
नुवाकोट । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिका स्तरीय पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
नगर खोप समन्वय समितिको संयोजक समेत रहनुभएको नगरप्रमुख श्रेष्ठले मंगलबार आयोजित एक कार्यक्रमको बीच पालिका स्तरीय पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना कायम गरिएको घोषणा गर्नुभयो ।
नगरबासीको स्वास्थ्य सुनिश्चित गराउन बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, विद्यार्थी दुर्घटना बिमा, आर्थिक अबस्था कमजोर भएकालाई उपचार सहायता, नगरबासीलाई निशुल्क रगत उपलब्ध लगायतका कार्यक्रम रहेकाले आगामी दिनमा थप गुणस्तर सहितको सेवा बढाउदै लैजाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर उपप्रमुख प्रभा बोगटीले स्वास्थ्य सहित नगरको शिक्षा लगायतका क्षेत्रमा सुधार हुदै आएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको सूचाङ्कमा नुवाकोट जिल्लामा विदुर नगरपालिका उत्कृष्ट भएजस्तै नगरको सेवा प्रवाहलाई उत्कृष्ट बनाउन आफूहरु केन्द्रित रहेको उहाँको भनाई छ । नगरको करिब ६० हजार जनसङ्ख्यालाई आवश्यक स्वास्थ्यको सहजताको लागी विभिन्न कार्यक्रम सञ्चालनमा रहेको उपपप्रमुख बोगटीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल खोप सहित स्वास्थ्यका प्रत्येक सूचाङ्कमा सुधार गर्दै नगरबासीलाई स्वास्थ्यको पहुचँ सहज बनाउन क्रियाशिल रहेको बताउनुभयो ।

वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपानेले वडातहबाट गर्नुपर्ने जिम्मेवारी पूरागर्दै नगरकध सेवा टोलबस्तीसम्म पुर्याउन आफूहरु केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार नुवाकोटको विदुर सहित पाच पालिकाले वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेका छन् । सरकारले निशुल्क उपलब्ध गराएको खोप सुरक्षित रहेको र नलगाई नहुने भएकाले बालबालिकालाई अनिवार्य लगाउन अनुरोध गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा नगरपालिकाले हासिल गरेको यो उपलब्धिले बालबालिकाको स्वास्थ्य सुरक्षा, नियमित खोप पहुँच र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार नगरभित्रका ४२८ जना बालबालिका सबैले तोकिएको मापदण्ड अनुसार खोप सुनिश्चिच भएको छ ।
कार्यक्रममा वडा नं १ का अध्यक्ष लेनिन रञ्जित सहित कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


16.96¡ÆC