न्यायपालिकालाई नेताको नियन्त्रणमा राख्नुपर्ने काँग्रेस महामन्त्री कोइरालाको माग

बिराटनगर ।

केही महिनाअघि गम्भिर हृदयघातपछि मृत्यु शैयामा पुगेर तंग्रिएका नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले स्वतन्त्र न्यायालयलाई संसदको नियन्त्तणमा अर्थात् नेताहरुले भनेअनुसार हुनेगरि राख्नुपर्ने विवादास्पद अभिव्यक्ती दिएका छन् ।

कोइरालाले बिराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै  व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको तर्क गर्दै स्वतन्त्र न्यायपालिकालाई नेताहरुले भनेअनुसार चल्नेगरि राख्नुपर्ने बताए उनले भने शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक देखिन्छ । स्मरणीय छ न्यायपालिकालाई निरंकुश शासन व्यवस्था भएका देशहरुमा मात्र संसद मातहत राख्ने गरेको पाइन्छ ।

यस्तै कांग्रेस नेता कोइरालाले प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने तर्क गर्दै वरियता र कार्यक्षमता मिच्दै काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा आइजीपी नियुक्ति गरेकोमा त्यसको बचाउ गर्दै अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप समेत लगाए ।

कोइरालाले सरकारमा उपप्रधानमन्त्रीको रुपमा वरियता विवाद बढिरहँदा काँग्रेसले नै पहिलो बरियता पाउनुपर्ने भन्दै वरियताक्रमको विवाद माओवादीकै कारण उत्पन्न भएको आशंका समेत गरे ।

यि हुन महाकालीमा राप्रपाको तर्फ देखि तिन आकांक्षी मेयर पदका उम्मेदवार

पप्पु गुरुङ्, २५ चैत्र, महाकाली नगरपालिका । वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका आकांक्षी उम्मेदवारको ब्यापक चहल पहल बढेर गएको छ् । राप्रपामा मेयर पदको लागी ३ जना आकंक्षी उम्मेदवारहरु देखा परेका छन् । भिम कुमाल, नन्दा खत्री र धनसरा चन्द राप्रपाका प्रमुख ३ जना मेयर पदको आकांक्षी उम्मेदवारहरु हुन् । पार्टी श्रोत अनुसार भिम कुमालको मेयरको टिकट पाउने सम्भावना बढी देखिएको छ् भने पुर्व माननिय ईन्द्र बहादुर खत्रीको श्रीमती नन्दा खत्रीको मेयर पदको लागी टिकट पाउने सम्भावना पनि त्यत्तीकै प्रवल रहदै आएको बताईएको छ् । । भिम कुमाल टिकट दिलाउनको लागी युवाहरु पार्टी पंक्तीलाई दवाव दिदै महाकालीमा बिभिन्न दवाव मुलक कार्यक्रम गर्दै आएको पार्टी श्रोतले बताएको छ् । पुर्व माननिय ईन्द्र बहादुर खत्रीको श्रीमती नन्दा खत्री भएको हुदा श्रीमानको कारण उमेरको टिकट नन्दा खत्रीलाई पार्टीले दिनसक्ने आकंलन समेत गरिदै आएको बताईएको छ् । बिगतको तुलनामा राप्रपामा युवा पंक्ती सुधार आएको जानकारहरु बताउछन् । बिगतका दिनमा महाकाली क्षेत्रमा सामाजिक कार्यमा सक्रिय बन्दै आएका भिम कुमालले युवा शक्तीलाई संगठित गर्ने पार्टी नेतृत्व पंक्तीले आशा लिएको छ् भने महिलाहरुको संगठनलाई बलियो बनाउन नन्दा खत्रीको भुमिका पनि त्यत्तीकै अहम रहदै आएको राप्रपाका नेताहरु बताउछन् । यस्तै नेपाली काग्रेंसबाट असन्तुष्ट भएर राप्रपामा आएका राप्रपाका अर्का नेत्री धनसरा चन्द हुन् । चन्द बिगतका दिनहरुमा नेपाली काग्रेंसका चाँदनी क्षेत्रमा नेपाली काग्रेंसका क्रियाशिल कार्यकर्ताको रुपमा चिनिदै आएका हुन् । नेपाली काग्रेंसबाट असन्तुष्ट बनेपछि उनि २०७० सालमा उनि राप्रपामा प्रबेश गरेका थिए । मेयर पदमा ३ जनाले अडान लिएपछि नेतृत्व पंक्तीलाई मेयर पदको टिकट कसलाई दिने भन्ने सहमत िबनाउन हम्मे हम्मे पर्न थालेको पार्टी श्रोतले जनाएको छ् ।

खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार

पर्वत ।

लामो समयको खडेरीका कारण घैँटामा संकलन गरिएको पानी सुकेपछि पर्वतको एक विकट गाउँमा खानेपानीको समस्या भएको छ ।

नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा पानीको समस्या भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेर पाटाबासी घैँटामा पानी सकिएपछि झनै समस्यामा परेका छन् ।

उनीहरूले विगत एक दशकदेखि घैँटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।

