिन निःशुल्क प्रवेश दिइएको संघका महासचिव दिपक कायस्थले जानकारी दिनुभएको छ । भोलिदेखि लक्षित बर्ग अन्तरगत रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिलाको लागी निःशुल्क र अन्यको लागी टिकट अनिवार्य गरिएको छ ।
चौथो नुवाकोट महोत्सवको लागी ६७ लाख ५० हजार रुपैयाँको कारोबार गर्ने योजना बनाइएको छ । विशुद्ध आर्थिक प्रबद्धनको लागी महोत्सव सञ्चालन गर्न लागिएकाले नाफा÷नोक्सान भन्दा पनि नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रिको बजारीकरण, धार्मिक एंव सास्कृतिक सम्पदाको पर्बद्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित रहने लक्ष्य बनाइएको छ ।
लोडसेडिङ मुक्त बनाउने भन्दै प्रधानमन्त्रीले भाषण गर्दा विद्युत् आपूर्ति बन्द भएपछि…

काठमाडौं,माघ १४ । विद्युत् उत्पादनका दृष्टिले पर्वत जिल्ला सम्पन्न मानिन्छ। यहाँ तीन वटा जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ भने बाँकी तीन वटा आयोजना निर्माणाधीन छन्। अन्यत्र १४ घण्टा लोडसेडिङ हुँदा समेत उज्यालो पाउने पर्वतका जनता आफूलाई भाग्यमानी नै ठान्छन्। पाँचौं पर्वत महोत्सवको उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् आपूर्ति बन्द भयो।

बोल्ने बेलामा बिद्युत काटिएपछि प्रधानमन्त्री दाहाल केही समय उभिइरहे। पर्वत जिल्लाको विकासका सम्भावना र पर्वतका ब्यवसायी तथा राजनीतिक दलले राखेका विकासे माग सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल देशैभर लोडसेडिङमुक्त गराउने बिषयमा बोल्न थालेका थिए। त्यहीबेला विद्युत् आपूर्ति बन्द हुन पुग्यो। त्यसपछि प्रधानमन्त्री दाहाल माइक अगाडि केही बेर उभिइरहे। निकैबेर नआएपछि उनी फर्किएर आफ्नो सिटमा गएर बसे।

नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले २४ सै घण्टा विद्युतको ग्यारेन्टी गर्दै आएको छ। महोत्सव आयोजकले वैकल्पिक व्यवस्थाका लागि जेनेरेटर पनि राखेका थिए। तर त्यसको चुस्त व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्रीको मन्तव्य अवरुद्ध भयो। प्रमुख अतिथिकै बेलामा विद्युत् आपूर्तिमा समस्या आएपछि आयोजकहरुको दौडादौड भएको थियो। नागरिक दैनिकमा खबर प्रकाशित छ। करिब ७ मिनेटपछि जेनेरेटरबाट विद्युत आपूर्ति भएपछि प्रधानमन्त्री फेरि बसेको सिटबाट भाषण गर्न उठेका थिए।

भूकम्प प्रतिरोधी घरको डेमो प्रदर्शन : एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्को जस्ताको तस्तै

धादिङ, माघ १४ । चौरको बीचमा उस्तै देखिने दुईओटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए। एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्को घरको ठाउँ ठाउँमा सेतो तेर्सो धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए । दुबै घर छिनछिनमा हल्लिन थाले । पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो । जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गल्र्यामगुर्लुमै ढल्यो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि विहिबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो । अबको पुननिर्माण भूकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समितिले यस्तो डेमो प्रदर्शन गरेको हो । जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए ।

कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो । कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन । फरक यक्ति थियो नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो कसिएको थियो, ढलेकोमा थिएन । हेर्दा उस्तै देखिएपनि घरको गारो ९वाल० लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भूकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौं।’

इन्जिनियरका अनुसार घरको जग पुरा भएपछि जमिनको सतहमा पुरै गारोमा टाइबिम कस्नु पर्छ । त्यसभन्दा माथी गारोको चारै सुरमा कुना बन्धन र झ्यालभन्दा तल गारोको बीचमा शिलबन्धन कस्नुपर्छ । झ्याल राखिसकेपछि गारोको वारपार लिण्डलले कस्नुपर्छ । इन्जिनियर भण्डारीले भत्किएको र नभत्किएको घर देखाउँदै बिम र बन्धन राख्ने तरिका सिकाए ।

