
यही फागुन २१ गते भएको आम निर्वाचनमा निर्वाचित हुनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई मतदानमा सहभागी हुनुभएकोमा सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ।
लोकतान्त्रिक राज्य व्यवस्था प्रणालीमा आवधिक निर्वाचन हुने कुरा स्वाभाविक हो। त्यस निर्वाचनमा दलहरुले आफ्ना एजेन्डा एवं प्रतिबद्धताहरू बोकेर नागरिक-मतदाता सामु जान्छन्। मतदाताले दलहरूले प्रस्तुत गरेको घोषणापत्र तथा प्रतिबद्धता पत्रहरूलाई अध्ययन गरी आफ्नो मत जाहेर गर्छन्। हाम्रो जस्तो देशमा यो कति हुन सक्यो सकेन छलफलको विषय नै छ। यो सर्वस्वीकार्य र लोकतन्त्रको सुन्दर पक्ष हो।
अब कुरा गरौँ नेपाली कांग्रेस पार्टीको २०४६ यताको कुरा गर्ने हो भने जनआन्दोलन पछाडि २०४८ काे आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्यो त्यो पाएको बहुमतलाई पार्टीले व्यवस्थापन गर्न सकेन। पुनः नेपाली मतदाताले २०५६ मा बहुमत दिनुभयो। त्यो पनि सही सदुपयोग हुन सकेन। माओवादीको विद्रोहले बीचमै दुर्घटनामा पर्यो र राज्यले आफ्नो लोकतान्त्रिक व्यवस्था पनि गुमाउन पुग्यो।
०६२-०६३ को जनआन्दोलनले माओवादीको विध्वंशलाई अन्त्य गर्यो र शान्ति प्रक्रियामा ल्यायो। जसमा नेपाली काङ्ग्रेसले प्रमुख एवं भूमिका निर्वाह गर्यो त्यस पछाडिकाे निर्वाचन २०६४ मा जना आदेश माओवादी पार्टीलाई प्राप्त भयो तर उसले त्यसलाई सदुपयोग गर्न सकेन। दुईपटक भएको संविधानसभाको निर्वाचनले २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी गर्न सफल भयो।
राज्यको पुनरसंरचनापछि स्थायी सरकार र स्थायित्व खोजिरहेका नेपाली मतदाताहरू सामु २०७४ सालकाे आम निर्वाचनमा नेपाली मतदाता सामु एउटा विकल्प तयार भयो। जो नेकपा पार्टी सबै कम्युनिस्ट पार्टीहरु मिलेर नेकपा पार्टी बन्यो र मतदाताले दुई तिहाइको हाराहारीमा नेकपा पार्टीलाई मतदान गर्नुभयो। लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने हाम्रो पार्टीले सुन्दर र सबल प्रतिपक्षको भूमिका निर्वाह गर्ने पोजिसनमा बस्यो। तर तत्कालीन नेतृत्वबाट त्यो काम कति हुन सक्यो सकेन इतिहासको पानामा साँचि छ।
पुन: २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस पार्टी पहिलो पोजिसनको पार्टी बन्न पुग्यो। हामीलाई (कांग्रेस) जनताले बनाएको पहिलो पोजिसन अनुसार नागरिकका समस्याका विषयहरु सुशासनका विषयहरु भ्रष्टाचारका विषयहरुलाई तत्कालीन पार्टी नेतृत्वले कति सम्बोधन गर्न सक्यो सकेन यो पनि तमाम मतदाता नेपाली कांग्रेस तथा स्वतन्त्र नागरिक सामू जगजाहेरै छ र तिनै गतिविधिले गर्दा भदौ २३ र २४ को जनविद्रोह भयो।
यसमा नेपाली काङ्ग्रेस अछुतो रहन सक्दैन किनकि तत्कालीन सरकारमा नेपाली कांग्रेस पनि सहभागी थियो। तत्कालीन नेतृत्वको कार्यदक्षतामा भएको समस्याको कारण संसदले आफ्नो पूरा आयु चल्न पाएन तमाम नेपाली जनता नेपाली कांग्रेसका तमाम सदस्यले समस्या झेल्नु पर्यो।
फलस्वरूप २०८२ साल फागुन २१ गते मध्यावती निर्वाचनको घोषणा भयो। र हामी निर्वाचनमा सहभागी बन्यौं। निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसको नेतृत्वको विरुद्धमा ठूलो टिका टिप्पणी चलेको छ।
खासगरी कांग्रेसमा क्रियाशील रहेर अन्यत्र पार्टीमा मतदान गर्ने र परपिडामा रमाउने साथीहरूको अत्यन्तै कुसंस्कारिक कमेन्टहरू र भावनाहरू सामाजिक सञ्जालका पेजमा ओइराे भएर ओकलिएको पाइन्छ। यस्ता प्रकृतिका विषयहरूमा बहकिने र आफूले वाचा गरेको जिम्मेवारीहरूलाई पूरा नगरी अन्यथा निर्णय लिने छुट नेपाली कांग्रेसको तत्कालिन नेतृत्वलाई छैन।
विशेष महाधिवेशनको पक्ष र विपक्षमा हुनेकाहरूको बीच भएको द्वन्दले निर्वाचनको परिणाम हामीले सोचेजस्तो आउन सकेन। नेपाली कांग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाले विशेष महाधिवेशनले दिएको कार्यादेश पन्ध्रौँ महाधिवेशन पूरा नगरी पार्टीबाट राजीनामा गर्ने छुट छैन। चुनावमा भाग लिने र पार्टीको जिम्मेवारी सम्हाल्ने कुरा फरक फरक हो।
कालो बादल भित्र चाँदीको घेरा हुन्छ भनेजस्तै तपाईंले पार्टीको विधानको धारा १७ काे २ मा व्यवस्था भएबमोजिम विशेष महाधिवेसनको विद्रोह मार्फत नेपाली कांग्रेसको नेतृत्व गरेपछि नेपाली नागरिकमा विशेषगरी कांग्रेस जनमा एउटा आशाको दियो जलेकाे छ ।
तपाईँ र तपाईँको नेतृत्वले आशाको दियो निभाउने काम गर्न पाउनुहुन्न। कतिपय अवस्थाहरूमा आदर्श र सिद्धान्त भन्दा पनि व्यवहारिक पक्षलाई हेरेर निर्णय गर्नुपर्ने हुन्छ। यसकारणले तपाईंले राजीनामा गर्नु हुन्न पाउनुहुन्न गर्दै गर्नुहुन्न यो मेरो निजी विचारसँग धेरैजनाको मत मिल्छ भन्ने विश्वास लिएको छु।
जय नेपाल !
नमस्कार
-सरोज केसी, युवा नेता-नेपाली कांग्रेस, नुवाकोट
15.14¡ÆC