
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।
प्रधानमन्त्री शाहकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्रीले आजै राष्ट्रपतिसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
सुधन गुरुङले दाेस्राे पटक गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे हाे । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा–१ बाट निर्वाचित उहाँ यसअघि २७ दिन गृहमन्त्री बन्नुभएको थियो ।
गुरुङ गएको चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि छानबिन भएको थियो । छानबिनबाट ‘क्लिनचिट’ पाएसँगै गुरुङ गृह मन्त्रालयमा फर्किनुभएकाे हाे ।
महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ । उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बन्नुभएको थियो ।
21.71¡ÆC