भूकम्प प्रतिरोधी घर कस्तो हुनुपर्छ भन्नेबारे सुनेर मात्रै जानेकाहरुलाई बिम र बन्धन कसेको र नकसेको घरमा कुन बलियो हुन्छ भन्ने कुरा बुझाउन यस्ता प्रदर्शनीले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । भूकम्प प्रविधी राष्ट्रिय समाजद्वारा निर्माण गरिएका कच्ची र पक्की नमुन घरहरु राखेर गरिएको कम्पन मञ्च प्रदर्शनीमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले सरकारबाट पहिलो किस्ता लिन हतार गर्ने र पुनर्निर्माणमा भएको ढिलाई बारे अनुगमन र समिक्षा हुन जरुरी भएको बताए ।

जिल्लामा सम्झौता गरेका करिव ७४ हजार घरधुरीहरु मध्य ५५ हजार लाभग्राहीले दशैं अगावै पहिलो किस्ता लिई सकेको भए पनि ३३ सयले घर निर्माण गरिरहेका छन् भने ३ हजार घरधुरी निर्माणाधिन रहेको जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएको छ । भूकम्पले उठिबास नै भएकाहरुले मात्रै पहिलो किस्ता लिनेवित्तिकै निर्माणको काम थालेकोले पुननिर्माणमा ढिलाई भएकोले पुननिर्माणलाई गतिशिल बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

भूकम्पले हल्लाउदा घर कसरी ढल्छ भन्ने कुरा सुनेर मात्रै बुझेकाहरुले कमजोर घर प्रत्यक्ष ढलेको र बिम र बन्धन कसेको घर जस्ताको जस्तै अढिएको देखेपछि अबको घर निर्माण भूकम्प प्रतिरोधी नै बनाउनुपर्ने डेमो हेर्न आएका अधिकांशले प्रतिक्रिया दिएका थिए । यस्तो चेतनामुलक डेमो प्रदर्शनी गाउँ गाउँमा गएर देखाउन सरोकारवालाहरुले सुझाव दिएका छन् आजको नागरिक दैनिकमा समाचार छ ।

चुनावका बेला हतियार लिएर हिँड्नेलाई दुई लाख जरिवाना, नगदसँग मतपत्र साटे जेलको बास

काठमाडौं,माघ १३ । स्थानीय चुनावका लागि चाहिने थप तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले काम अन्तिम चरणमा पुर्याएको छ । संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले बिहीबार निर्वाचन कसूर तथा सजायँसम्वन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पास गरेको छ । शुक्रबार यसबारे छलफल गर्न समितिको पूर्ण बैठक बोलाइएको छ । समितिले पास गरेपछि यो विधेयक शुक्रबार नै संसदमा पेश हुनेछ ।

विधेयकले निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । मतदातालाई प्रलोभनमा पार्ने, हातहतियारसहित मतदान स्थलमा प्रवेश गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

यसअघि यस्तो कसुरमा ५० हजार रुपैयाँसम्म जरिवाना, दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था थियो । विधेयकका अनुसार निर्वाचन सामाग्री तथा मतदाता परिचयपत्र कसैैले कब्जा गरेमा दण्डनीय हुनेछ । निर्वाचन सामाग्री लुट्ने, चोर्ने वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजायँ हुनेछ ।

त्यस्तै मतदाता परिचयपत्र कब्जा गरेमा २५ हजारसम्म जरिवाना वा ६ महिना कैद वा दुबै सजायँ हुनेछ ।

नक्कली मतपत्र तयार पार्न, खरिद विक्री गर्न वा आधिकारिक छाप वा चिन्ह लगाएका मतपत्र आफूसँगै लैजान बर्जित छ । त्यसो गरेमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुनेछ । मतदान केन्द्र वा मतगणनास्थलमा विस्फोटक पदार्थ, भाला, खुकुरी जस्ता घरेलु हतियार पनि लैजान पाइँदैन । यो व्यवस्था उल्लंघन दुई लाखसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुबै सजायँ हुने नयाँ विधेयकमा व्यवस्था छ ।

