करुणा ग्रुप अफ कम्पनीको ब्युटिसियन सामाग्री हस्तान्तरणका लागि ५० जना छनौट

त्रिशूली । करुणा ग्रुप अफ कम्पनीले नुवाकोट जिल्लामा २०७९ असार १५ गते भएको अन्तरवार्ताबाट ब्युटिसियन सामाग्रीहरु हस्तान्तरणका लागि ५० जना छनौट गरेका छन् । फारम भरेका सम्पूर्ण महिलाहरुले तादी गाउँपालिका र विदुर नगरपालिका गरी २ स्थानमा अन्तरवार्ता लिएको कुरा कम्पनीका संचालक करुणा पाण्डेले बताउनु भयो ।
आजको यस उद्यमशिल युगमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि संस्थाले तालिम, सीप, तथा स्वरोजगारी, उद्यमशिलता बनाउने र महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने कार्यक्रमको लक्ष्य रहेको हुनाले तालिम लिएका तर अवसरको खाँचो रहेका सम्पूर्ण महिलाहरुलाई प्रोत्साहित गर्नका लागि ब्युटिसियन सामाग्रीहरु हस्तान्तरणगर्न लागेको कुरा संचालक पाण्डेले बताइन् ।

No description available.
अन्तरवार्तामा छनौट हुनेमा सरु सुबेदी, लक्ष्मी चौधरी (उप्रेती), ईशा श्रेष्ठ, भागीरथी भट्टराई, निर्मला तामाड्ड, नुमु चौलागाई, अस्मिता कपाली, जेनिशा लामा, कमला गोले, आरती तिमल्सिना, सविना नेपाली, गायत्री वि.क., लक्ष्मी थापा, अनिता श्रेष्ठ, दिक्षा मिश्र, सनिसा थापा, शशी तामाङ, सृजना श्रेष्ठ, दुर्गा पाण्डे, दुर्गा लामिछाने, सानिया तामाङ, गिता पाण्डे, करुणा पाण्डे, प्रजुना शिवभक्ति, सुनिता सुनार, तृष्णा रिमाल, रेखा जि.एम. थापामगर, सरस्वती आचार्य (अधिकारी), सिता पाण्डे, पार्वती अधिकारी, गिता सापकोटा, उर्मिला सुनार, सविना सुनार, एलिसा आलेमगर, मोनिका आचार्य, मञ्जु बगाले, सन्तु प्याकुरेल, सञ्जीला नेपाली, मन्जु विश्वकर्मा, प्रतिमा आचार्य, अनिता महर्जन, शारदा गजुरेल, मुना श्रेष्ठ, श्रृजना खतिवडा, देवकी माया डंगोल, अस्मिता आचार्य, पवित्रा पाण्डे, चञ्चला विश्वकर्मा र उर्मिला श्रेष्ठ रहेका छन् । साथै छनौट भएका सहभागीहरुलाई सामाग्री हस्तान्तरण नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गरिन र हस्तान्तरण मितिका लागि फारम भरेको स्थानमा सम्पर्क गर्नुहुन संचालक करुणा पाण्डेले अनुरोध गरेका छन् ।

No description available.

प्रतिक्रिया

TOP