काठमाडौ । नेपाल सरकारले ३ आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिउका हुन्।

सरकारले दरबाङ-म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ-तोलाङ-शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिञ्चाइ आयोजनाको नहर निर्माणका लागि वन क्षेत्र प्रयोग गर्ने दिने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिएका हुन्।

बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरिएको छ।

२. सबै स्थानीय तहमा ( Sub- National Treasury Regulatory Application (SuTRA) सफ्टवेयर लागू गर्ने निर्णय गरिएको छ।

३. साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

४. हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधन गर्ने निर्णय गरिएको छ।

५. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

क) दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.)

ख) फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति

ग) महाकाली सिँचाइ आयोजनाको नहर निर्माण

६. प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरिएको छ।

७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४/७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ।

८. सैनिक प्राविधिक सेवा नियमावली, २०७५ स्वीकृत गरिएको छ।

९. सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

काठमाडौ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी एकताका लागि अन्तिम तयारीमा जुटेका छन्।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमबीच पछिल्लो समय घनीभूत छलफल भएको स्रोतले बतायो। दुई अध्यक्षबीच आजै बिहान पनि वार्ता भएको थियो।

दुई अध्यक्षबीचको बैठकले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको स्रोतको भनाइ छ। दुवै पार्टीबाट दस्तावेज अनुमोदित भएपछि एकता घोषणा मिति तय हुनेछ।

सहमति अनुसार संघीय परिषद्को अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्नेछन्। एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, तर निर्णय भइसकेको छैन।

यसैबीच, दुई पार्टीबीचको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी पनि सामेल भएको छ। तीनै दलका शीर्ष नेताहरुबीच बबरमहलमा वार्ता चलिरहेको बताइएको छ। दिउँसो २ बजेपछि सुरु भएको वार्तामा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपाका महन्थ ठाकुर छन्।

यसअघि पार्टी एकताका लागि राजपा र फोरमबीच पत्र आदानप्रदान समेत भएको थियो।

काठमाडौ । बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्याइएका ती युवकको र्यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाकाे जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे बताउनुभएको छ ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ ।

रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ ।

फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पंक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

नेपालमा पहिलो पटक 'बर्डफ्लू' रोगको सक्रमण मानिसमा देखियो, एक जनाको मृत्यु, बच्नको लागी यसौ गरौ
- रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।
- मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।
- रोग लागेका पंक्षीबाट जोगिने ।
- कुखुराको मासु खान रोक लगाउने ।
- कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी पकाएर मात्रै खाने ।

काठमाडौ । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

काठमाडौ । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

गोरखा । गोरखामा युवती जिस्काएको निहुँमा विवाहमा आएका जन्ती र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङको राइनस नगरपालिका–४, अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका बेहुली पक्षबीच युवती जिस्काएको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

बेहुली पक्षाकाले कुटपिट गर्दा घाइते भएका जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो ।

बेहुली लिएर फर्कंदै गर्दा १७–१८ जना युवाको समूहले जन्ती बोकेको गाडीलाई बीच बाटोमै रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

नुवाकोट । विदुर नगरपालिका वडा नं ४ को सिमचउरमा विदुर बधशाला भवनको निर्माण सुरु गरिएको छ । भवनको सोमबार शिलान्यास गर्दै विदुर नपाका प्रमुख सञ्जु पण्डितले नगरबासी उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाउने अधिकार प्रदान गर्न सुरु गरिएको कार्यलाइ चरणबद्ध रुपमा अगाडि बढाउने बताउनुभयो । भवन निर्माण सहित सिमचउर क्षेत्रको संरक्षण र विकासलाई समेत समावेश गरिने जानकारी दिनुभयो । उहाँले भवन निर्माणको लागी खनिएको जगमा इट्टा राखेर शिलान्यास गर्नुभएको हो ।

उक्त अवसरमा विदुर नपाका उपप्रमुख गिता दाहालले स्वस्थ्य मासु
खरिदविक्रीको लागी निर्माण थालिएको बधशालाले अब्यबस्थित कारोबार हुँदै आएको
मासु पसल सञ्चालन, नगर क्षेत्रको सरसफाइमा सुधार पुग्ने विश्वास व्यक्त
गर्नुभयो ।

सो कार्यक्रममा विदुर कृषि फर्मका सञ्चालक काजीमान ले
निर्मनणाधीन बधशाला निर्माणस्थलसम्म पुग्ने ब्यबस्थित सडक, विद्युत सेवा र
स्थानीयबासीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त बधशाला भवन एक करोड सात लाख रुपैयाँमा विराट–रत्न श्रेष्ठ एण्ड वि.वाइ .एन. जेभी मार्फत निर्माण थालिएको हो । भवनलाइ तोकिएको समयमा गुणस्तरीय कार्यका साथ पूरा गर्ने निर्माण ब्यवसायीका प्रतिनिधि विष्णुप्रसाद सापकोटाले बताउनुभयो ।

भवनमा
हालको लागी कुखुर र खसीबोकाको मात्र बधस्थल बनाइने वडा नं. ४ का वडासदस्य
बसन्त रिजालले बताउनुभयो । उहाको अनुसार सुरक्षित तथा व्यवस्थित बधशाला
जिल्लामा नभइरहेको अबस्थामा केन्द्र सरकारबाट प्राप्त भएको बजेट मार्फत
बन्ने बधशाला नमूना र जिल्लाबासीको लागी उपयोग हुने विश्वास गरिएको छ ।