इंग्ल्याण्डसँग भारत ७ विकेटले पराजित

काठमाडौं,माघ १३ । भारतसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड ७ विकेटले विजयी भएको छ । कानपुरमा जितका लागि पाएको १ सय ४८ रनको लक्ष्य पाहुना टोली इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेट्टाएको होे ।इंग्ल्याण्डको लागि ज्यासन रोयले ११ बलमा १९ रन, साम बिलिङ्सले १० बलमा २२ रन, जोय रुटले ४६ बलमा ४६ रन, इओन मोर्गानले ३८ बलमा ५१ रन बनाए । यस क्रममा उनले एक चौका र ४ छक्का हिर्काए ।

योसँगै उनी टी–२० मा १५ सय रन पुरा गर्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । हालसम्म १२ जना ब्याटसम्यानले मात्र यो उपलब्धि हासिल गरेका छन् । भारतका युजभेन्द्र चाहलले दुई साथै परभेज रसुलले एक विकेट लिए ।

भारतका विराट कोहलीले २६ बलमा २९ रन, सुरेश रैनाले २३ बलमा ३४ रन, महेन्द्रसिंह धोनीले २७ बलमा ३६ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई साथै टामल मिल्स, क्रिस जोर्डन, लाम प्लङकेट र बेन स्ट्रोक्सले एक एक विकेट लिए ।

इंग्ल्याण्डका भारत र इंग्ल्याण्डबिच अब दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछ ।

चिन र उत्तर कोरियासँग बिवाद बढिरहँदा जापानी सेनाले गर्यो स्याटलाईट प्रक्षेपण

टोकियो ।
जापानले प्रक्षेपण गरेको तीन स्याटलाईट मध्ये सेनाले आफ्नै प्रयोजनका लागि पहिलो स्याटलाईट प्रक्षेपण गरेको छ ।

आम प्रयोजनका लागि यसअघि प्रक्षेपण गरिएका स्याटलाइटबाटै एउटा प्रयोग गर्दै आएको सेनाले सैन्य सुचना प्रयोजनको लागि पहिलो सञ्चार स्याटलाइटको सफल परिक्षण गरेको हो ।

उत्तर कोरियाबाट लगातारको चेतावनी, चिनसँगको साम्रुन्द्रिक सिमा विवाद बढिरहँदा जापानी सेनाले उच्च क्षमताको सञ्चार गर्न सक्ने र तिब्र गतिको क्षमता भएको नेटवर्क सहितको यो उपग्रह प्रक्षेपण गरेको बताएको छ ।

जापानको सेल्फ डिफेन्स फोर्सले बताए अनुसार यो स्याटलाईट प्राकृतिक विपत्ति र अन्य संकटकालिन अवस्थामा सुचना सम्प्रेषणको लागि समेत प्रयोग हुनेछ ।

जापानी सेना, नौसैनीक, वायु सेनासँग एकसाथ सम्पर्क राख्न सक्ने क्षमताको यो स्याटलाईट प्रक्षेपणपछि जापानले उत्तर कोरिया र चिनका सैन्य गतिविधिमाथि समेत निगरानी बढाउने ठानिएको छ ।

जापानको संसदले अन्तरिक्ष प्रयोगलाई लिएर यसअघि सन् २००८ मा प्रस्ताव पारित गरेसँगै विभिन्न पक्षेपण र अनुसन्धान हुँदै आएका थिए ।

हाल प्रक्षेपण गरिएको स्याटलाइट कागोशिमा स्थित प्रक्षेपण केन्द्रबाट गरिएको हो ।
यो स्याटलाईटले सुडान तथा सोमालियामा शान्ति मिशनमा खटिएका जापानी सेनासँग समेत सिधा सम्पर्क स्थापित गर्नुका साथै विश्व शान्ति स्थापनाको लागि समेत काम गर्ने बताइएको छ ।

मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीले निस्शुल्क ‘ई–कार्ड’ पाउने

