राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

मंसिर २, २०८३ मा प्रकाशित | 14 views

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाडौँ । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो ।

सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि भाटभटेनीले क्षतिबाट उठेर पुर्‍याएको योगदानको कदर गरिएको हो ।

राष्ट्रिय कर दिवसको अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ । त्यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

यसैगरी थर्ड आई इण्टरनेशनल, डाबर नेपाल, इन्फाइनाइट सफ्टवेयर सर्भिसेस्, ओ. सि. बी. फुड्स एण्ड फिड्स प्रा.लि., नविल बैंक, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, सोल्टी होटल, सी.जी. इम्पेक्स प्रा.लि., फुड एण्ड विभरेज टेक्नोलोजी रिसर्च सेन्टर, भोटेकोशी पावर कम्पनी, आई.एम.ई.लिमिटेड, हिमालयन लिमिटेड डिष्टिलरी, इम्पेरियल सेक्यूरिटिज कम्पनी लिमिटेड, वरुण विभरेज नेपाल प्रा.लि, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि सम्मान गरिएको छ ।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको तथ्याङ्क छ ।a

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web