साफ यू-१९ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

माघ १९, २०८२ मा प्रकाशित | 44 views


काठमाडौँ । साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई हराएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो अन्तरले हारेको थियो । आज भएको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराएको हो ।

यस्तै प्रतियोगितामा बङ्गलादेशले लगातार दुई खेल जितेको छ । सबै टोलीले २ खेल खेलेका छन् । लगातार दुई खेलमा जीत निकालेको बङ्गलादेश ६ अङ्कसहित शीर्ष, समान खेलमा ३ अङ्कसहित नेपाल दोश्रो, ३ अङ्कसहित भारत दोश्रो र अङ्कविहिन हुँदै भूटान अङ्क तालिकाको पुछारमा छ ।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम तथा तेश्रो खेलमा पर्सि बुधवार बङ्गलादेशसँग खेल्दैछ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web