बेलकोटगढीमा आज सार्वजनिक शोक बिदा

भदौ १, २०८३ मा प्रकाशित | 66 views

बेलकोटगढीमा आज सार्वजनिक शोक बिदा

नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रथम नगर प्रमुख राजेन्द्र रमण खनालको यही साउन ३१ गते आइतबार भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले आज भदौ १ गते सोमबार सार्वजनिक शोक बिदा दिएको छ।

खनालले बेलकोटगढी नगरपालिकाको प्रथम नगर प्रमुखका रूपमा निर्वाह गर्नुभएको भूमिका तथा नगरको विकास र निर्माणमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दै शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक शोक बिदा दिइएको छ।

नगरपालिकाले स्वर्गीय खनालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web