क्वालालम्पुर ।
मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपालीले इकार्ड पाउने भएका छन् । मलेसिया सरकारले यहाँ रहेका गैरकानुनी आप्रवासी कामदारहरु दर्ता गरी ई–कार्ड वितरण गर्ने भएपछि नेपालीहरुपनि लाभान्वित हुने भएका हुन् ।

गैरकानुनी आप्रवासीलाई वैधानिकता दिनुअघि ‘ईन्फोर्समेन्ट कार्ड’ भनिने उक्त कार्ड ९ई–कार्ड० निस्शुल्क उपलब्ध गराइने बताइएको छ ।

रोजगारदाताले अध्यागमन कार्यालयमा गई आफ्ना गैरकानुनी कामदारको विवरणहरुसहित आवेदन दिएपछि उक्त विवरणको आधारमा त्यस्तो कार्ड कामदारलाई निस्शुल्क उपलब्ध गराइने अध्यागमन विभाग प्रमुख मुस्ताफर अलिलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

विभिन्न रोजगारी क्षेत्रमा कामदारको अभाव बढ्न थालेपछि मलेसियाले त्यस्तो अभाव टार्न र गैरकानुनी कामदारको संख्या घटाउन यसैवर्ष जनवरी १७ मा उनीहरुलाई अस्थायी श्रमस्वीकृति दिने घोषणा गरेको थियो । पटक पटक वैधानिकता हुने वा स्वदेश फिर्ने अवसर दिँदासमेत अझै पनि लाखौं आप्रवासी कामदार मलेसियामा गैरकानुनी अवस्थामा कार्यरत रहेको र तीमध्ये हजारौंको संख्यामा नेपालीहरु रहेको हुनसक्ने अनुमान छ । हालको यो कार्यक्रम पूर्ण रुपमा लागू भएमा हजारौं नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अध्यागमन विभाग प्रमुख अलिका अनुसार कार्डका लागि रोजगारदाताले आफ्ना कामदारको विवरणसहित आगामी फेब्रुवरी १५ देखि जुन १५ भित्रैमा विभागका कार्यालयहरुमा आवेदन दर्ता गराउनुपर्नेछ र उक्त कार्डको म्याद भने १ वर्षको हुनेछ । उक्त एक वर्षभित्रमा कामदारले आफ्नो मुलुकको दुतावासमार्फत् राहदानी लिनुपर्ने हुन्छ ।

यो कार्यक्रममा दर्ता भइसकेपछि करार अवधिभर रोजगारदाता परिवर्तन गर्न नपाइने, दर्ता हुन रोजगारदाता कालोसूचीमा नरहेको हुनुपर्ने, रोजगारदाताले आफ्नो कम्पनी र आफ्ना कामदारका आवश्यक कागजात एवं विवरणसहित कामदार स्वयम्लाई लिएर अध्यागमन कार्यालयमा गई दर्ता गराउन सक्ने जनाइएको छ ।

त्यस्तै, कार्यक्रममार्फत् कामदारले प्लानटेशन, कृषि, औद्योगिक निर्माण, उत्पादन र सेवा क्षेत्रमध्ये कुनै एक क्षेत्रमा काम गर्न पाउनेछन् अर्थात् यी क्षेत्रमा काम गरिरहेका गैरकानुनी आप्रवासी कामदारले यो कार्यक्रममा भाग लिन पाउनेछन् । कामदारका लागि ‘रिहाईरिंग कार्यक्रम’कै नियमहरु लागू हुने उल्लेख गरिएको छ ।

‘जुन १५ पछि आवेदन लिने म्याद बढाइने छैन । कार्ड लिएको एक वर्षको अवधिभित्रै रोजगारदाताले स्वीकृतिका लागि सम्बन्धित दुतावासमार्फत् आफ्ना कामदारको राहदानी झिकाईसक्नुपर्छ’ अलिको भनाइ उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक ‘द स्टार’ले उल्लेख गरेको छ । उक्त कार्यक्रमबारे विस्तृत विवरणबारे जिज्ञासा राख्दै क्वालालम्पुरस्थित नेपाली दुतावासले अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको राजदुत डा। निरञ्जनमानसिंह बस्न्यातले बिहीबार बताए । ‘हामीले दर्ता प्रक्रिया, लाग्ने खर्च आदिबारे जानकारीको पर्खाईमा छौं । केही दिनमै यसबारे जवाफ आउँछ होला’ उनले भने ।