वर्षात्को समयमा संकलन गरेर राखेको पानी पिउन बाध्य उनीहरू त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् ।

माइभ्याली गोल्डकप उपाधिको लागि झापा ११ र आर्मी भिड्ने

काठमाडौं ।

इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको उपाधिका लागि शनीबार झापा ११ र त्रिभुवन आर्मी क्लब विच खेल हुने भएको छ ।

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लव लाई हराउँदै उपाधि नजिक पुगेको हो ।

जापान कोरियादेखी अष्ट्रेलिया उडान भर्न निमगद्धारा एयरबस खरीद सम्झौता

काठमाडौं ।

नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडबडी एयरबस खरीद गर्ने सम्झौतामा आज काठमाडौंमा हस्ताक्षर भएको छ ।

सम्झौतामा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र एयरबस बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गर्नुभयो ।

निगमले दुईवटा वाइडबडी एयरबस २० करोड ९६  लाख अमेरिकी डलर अर्थात करिब २१ अरबमा खरिद गर्न लागेको हो ।

सम्झौता लगत्तै निगमले पहिलो किस्तावापत कूल खरीद मूल्यको करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ ।

निगमले खरीद गर्न लागेको वाइडबडी एयरबसमा २५० देखि २८० सीट हुने निगमबाट आज जारी प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

नेपाल वायुसेवा निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुबै वाइडबडी एयरबस आगामी सन् २०१८ को दोस्रो चौमासिकमा हस्तान्तरण गरिने छ ।

नयाँ विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेबिया जस्ता गन्तव्यहरुमा उडान भर्ने योजना रहेको निगमले जनाएको छ ।

संसद बैठक विद्युत् नियमन बिधेयक देखी भीमसेनदास प्रधानको अत्याधुनिक भवन निर्माण बिरोधसम्म

काठमाडौं ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गर्नुभएको छ ।

बिधेयक पेश गर्दे मन्त्री शर्माले जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा विधेयक प्रस्तुत गरेको बताउनुभयो ।

उहांले विद्युत् व्यापारलाई सरल, पारदर्शी, र  प्रतिस्पर्धी बनाउन स्वतन्त्र, स्वायत नियमन आयोग बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो ।

त्यसअघि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापाले सो प्रस्तावमाथि दर्ता गराउनुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

यसअघि बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको बताए । स्मरणीय छ उक्त भवन निर्माणत कम्पनीसँग चन्दा मागेको विषयमा खवर बाहिरिनुका साथै अनेक माग राख्दै काँग्रेस नेताहरुले अवरोध गरेपछि भवन निर्माणकार्य रोकिएको छ ।

सांसद भीम आचार्यले १२ हजार बढी कोसी बाँध पीडितलाई तत्काल वासस्थान र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद प्रेम सुवालले मुलुकको हितका लागि सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सीपी मैनाली विश्वेन्द्र पासवान, हरिचरण साह, गङ्गा चौधरीले संविधानको भावना विपरीत गएर सरकारले साना दललाई निर्वाचनमा भाग लिन नदिने उद्देश्यका साथ गतिविधि गरेको र निर्वाचन चिह्न नदिने काम गरेको गुनासो गर्नुभयो ।

सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त नगरिनु संविधानको मर्म र भावना विपरीत भएको बताउनु भयो ।

सांसदहरु अञ्जना ताम्ली, वीरबहादुर बलायरले असिनापानी पीडित जनतालाई राहत दिन आग्रह गर्नुभयो ।

संसदको अर्को बैठक यही चैत्र २८ गते १३ः०० बजे बस्ने छ ।

राष्ट्रपति भण्डारी मेला उद्घाटन देखी चिनियाँ राजदूत भेटघाटसम्म

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ आज काठमाडौंमा उद्घाटन गर्नु भएको छ  । मेलाको उदघाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कानुन र भवन आचारसंहिताको प्रभावकारी पालना गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले घर जग्गा तथा आवासहरुको निर्माण गर्दा स्थानीय कच्चा पदार्थ तथा प्रविधिको प्रयोगलाई उच्चतम प्रयोगमा ल्याउन व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल भुकम्पीय दृष्टिले उच्च जोखिममा रहेकाले निर्माण कार्य अघि बढाउदा यहाँको मौसम, भूगोल र हावापानीलाई ख्याल गर्र्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर जग्गा कारोबार गर्दा व्यवसायिक लाभ मात्र नहेरी देश र समाजको हितमा ध्यान पु¥याउनुपर्ने बताउनु भयो ।

व्यवसायिक आवासहरुको निर्माण गर्दा बलिया, भुकम्प प्रतिरोधीे निर्माण गर्नुपर्ने र मध्यपहाडी लोकमार्ग तथा तराईमा हुलाकी मार्गको छेउछाउमा नयाँ बस्ती तथा शहरको विकास गर्दा खेती नहुने स्थानलाई छनौट गर्नु पर्नेमा पनि पूर्वप्रधानमन्त्री ओलीले जोड दिनु भयो ।

कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले औद्योगिक विकास र आन्तरिक उत्पादनका वस्तुहरुको खपतमा घरजग्गा विकासकर्ताहरुले ध्यान दिन पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष सांसद इच्छाराज तामाङले घर जग्गा व्यवसायमा २ खर्ब भन्दा बढी लगानी भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यस सम्बन्धी सामग्रीहरुका विभिन्न १ सय २०  प्रदर्शनी कक्ष राखिएका छन् । मेला चारदिनसम्म चल्ने छ ।

राष्ट्रपति भण्डारीसँग चिनीया राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तराई केन्द्रित दलले जनतालाई अल्मल्याएः अध्यक्ष ओली

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरुले नै मधेसका जनतालाई अल्मल्याइरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई संक्रमणकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेशवादी दलहरुले जनतामाझ विभिन्न नचाहिने कुरा गरिरहेको बताए ।

दुईजिब्रे काँग्रेस ! निर्वाचन एकै चरणमा-पार्टी, उपप्रधानमन्त्री निधि भन्छन्-‘दुई चरणमा हुन सक्छ’

काठमाडौं ।

नेपाली काँग्रेस पार्टीले एकै चरणमा निर्वाचन हुनुपर्ने बताएकै दिन उही पार्टीका उपप्रधानमन्त्री समेत रहेका नेता बिमलेन्द्र निधिले भने दुई चरणमा पनि हुनसक्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज काठमाण्डौमा आयोजित पार्टीे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने धारणा राखे ।

बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएकाले निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेताहरुले निर्वाचनको सम्पूर्ण तयारी भइरहेका बेला दुई चरणमा निर्वाचन हुनुपर्छ भन्ने कुरा आउनु सत्ता लम्ब्याउने मनशायका साथ आएको बताए ।

उपप्रधानमन्त्रीको वरियताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनतामाझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्व तहबाटै विवाद समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एक ढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिए ।

जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको आलोचनासमेत भएको थियो ।

पार्टीले बैठकमा उठेका सबै सुझाव घोषणापत्र तयारी समितिमा पठाउने र तराई–मधेसका मागलाई सम्बोधन गर्न अधिकतम सहमतिका साथ संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

काँग्रेसले स्थानीय तहका लागि संक्षिप्त घोषणापत्र आगामी वैशाख पहिलो साताभित्र तयार हुने जनाएको छ ।

उता उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भने मधेशी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चित भए दुई चरणमा निर्वाचन गर्न सकिने वताएका छन् ।

विराटनगरमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठी पछि पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले मधेशी मोर्चा पनि निर्वाचनमा भाग लिन तयार भए दुइ चरणमा निर्वाचन गराउन सकिने बताएका हुन् ।

उपप्रधानमन्त्री निधिले वैशाख–३१ गते हुन लागेको स्थानीय तहको  निर्वाचनलाई भयरहित एंव शान्तिपूर्ण रुपले सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति तयार पारिएको बताए ।

उपप्रधानमन्त्री निधिले स्थानीय मतदाता, उमेदवार, निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा र साधारण जनताको सुरक्षालाई  व्यवस्थित गरिएकाले निर्वाध रुपमा निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह समेत गरे ।

पुर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान प्रहरीका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा निष्पक्ष एवम् भयरहित वातावरणमा कसरी निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

Electricity Regulatory Commission Bill introduced

In a meeting of the Legislature-Parliament today, Energy Minister Janardan Sharma has presented the Electricity Regulatory Commission Bill-2073 BS.

Presenting the bill, Minister Sharma said the Bill was brought with an objective of controlling the power theft and bringing guilty in such irregularities to book.

The Bill that is viewed as an important tool for attaining economic development was introduced to the House after long discussions and efforts.

On the occasion, the Energy Minister underlined the need of forming an independent Commission to make the power trade easier, systematic, transparent and simplified.

He went on to say that the country had been moving towards the path of economic progress and prosperity with the ending of load-shedding.

The government had launched the 'Nepal's Water People's Investment' campaign to promote the hydropower sector with the use of domestic capital, he added.

Post offices employees to be mobilised as remittance deliverers

The government is to mobilise the Postal Services Department to transport remittance to individual's (recipient's) doorsteps.

In an interaction programme organised by the Department today, Department Director General Suresh Adhikari said preparations are on to formulate a working procedure to mobilise employees of post offices as transporters of remittance received by the country.

Money received through the services of International Money Express (IME) will be reached to individuals' doorsteps via the Department and its district offices.

On the occasion, Minister for Information and Communications Surendra Kumar Karki pledged all possible support in implementing the Department plan to depute post office employees as carriers of remittance.

Madhes-centric parties have put the people in confusion: UML Chair

CPN (UML) chairman KP Sharma Oli has alleged the Madhes-centric parties of confusing the Madhesi people.

Addressing the 29th anniversary function of the Rastriya Janasanskritik Mahasangh today today, he said, the Madhes-centric parties have been creating confusion by talking about nonsensical things among the people of the Madhes instead of supporting the holding of three tiers election for bailing the country out of the transition.

It is high time to increase the momentum for nation's development," the former PM said.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web