
काठमाडौँ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ ।
राप्रपा काठमाडौं क्षेत्र नं. १ अन्तर्गतका दुवै प्रदेश क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मनोनयन प्रक्रियामा महिला प्रतिनिधिबाहेक अन्य सबै क्लस्टरका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।
कलाकार श्रेष्ठसहितका उम्मेदवारलाई सर्वसम्मत चयन गराउन पार्टीका नेता श्याम श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको थियो ।
४० वर्षमुनिको युवा प्रतिनिधितर्फ २० वर्षीया इन्जिनियर आस्ना वली र २४ वर्षीय कोरियोग्राफर आकाश विराजी पनि सर्वसम्मत चयन हुनुभएको छ ।
महिला प्रतिनिधिका लागि भने आगामी शनिबार निर्वाचन हुने भएको छ ।
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरको तेस्रो साता आयोजना गरिएको छ ।
15.12¡ÆC