गतवर्ष सार्वजनिक एक तथ्यांकअनुसार मलेसियाले गत वर्ष सञ्चालन गरेको रिहाईरिंग कार्यक्रममा ६ हजार भन्दा धेरै नेपाली दर्ता भएको जनाइएको थियो । यद्यपि उक्त कार्यक्रममा दर्ता हुने आप्रवासी कामदारहरुको तुलनामा नेपालीको संख्या न्युन हो ।

अध्यागमन विभाग प्रमुख अलिले कामदार दर्ता गर्न विचौलिया र एजेन्टको प्रयोग नगर्न रोजगारदाताहरुलाई चेतावनीसमेत दिएका छन् । करिब ४ लाख देखि ६ लाख आप्रवासी कामदार दर्ता हुने विश्वास अध्यागमन प्रमुख अलिको विश्वास छ ।

पछिल्ला वर्ष न्युनतम पारिश्रमिक, लेभी, अवैधानिक दर्ता लगायत श्रमनीतिमा धेरै परिवर्तनहरु भइसकेका छन् । केही साताअघि कामदारको लेभी रकम रोजगारदाताले बुझाउनुपर्ने निर्णय गरेको मलेसियाले रोजगादाताको आलोचना र दबाबपछि लेभी रकम पुनस् कामदारले तिर्नुपर्ने गरी निर्णय उल्ट्याएको थियो ।

विगत ६ वर्षयता मलेसियाले गैरकानुनी कामदारका लागि विभिन्न शीर्षकमा झण्डै आधा दर्जन अवसरमूलक कार्यक्रमहरु ल्याइसकेको छ । यद्यपि गैरकानुनी कामदार हटाउनु मलेसियाका लागि ठूलै चुनौती बन्दै आएको छ ।

के हो ई–कार्ड ?
यो कामदारको विवरणहरु उल्लेख हुने गरी बनाइएको एक स्मार्ट कार्ड हो, जसलाई बायोमेट्रिक आइडेन्टीफिकेशन कार्ड अर्थात् ईन्फोर्समेन्ट कार्ड वा भेरिफिकेसन कार्ड पनि भनिन्छ । यस कार्डमा कामदारको बायोमेट्रिक लगायत विभिन्न विवरणहरु हुन्छ ।

प्रशासनले आवश्यक परेको खण्डमा गैरकानुनी कामदारको रेखदेख गर्न समेत यस्तो कार्डले सहज हुन्छ । यस कार्डबारे विस्तृतमा केही उल्लेख नगरिएको भए पनि यस्तो कार्ड कामदारले राहदानी नपाइञ्जेलको एक वर्षे अवधिका लागि प्रयोग गर्नका लागि ल्याइएको कान्तिपुरमा समाचार छ ।

चिनियाँ नागरिक ४४ वटा पासपोर्ट सहित एयरपोर्टबाट पक्राउ

काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहादानी ९पासपोर्ट०सहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरबाट चिनको कुनमिङ जान लागेका चिनियाँ नागरिक ४१ वर्षीय वीउ बिन छि पक्राउ परेका हुन् ।

हिजो 'बुधबार' बेलुका साढे ९ बजे विमानस्थलबाट पक्राउ गरिएको विमानस्थलका डीएसपी गणेश चन्दले जानकारी दिए ।

चन्दका अनुसार पक्राउ परेका छिको साथबाट चिनियाँ नागरिकका ४४ थान पासपोर्ट बरामद भएको छ । ती पासपोर्टमा कुनै देशको भिसा लागेको छैन ।

छिले भिसा लगाउन पासपोर्ट नेपाल ल्याएको प्रहरीलाई बयान दिएको डीएसपी चन्दले जानकारी दिए । जबकी चिनियाँ नागरिकलाई नेपालमा ‘अनअरायभल भिसा’ दिने व्यवस्था छ । उनी अहिले पनि प्रहरी नियन्त्रणमा छन् ।

यसबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । उनले दोभाषे ल्याएपछि थप अनुसन्धान हुने कान्तिपुरमा समाचार छ ।

पछिल्लो समय नेपालको बिमानस्थल हुँदै अवैध तस्कर हुनेगरेको समाचारहरु लगातार आइरहेका छन् ।

ओइ सीमास्तम्भ खोइ ?

माघ ।
नेपाल–भारत छुट्याउने मुख्य र सहायक गरी एक दर्जन सीमास्तम्भ हराएका छन् । पूर्व कटकुइयाँ र पश्चिम मानखोलासम्मको सीमाका मुख्य ५ ९जंगे पिल्लर० र सहायक गरी दर्जनभन्दा बढी स्तम्भ अहिले देखिँदैनन् ।

ती कहाँ गए त रु स्थानीय प्रशासनको तथ्यांकअनुसार तीमध्ये अधिकांश स्तम्भ खोलाले बगाइदिएको छ ।

दुई वर्षअघिको राप्ती बाढीले मटेहिया २ भगवानपुरस्थित ६४३ ९१४० नम्बर सीमास्तम्भ बगाएको स्थानीयको भनाइ छ । तर, प्रशासनको तथ्यांकमा उक्त स्तम्भबारे उल्लेखै छैन । त्यसअघि ६३५९३०, ६४४ ९१६०, ६४५९१७र१० र ६५७ नम्बरका मुख्य पिल्लर हराएका थिए ।

प्रशासनको अभिलेखमा चार मुख्य र ५ सहायक स्तम्भ बगेका छन् । त्यस्तै ६३८र६, ६३९र१७, ६४३र१, ६४३र२, ६४४र १,६४४र२, ६४५र१ र ६५६र१ नम्बरका सहायक पिल्लर पनि हराइरहेका छन् । ६३६र४, ६४६र१९ र ६५५र३६ नम्बरका मुख्य पिल्लर र १९ वटा सहायक स्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका छन् । १ मुख्य स्तम्भ र ३ सहायक सीमास्तम्भ पुनर्निर्माण तथा १७ स्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ ।

बाँकेको सीमामा मुख्य र सहायक गरी ३ सय ७ स्तम्भ छन् । ३२ मुख्य स्तम्भमध्ये ५ खोलाले बगाएको हो । त्यस्तै २ सय ७५ सहायक स्तम्भमध्ये ५ वटा बगेको र ३ वटा हराएका हुन् । नेपालगन्जको मुख्य नाका नजिकैका सहायक स्तम्भ हराएका छन् । त्यसबारे सीमावर्ती नेपालीले स्थानीय प्रशासनलाई जानकारी दिँदै आएका छन् । प्रशासनले सरकारलाई लिखित जानकारी गराउँदै आएको छ ।

‘भारतीय समकक्षी सुरक्षा अधिकारीसँग ‘काउन्टर पार्ट’ बैठकमा सीमाबारे पटकपटक छलफल हुने गरेको छ । तर, दुई मुलुकको सीमासम्बन्धी संवेदनशीलताका कारण स्थानीयस्तरबाट गरिएको प्रयासले स्म्भव छैन,’ जिल्ला प्रशासनका सूचना अधिकारी खगेन्द्र पौडेल भन्छन्, ‘सरकारस्तरीय पहलबाट मात्रै समस्या समाधान हुन सक्छ ।’

राप्तीले पूर्वी क्षेत्रको सीमास्तम्भ बगाउँदा दुई मुलुकको भूमि छुट्याउन समस्या भएको स्थानीय बताउँछन् । ‘पहिले पिल्लर भएको स्थानमा नदी बगेको छ । बालुवा भरिएका कारण सीमा कहाँसम्म हो भन्न सकिने अवस्था छैन,’ मटेहियाका जगदीश गोडिया भन्छन्, ‘पिल्लर हुँदा नेपाल–भारत भूमि जानकारी हुन्थ्यो । अब थाहै पाइँदैन ।’ दुवै देशका परराष्ट्र मन्त्रालयबीच सहमतिमा नयाँ सीमा स्थापना, मर्मत वा पुनर्निर्माण गर्न पाइने अन्तर्राष्ट्रिय मान्यता छ ।
ठाकुरसिंह थारू, बाँकेले कान्तिपुरमा लेख्नुभएको छ ।

कसको मन नपग्लेला यस्तो देखेपछि ? जापानमा थालियो मण्डल परिवारको लागि रकम संकलन

टोकियो ।
१६ जनाको परिवारमा पालन पोषण गर्ने व्यक्तिहरु सबै अन्धोपनको शिकार बनेपछि खाना र कपडा समेत अभाव झेल्दै आएका सप्तरीका मण्डल परिवारको सहयोगको लागि जापानमा रकम संकलन थालिएको छ ।

नेपालमा विभिन्न सामाजिक कामको लागि सहयोग जुटाएर सेवा गर्दै आएका युवा शिव तण्डुकारले सप्तरीका मण्डल परिवारको लागि रकम संकलन थाल्नु भएको हो ।

यसअघि धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण नमुना बस्तीको लागि ८ लाख  बढी रकम तथा अनुहारमा मासु पलाएपछि कष्ट झेल्दै आएका एक व्यक्तिको उपचारको लागि समेत ५ लाख बढी र अन्य सामाजिक काममा समेत सहयोग जुटाएर नेपाल पठाउँदै आएका तण्डुकारले सप्तरीका मण्डल परिवारको लागि आवास सहितको व्यवस्थाको लागि भइरहेको प्रयासमा सहयोग गर्न रकम सहयोग गर्न लागिएको जानकारी दिएका छन् ।

सामाजिक कामका सक्रिय रमेश प्रसाद शाह, कलाकारद्धय कुमार कट्टेल 'जिग्रि' र अर्जुन घिमिरे 'पाँडे' समेतको पहलमा भइरहेको सहयोगमा सक्दो सहयोगको लागि तण्डुकारले जापानमा रहनुभएका सबैसँग अनुरोध गर्नुभएको छ ।

संकलित रकमको विवरण र पठाइएको रकम समेतको विवरण स्पष्ट पार्दै पुष्प माघको जाडोमा समेत आगं ढाक्ने कपडा र खाने खान सहित ओतलाग्ने ठाउँसमेत भरपर्दो नभएका मण्डल परिवारको लागि थालिएको यो पहलमा साथ र सहयोग गर्न आग्रह गर्दै तण्डुकारले यस्तो आग्रह गर्नुभएको छ

नमस्ते ।
सप्तरीको मण्डल परिवारको सहयोगार्थ केहि रकम संकलन गर्ने सोच बनाएको छु । मेरो व्यक्तिगत तर्फबाट सहयोग गर्ने सोचेको थिए तर यदि कोहि साथीहरू ईच्छुक हुनुहुन्छ भने संयुक्त्तरूपमा पठाऊदा धेरै हुने भएकोले यो मेसेजबाट आग्रह गर्दैछु।

पहिले जस्तो बृहत आर्थिक संकलन अभियान यो पटक गर्ने छैन । फेसबुकमा मण्डल परिवारको समाचार सेयर गर्दा like र react buttom थिच्नुहुने साथीहरूलाई व्यक्तिगत अनुरोध गर्ने सोचे र त्यहि अनुरूप गर्दैछु ।

यस्तो पुष माघको जाडो मा अांग ढाक्ने एकसरो लुगा छैन, खानलाई गतिलो खाना छैन , ओत लाग्न बलियो घर छैन । समाचार पढेर पक्का तपाईलाई पनि निकै दुख लागेको हुनुपर्छ, थोरै भएपनि सहयोग गरौ भन्ने भएको हुनुपर्छ ।

आऊनुहोस् के कति सक्नुहुन्छ सहयोग गर्नुहोस् ।
तत्काल राहत पुराएको जिग्री (कुमार कट्टेल),पाँडे (अर्जुन घिमिरे) र समाजसेवी रमेश प्रसाद साह को टिमले मण्डल परिवारको लागि बस्ने घर बनाईदिने योजना बनाएका छन् । ऊनीहरूलाई साथ दिऔं ।

19.03¡ÆC