काठमाडौ । देशका अन्य शहर र गाउँको तुलनामा संघीय राजधानी काठमाडौंमा बस्ने व्यक्तिहरु स्वस्थ जीवनशैली यापन गर्छन् भन्ने अनुमान गरिन्छ । काठमाडौंमा बस्ने व्यक्तिले आफूसँगै आफ्ना नानी–बाबुको स्वास्थ्यप्रति पनि विशेष चासो दिन्छन् भन्ने आम अनुमान हुन्छ ।

तर, एक अनुसन्धानबाट काठमाडौं उपत्यकामा बस्ने व्यक्तिले आफ्ना बालबालिकाको स्वास्थ्यमाथि ‘खेलवाड’ गरिरहेका देखिएको छ । अनुसन्धानका अनुसार काठमाडौंमा बस्ने अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर पुर्याउने खानेकुरा खुवाइरहेका छन् ।

खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जंक फूड खुवाइरहेका अध्ययनले देखाएको छ ।

अध्यनका अनुसार सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जंक फूड खुवाइरहेका छन् । पोषणविद्हरु जंक फूडलाई एक प्रकारको ‘मन्द विष’को रुपमा लिन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो ।

सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । ‘सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ,’ डा उपाध्यायले भने ।

प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जंक फूड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत ५ वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।

यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ ।

धनगढी । काठमाडाैंबाट धनगढीका लागि उडेकाे श्री एयरकाे जहाजकाे ढोका 'लक' भएकाे छ।

लक भएर ढाेका नखुलेपछि यात्रुलाइ पाइलट चढ्ने तथा ओर्लने ढाेकाबाट बहिर निकालिएकाे छ।

अहिले जहाज एयरलाइन्सका प्राविधिक टाेलीबाट मर्मत भइरहेकाे छ।

धनगढी एयरपोर्टमा श्री एयरलाइन्सको नाइन एन एएमओ जहाज ल्यान्ड भएको आधा घण्टा हुॅदा पनि ढोका नखुलेपछि पाइलट निस्कने ढोकाबाट यात्रु आरालिएको थियो।

काठमाडौ । नेपाल र चीनबीच यातायात तथा पारवहन प्रोटोकलसहित ७ सम्झौतामा हस्ताक्षर भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सोमबार अपरान्ह बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा ती सम्झौतामा हस्ताक्षर भएका हुन् ।

दुवै देशका राष्ट्रपतिबीचको दुईपक्षीय भेटवार्तापछि भण्डारी र सीको उपस्थितिमा ती सम्झौता भएका हुन् ।

दुई देशबीच सबैभन्दा महत्वपूर्ण मानिएको यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरे।

त्यस्तै चीनले नेपाललाई प्रदान सहयोग प्रदान गर्ने सम्बन्धी अर्को सम्झौतामा पनि हस्ताक्षर भएको छ। सो सम्झौता अनुसार अनुसार चीनले नेपाललाई १६ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा सहयोग प्रदान गर्नेछ।

नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोका विषयमा पनि सम्झौतामा भएको छ । त्यस्तै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार्नका लागि सहयोगात्मक साझेदारीलाई सशक्त बनाउने सम्झौता पनि भएको छ ।

दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्न सम्झौता पनि भएको छ।

नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशासनबीचमा आपसी सहकार्यका लागि पनि हस्ताक्षर भएको छ।

त्यस्तै चीन र नेपालबीचमा सांस्कृतिक सम्पदाको अवैध आयातनिर्यात, चोरी, तस्करी लगायतका कुराहरुलाई रोक्नका लागि पनि सम्झौता भएको छ।

काठमाडौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ५९ वर्षीय बमबहादुर विक, सोही ठाउँ बस्ने ३४ वर्षीय हेम डल्ला विक र ४० वर्षीय साकर्की विक छन्।

उनीहरुमध्ये बमबहादुर आइतबार धादिङ तिप्लिङ कामीगाउँबाट, हेम आइतबार रसुवाको आमा छोदुङ गाउँपालिका-५ प्राजुङबाट र साकर्की गत बुधबार काठमाडौं गौशालाबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत धादिङको २०७४ मंसिर १९ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बमबहादुरलाई २० वर्ष, हेम डल्लालाई २० वर्ष र सार्कीलाई २ वर्ष कैद सजाय तोकिएको थियो।

विक समेतका ८ जनाले २०६३ कार्तिकमा धादिङ तिप्लिङ कामीगाउँ बस्ने २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण कुटपिट गरी घाइते बनाएको थिए।

पछि उपचारको क्रममा उनको मृत्यु भएको थियो। मृत्यु भएपश्चात् उनीहरुले शवलाई सोही ठाउँको चिमडाँडामा लगेर जलाई नष्ट गरेका थिए।

त्यसपछि उनीहरु फरार भएका थिए।

धादिङ जिल्ला अदालतकै फैसलाले घटनामा संलग्न धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ४५ वर्षीय पुर्ण बहादुर विक २०६४ भदौ ११ गते र सोही ठाउँ बस्ने ३१ वर्षीय मंगले कामी भन्ने डिल बहादुर विक २०७३ जेठ ३ गते पक्राउ परी कारागार चलान भइसकेका छन्।

एजेन्सी । गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए । सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुने असर गर्ने छैन ।

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन् ।

‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ ।’ प्रधानमन्त्री सिरिसेनाले भनेका छन् । तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन् ।

'इस्टर' को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ । राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ ।