एनसेललाई अर्बौं कर छुट दिन निर्देशन दिएका प्रधानमन्त्री भन्छन्-‘निर्णय भएको छैन’

काठमाडौं ।

अर्थमन्त्री कृष्ण बहादुर महरालाई एनसेलले तिनुपर्ने अर्बौं कर छुट दिन भनेको खवर बाहिरिएपछि चर्को बिरोध खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारेमा निर्णय नभएको बताएका छन् ।

समाचारमा आएजस्तो निर्णय नभएको बताएपनि उनले आफुले यसबारे केही नभनेको वा अर्थमन्त्रीलाई निर्देशन नदिएको बारे भने केही बोलेनन् ।

ससंसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले एनसेललाई कर छुट दिने सरकारको कुनै मनसाय नरहेको र एनसेल सँग छिटो भन्दा छिटो कर असुली गर्नेतीर सरकार लागिरहेको दाबी गरे । तर दाहाल प्रधानमन्त्री भएपछि आधा दर्जनपटक लेखा समितिले दिएका निर्देशन भने उनले अटेर गर्दै पालना नगरि टार्दै आएका छन् ।

प्रधानमन्त्रीले  एनसेलले तिर्नुपर्ने करका सम्बन्धमा क्रेताले लेखेको पत्रमा सरकारले सामान्य छलफल गरेको भए पनि मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय नगरेको र एनसेलसँग कर उठाएरै छाड्ने बताए ।

पहिलेको टेलिकम्युनिकेसन कम्पनी एनसेलले अहिलेको एक्जियटालाई बिक्री गर्दा बुझाउनुपर्ने पुँजीगत लाभकर नबुझाएको र सरकारले कर उठाउन गरिरहेको पहलबारे जानकारी माग्न लेखा समितिले आज प्रधानमन्त्रीलाई समितिमा बोलाएको थियो ।

बैठकमा सांसदहरुले एनसेलबाट उठाउनु पर्ने ३३ अर्व वरावरको कर छिटो उठाउनु पर्ने, कर ठगी गर्ने छुट कसैलाई दिन नहुने, कर उठाउने विषय कर अधिकृतको भएकाले सरकारले यसमा हस्तक्षेप गर्न नुहने, एनसेलले अहिलेसम्म कर नतिर्नुको कारण केहो खोजी गरी दोषीलाई कारवाही गर्नु पर्ने बताएका थिए ।

समितिले यसअघि अर्थमन्त्रालय र सम्बन्धीत पक्षलाई एनसेलको लाभकर असुलीका लागि  दिएको निर्देशन समयसिमा भित्रै पुरा गरिसक्न पुन दिर्नेशित गरेको छ ।

बैठकमा उपस्थित सभासदहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले एक(अर्कालाई देखाएकाले कुरा बाझिएको बताएका थिए । नेकपा एमालेका सांसद आनन्दराज पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीका कुरा बझिएको भनेपछि जवाफमा प्रधानमन्त्रीले भने, ‘प्रस्ताव कसैले लगेको होइन, यसमा मौखिक छलफल भएको मात्रै हो ।’

एनसेल हाल सञ्चालन गरिरहेको कम्पनी एक्जियटाले प्रधानमन्त्री कार्यालयमा एक निवेदन दिँदै बिक्रेता कम्पनी टेलियासोनेराबाटै लाभकर उठाउन आग्रह गरेकाले आफुले यस्तो छलफल चलाएको उनले बताए ।

टेलियासोनेराबाट लाभकर उठाउन अझै सम्भव रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले थपे ‘टेलियासोनेरा यही धर्तिमा छ, त्यसैले उसबाट पनि लाभकर उठाउन सम्भव छ । अब बिक्रेता र क्रेता दुवैलाई राखेर कसले कर तिर्ने भनेर छलफल गराउन पनि सकिन्छ ।’

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि कर्मचारीका कारण नै एनसेल बेचेर टेलियासोनेरा लाभकर नबुझाई विदेश जान सम्भव भएको बताएका छन् । सरकारले यस विषयमा हेलचेक्राई गरेको उनको भनाई छ ।

खतिवडाले भने, ‘विदेशबाट एक डलर लुकाएर ल्याएको थाहा पाउने हाम्रा सरकारी कर्मचारीले यत्रो रकम नतिरी जाँदा किन थाहा पाएनन्, यसको अध्ययन होस् ।’

यसैबिच लेखा समितिले सुरुवातमा बिक्रेता टेलियासोनेराबाट नै लाभकर उठाउनु पर्ने अडान लिए पनि अहिले भने क्रेता अर्थात एक्जियटाबाट उठाउनुपर्ने बताउन थालेको छ ।

टेलियासोनेरा नेपालमै हुँदा लेखा समितिले उसबाटै कर उठाउन पर्ने बताएको थियो । तर टेलियासोनेरा कर नतिरी देशबाट बाहिर गएपछि भने खरिद गर्ने कम्पनी एक्जियटाले तिर्नुपर्ने बताउँदै आएको छ । यहीबमोजिम सरकारलाई एक्जियटाबाटै लाभकर उठाउनसमेत निर्देशन दिएको छ ।

भागिसकेको कम्पनी टेलियासोनेराबाट कर उठाउने गरी क्याबिनेट बैठकमा भएको छलफल आशंकापुर्ण भएको नेपाली कांग्रेसका सभासद धनराज गुरुङले बताए ।

उनले भने, ‘बिक्रेता भागिसक्यो, तर सरकारले त्यही कम्पनीलाई लाभकर तिराउँछु भन्नुले के इङ्गित गर्छ रु यो कर उठाउन ढिलासुस्ती गर्ने बहाना जस्तो देखियो ।’

राष्ट्रिय मधेश समाजवादी पार्टीका सभासद भरतकुमार शाहले पनि एक्जियटाबाट कर उठाउने प्रक्रिया चलिरहेको बेलामा बिक्रेताबाट लाभकर उठाउने गरी क्याबिनेटमा भएको छलफल गलत भएको बताए । उनले भने, ‘कर अधिकृतलाई काम गर्न दिनुस् प्रधानमन्त्रीज्यु, क्याबिनेटले यस्तो बिषयमा छलफल गर्ने होइन ।’

पाकिस्तानी पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता, भारतीय संलग्नताको आशंका

काठमाडौं ।

पाकिस्तानी सेनाका पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता भएका छन् । योजनाबद्ध रुपमा कामको लागि भन्दै बोलाएर लुम्बिनीबाट उनलाई गायब पारिएको देखिएको पाकिस्तानी दुतावासले जनाएको छ ।

दुई वर्षअघि मात्र पाकिस्तानी सेनाबा सेवा निवृत्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हविद तीन दिनदेखि नेपालको लुम्बिनीबाट हराइरहेका छन् ।

शुक्रबार नै कर्णेल हविद हराएको बारे नेपाल सरकारलाई पाकिस्तानी दूतावासले जानकारी गराएपनि आइतबार साँझ सम्ममा कुनै जानकारी पत्ता नलागेको बताईएको छ ।

पाकिस्तानी पत्रिका डनले पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै भारतीय सीमा जोडिएको क्षेत्रबाट उनि हराएको र शंकास्पद रुपमा जागिरको लागि भन्दै सो क्षेत्रमा बोलाएको आदि आधारमा यसमा भारतीय संलग्नता देखिएको आशंका गरेको छ ।

लुम्बिनी छेउछाउबाट हराइरहेको र त्यो स्थान भारतीय सीमासँग निकट रहेकाले यो योजनाबद्ध हुनसक्ने पाकिस्तानी पत्रिका डनले लेखेको छ ।

काठमाडौंस्थित नेपाली दूतावासका उपप्रमुख जावेद इब्रानीलाई उद्धृत गर्दै उनी हराएको विषयको जानकारी नेपाल सरकारलाई पत्र पठाइएपनि उनको खोजिबारे स्पष्ट जवाफ नदिइएको बताइएको छ ।

परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर विभागले उनी हराएको विषय सम्बन्धित निकायमा खवर गरेर खोजी कार्य र यथार्थ बुझ्ने काम गरिरहेको जानकारी मात्र दिएको तर खोजिको प्रगतिबारे जानकारी नदिएको पत्रिकाले बताएको छ ।

दूतावासले नेपाल सरकारलाई आफ्नो नागरिकको खोजि गरिदिन आग्रह गरिसकेको जनाएको छ ।

मार्क थम्सन नामको एनजिओमा जागिरको लागि अन्तर्वार्ता भन्दै नेपालमा बोलाएर लुम्बिनी पुर्याउनु, भारतीय सिमा नजिकबाट बेपत्ता हुनु उनलाई सम्पर्क गरेर देखाइको डोमेन भारतमा दर्ता हुनु आदि आधारमा यसमा भारतीय संलग्नताको आशंका देखिएको र पाकिस्तानले यसलाई गम्भीर र पूर्ण तयारीका साथ भएको घटनाका रुपमा लिएको बताइएको छ ।

बेपत्ता पाकिस्तानी जर्नेललाई बन्धक बनाइएको आशंका व्यक्त गर्दै पाकिस्तानी अधिकारीहरुले छिटो खोजिको पहल र पत्ता लगाउन सक्रियता देखाउन आग्रह गरेको छ ।

नेपालमा रहेका पाकिस्तान समर्थीत मुश्लिम अगुवा तथा पाकिस्तानी नागरिकमाथि समेत गोली प्रहार र हत्याका घटना हुँदै आएपनि यसका दोसीमाथि कारवाही र पत्ता लगाएर सत्यतथ्य बाहिर ल्याउने काम सरकारले गरेको पाइदैन ।

घटनामा भारतीय संलग्ता देखिएपछि घटना रहस्यमय भन्दै थप अनुसन्धान नगरि त्यसै थन्क्याउने गरेको महाराजगञ्ज स्थित पाकिस्तानी दुतावासका कर्मचारीमाथि गाडीमै गोली प्रहार सञ्चार उद्यमी जमिम शाह हत्या तथा मुश्लिम संगठनका अगुवाको महानगरिय प्रहरी कार्यालय अगाडीनै दिनदहाडै गोली हानी हत्या भएका घटनाहरुले देखाएको छ ।

यि कुनैपनि घटनाका मुख्य दोशीलाई सरकारले पक्रन सकेको छैन भने केन्द्रिय कारागार भित्र पुगेर गोली हान्दा समेत अभियुक्त पक्रिएर मुख्य दोसीको खोजि नगरि घटना रहस्यमय पारिंदै आएको छ ।

सोमबार पत्रकार महासंघ जापानको अधिवेशन, तिलक मल्लको ठाउँमा नयाँ अध्यक्ष

टोकियो ।

जापानमा नेपाली पत्रकारिताको जग र पत्रकारहरुको साझा संस्था स्थापनामा अग्रणी भूमिका खेलेका अध्यक्ष तिलक मल्लको ठाउँमा नयाँ अध्यक्ष सहितको कार्यसमिति चयन गर्न भोली सोमबार पत्रकार महासंघ जापान शाखाको अधिवेशन हुने भएको छ ।

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशनकै लागि भनेर नेपालबाट महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट हिजो शनिवार जापान आइपुगेका छन् ।

केन्द्रीय अध्यक्ष बिष्टलाई जापान शाखाका अध्यक्ष तिलक मल्ल, केन्द्रीय सदस्य पवन वर्षा शाह, मोहन घले, वेलु थापा र नविन न्यौरेले स्वागत गरेका थिए ।

टोकियोमा हुने तेस्रो अधिवेशनको लागि सम्पूर्ण तयारी सकिएको महासंघ अध्यक्ष तिलक मल्लले जानकारी दिनुभयो ।

सर्वसम्मत नेतृत्व चयन गर्दै नेतृत्व हस्तान्तरणमा जुटेका अध्यक्ष मल्लले तीन जनाले अध्यक्ष दावेदारी देखाएको भन्दै सहमतीको प्रयास भइरहेको र सहमतीमै सक्षम भावी नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको नयाँ नेतृत्वको लागि मोहन घले, वेलु थापा र कविकिरण न्यौपानेले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

जसअनुसार महासंघको जापान शाखाको कार्यकारी समितिको पदाधिकारीमा रहनका लागि एक कार्यकाल कार्यसमितिमा रही काम गरेको हुनुपर्ने प्रावधान छ ।

पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशनको पहलपहल बढेसंगै करिव ३ दर्जन पत्रकारहरु रहेको जापानमा भावी नेतृत्वमा को आउँछ भनेर कौतुहलता छाएको पाइएको छ ।

अन्तिम समयसम्म् सहमति भएन भने भोट हाल्नेहरुको नाम लिष्टको सार्वजनिक भैसकेको छ साथै नयाँ सदस्य र सदस्य स्थान्तरण गर्नेको हकमा केन्द्रको निर्णयलाई मान्ने सहमति भैसकेको छ ।

अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने भएको छ ।

यस्तो छ अध्यक्ष दावेदार तीन जनाको भावी कार्ययोजना

मोहन घले-अध्यक्ष पदको उम्मेद्वार,नेपाल पत्रकार महासंघ जापान

नेपाल पत्रकार महासंघ शाखा जापानको अध्यक्षका प्रत्यासी मोहन घलेद्वारा प्रस्तुत संक्षिप्त कार्ययोजना

नेपाल पत्रकार महासंघ, जापान शाखाको यहि अप्रिल १० तारिक सम्पन्न हुन गईरहेको निर्वाचनमा,श्रमजिवी पत्रकारहरुको नेतृत्व गर्दै मैले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको कुरा जानकारी गराउदछु ।

मेरो नेतृत्वको टिमले आगामी कार्यकालमा निम्नलिखित कार्यहरु प्राथमिकताका साथ गर्ने प्रतिवद्धता सहित सम्पूर्ण मित्रहरुलाई अध्यक्ष मोहन घले सहितको टिमलाई मतदान गरी विजयी गराउन हार्दिक आव्हान गर्दछु ।

१,जापानमा रहेका सकृय पत्रकारलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरूको हक–अधिकार प्रवर्दन तथा संरक्षण गर्न क्रियाशील रहने ।

२.उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुदै, स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई स्थापित गर्ने ।

३,प्रवासबाट सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने ।

४।पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ–संस्थासंग सम्बन्ध विस्तार गर्ने ।

५,पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा ,अन्तरक्रिया तथा प्रशिक्षणलगायत अन्य विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने ।

६,प्रवासबाट राष्ट्र, समाज र आमनागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवर्ध्दन लागि सक्रिय रहने ।

७,प्रवास पत्रकारीताको आधिकारिकताका लागि पत्रकार महासंघको सहयोगमा नेपाली दूतावास मार्फत पहल गर्ने ।

८,जापानमा क्रियासिल पत्रकारहरुको लागि आपतकालिन सहयोगार्थ तत्काल दुईसयमानको अक्षयकोष स्थापना गरि कोषको रकम वृद्दि गर्दै लाने ।

९, नेपाल पत्रकार महासंघ जापानलाई गैरआवासिय नेपाली संघ एनआरएनए तथा जापानमा रहेका अन्य संघ संस्थाहरूको साझा संस्थाका रूपमा स्थापित गर्ने ।
धन्यवाद ।

बेलु थापा-अध्यक्ष पदको उम्मेद्वार, नेपाल पत्रकार महासंघ जापान

आदरणिय पत्रकार मीत्रहरु
नमस्कार अभिवादन ।

नेपाल पत्रकार महासंघ जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मैले उमेदवारी मनोनयन गरेको कुरा सहर्ष जानकारी गराउदछु ।
तपाईहरुलाई थाहै छ म नेपालको लामो पत्रकारिता पेशाको संग्लग्नता छोडेर परदेशिएको हुँ ।

नेपाल छोडदा बाग्लुङ साप्ताहिक र धौलागिरी दैनिकको सम्पादक थिए ,भने राजधानीमा भर्खरै शुरुभएको स्पेश टाईम दैनिकमा जोडीएको थिए ।
जापान प्रवेश पश्चात निरन्तर म मिडियामा प्रत्यक्षरुपमा हातेमालो गरेको बिगत छ ।

अहिले पनि मेरोसमचार डटकमसंग र जनहित न्युज डटकमसंग आवद्ध छु ।
मिडिया बिहीनरहेको ४५ साल यताको समय छैन मेरो । अर्थात मेरो मिडियासंगको सहकार्य अनियानोश्रीत छ भन्दा फरक पर्दैन ।

पत्रकार महासंघ जापान स्थापना भन्दा पहिले हामीले संसारभरका मिडियाकर्मीहरुलाई संगठित गर्न पहल गर्न
ओन्जा बनायौ । त्यसपछि पत्रकार महासंघ स्थापना गरेको हो । म स्थापनाको जगहाल्ने कामदेखी निरन्तरसंगै छु ।

हालको कार्यसमितीको म उपाध्यक्ष हुँ । यसैले पनि म आगामी कार्यकालको लागि अध्यक्ष ज़िम्मेवारी लिन अव्वल दावी प्रस्तुत गरेको छु ।

आशा छ तपाईको सकारात्मक सहयोग र साथ सुझाव अनि सहमति कायम गर्नका निम्ति सकृय भुमीका रहने छ ।

कविकिरण न्यौपाने-अध्यक्ष पदको उम्मेद्वार – नेपाल पत्रकार महासंघ जापान

आदरर्णिय साथीहरुमा सर्व प्रथम त हृदयदेखी नै नमन गर्दछु ।
धेरै भूमिका नवाधि खुल्ला हृदयका साथ हजुरहरु माझ निवेदन गर्न चाहान्छु कि ।

हाम्रो देशको चौथों अङ्गको विल्ला भिरेको पत्रकार हामीहरु जापानको अधिबेशनमा कसलाई नेतृत्वमा लैजाने भनेर अवस्य सोची रहेका छौ ।

त्यसै सिलसिलामा मैले मलाई पनि हामी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ जापानको नेतृत्वमा रहेर काम गर्न हरेक तवरले सक्छु भन्ने आत्मा विश्वासका साथ अध्यक्षको उमेदवार बन्ने निर्णयमा पुगेको अवगत गराउन चाहान्छु ।

डेड दशक अगाडी देखी यस क्षेत्रमा लागेको म यस पेशावाट आफु र घर चलाउन नसक्ने अवस्थामा पुगेपछी जापान आउने निर्णयमा पुगेको निवेदन गर्न चाहान्छु । पत्रकारिता मात्रै गरेर त्यति वेला नेपालमा घरपरिवार चलाउन सक्ने अवस्था थिएन ।

पत्रकारिता गरेर घर परिवार चलाउन त परै जाओस , समाचार लेखेकै निहुँमा कति वेला के हुने हो थाहा हुँदैन थियो । त्यसैको शिकार वनेको मान्छे हुँ म । जुन गुगलमा गएर अहिले पनि हेर्न सक्नु हुन्छ । जुन मैले यो निवेदनको तल राखेको छु ।

यतिवेला यो क्षेत्रमा लागेर मैले कुनै आर्थिक आर्जन त गरेको छैन तर पनि म यो क्षेत्रलाई यो धर्तिमा रहुन्जेल छोडन सक्दिन, किन कि यो शरिरको नशा नशामा पत्रकारिता छ ।
साथीहरु ,यसै पेशा गर्दा नेपालमा मेरो मर्ने दिन आजै रहेछ भनि आश मारेको म अहिले पनि सम्झन्छु ।

पत्रकार महासंघ जापानको संस्थापक सदस्य हुदै वर्तमान पार्षद भई पत्रकार महासंघको गतिविधीमा समावेश भईरहेको तपाईहरुमा जगजायर नै छ ।
भावी दिनमा पनि पदमा रहेपनि नरहेपनि मेरो कृयाशिलमा कुनै कमि आउने छैन ।

अन्यमा साथीहरुले विश्वास गरेमा म महासंघको नेतृत्व गर्न सक्षम छु भन्ने लागेकोले अध्यक्षको उमेदवार भई तपाईहरु माझ आएको छु ।
हजुरहरुको जो आदेश ।

भूकम्पपीडितका लागि आयात गरिएको जस्तापाता दुई वर्षदेखि वीरगन्जमै !

पर्सा,चैत २७ । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो ।

भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र टे«डिङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् ।

आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र टे«डिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछानेले बताए ।

उनले सरकारकै निर्देशनमा आयात गरिएको जस्तापाता वीरगन्जको साल्ट ट्रेडिङ कर्पोरेसन परिसरमा ठाउँ नभएका कारण खाद्य संस्थान परिसरको खुल्ला चौरमा राखिएको बताए ।

होसियार, मिस्डकल फर्काउँदा गोप्य सूचना चुहिएला !

काठमाडौं,चैत २७ । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।

नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेको गोरखापत्र दैनिकमा खबर छ ।

धेरैजसो मोबाइल प्रयोगकर्तालाई २१६… नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।

‘यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, ‘यो ‘स्पाम कल’ हो ।’ यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले

जानकारी दिए ।

सांसद्हरुको थाइल्यान्ड र कोरिया भ्रमण स्थगित, ७६ लाखको चेक फिर्ता

काठमाडौं,चैत २७ । सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्यान्ड र कोरिया जाने तयारी गरेका सांसद्हरुले आफ्नो भ्रमण रद्द गरेका छन् । गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथि दबाब बढाएर विदेश भ्रमणमा जान लागेका संसद्को अर्थ समितिका नौजना सदस्यहरुले आफ्नो भ्रमण रद्द गरेका हुन् । भ्रमणका लागि मन्त्रालयबाट बुझेको ७६ लाख रुपैयाँसमेत उनीहरुले फिर्ता गरेका छन् ।

एमालेका गरिमा शाह, केदारप्रसाद सञ्जेल, कांग्रेसका कमला पन्त, जगदीशनरसिंह केसी, उदयशमशेर राणा, माओवादी केन्द्रका हरिलाल ज्ञवाली, फोरम लोकतान्त्रिकका डा. सुवोध पोखरेल र थरुहट तराइ पार्टी नेपालका गोपाल दहित अध्ययन भ्रमणमा जाने तयारीमा रहको तर भ्रमण अन्तिममा आएर रद्द भएको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

पाँचबुँदे संशोधन प्रस्ताव तयार, के छ नयाँ प्रस्तावमा ?

काठमाडौं,चैत २७ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चालाई सहमतिमा ल्याउन पाँचबुँदे संविधान संशोधन प्रस्ताव तयार गरेको छ। सरकारले तयार गरेको प्रस्तावमा यसअघि सरकारले पेश गरेको चारबुँदे संशोधन प्रस्तावबाट प्रदेशको सीमांकन हेरफेर हटाएर संघीय आयोगलाई उक्त अधिकार दिने प्रस्ताव गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले तयार गरेको पाँचबुँदे संशोधन प्रस्तावले प्रतिपक्षी एमाले र आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावका लागि सुनिश्चित वातावरण हुने बताए।

सरकारले तयार गरेको उक्त प्रस्तावमा नागरिकता, भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण पुरानै बुँदा छन्। तर, राष्ट्रियसभा सदस्य चयनमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने अधिकार कटौती गरिएको छ। एमालेले चर्को विरोध गर्दै आएको ५ नम्बर प्रदेशको सीमांकन हेरफेरका विषय संशोधनबाट हटाएर शक्तिशाली संघीय आयोग गठन गरी टुंगो लगाउने तयारी छ। उक्त बुँदामा संविधानको धारा २७४ पनि संशोधन गर्ने उल्लेख छ। संविधानको धारा २७४ मा प्रदेशको सीमांकन हेरफेर गर्न संघीय संसद्हरूको सहमति लिनुपर्ने उल्लेख छ।

कानुनमन्त्री अजयशंकर नायकका अनुसार संविधानको अनुसूचीको विषयमा संशोधन गर्दा सबै प्रदेशको स्वीकृति चाहिने कायमै राखेर प्रदेशको सिमाना हेरफेरको हकमा सम्बन्धित प्रदेशको सहमतिमा गर्न सकिने गरी संशोधन तयार परिएको छ। ‘सिमाना हेरफेर सम्बन्धित प्रदेशको मात्रै सहमतिमा गर्न सकिने गरी संशोधन प्रस्ताव तयार गरिएको छ', नायकले भने ।

सरकारले यसअघि संसद्मा पेश गरेको चारबुँदे संशोधन प्रस्तावलाई फिर्ता लिएर नयाँ पाँचबुँदे संशोधन प्रस्ताव पेश गर्ने बताएको छ। स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेलगत्तै पाँचबुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनेछ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

के छ पाँचबुँदे संशोधनमा ?

१. नागरिकता

२. भाषा

३. निर्वाचन क्षेत्र

४. सीमांकन संघीय आयोगलाई जिम्मा

५. राष्ट्रिसभामा गाउँपालिका र नगरपालिको प्रमुख र उपप्रमुखको मताधिकार कटौती

यस्तो छ स्थानीय चुनावमा कांग्रेसको नारा

काठमाडौं,चैत २६ । नेपाली कांग्रेसले  स्थानीय तहको निर्वाचनका लागि मुल नारा तय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले चुनावका लागि मुल नारा तय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ु

'कांग्रेसको नेतृत्वमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा समृद्धीको अभियान।

यसपटक कांग्रेसको चुनावी नारा हुनेछ।'

महाकालीमा एक दिने स्वास्थ्य शिविर संचालन

पप्पु गुरुङ्ग, महाकाली नगरपालिका,चैत २६ । भवानी बक्स गुल्मको २३३ औं वार्षिक उत्सवको उपलक्ष्यमा महाकाली नगरपालिकामा राष्ट्रिय निकुञ्जको आयोजना तथा निकुञ्ज अन्तर्गतका बिभिन्न संघ संस्थाहरुको सहयोगमा मा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । संरक्षणको क्षेत्रमा सहयोग पुगोस भन्नको लागी निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा उपभोक्तहरुको स्वास्थ्यमा ख्याल राख्दै बाघ संरक्षण गरौ भन्ने नाराको साथ एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताईएको छ् । स्वास्थ्यको पहुच भन्दा टाढा रहेको महाकाली नगरपालिका नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको तथा  शिविरले ग्रामिण भेगका जनताहरुलाई केही हद सम्म सहयोग पुग्ने अपेक्षा लिएको मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंहले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच एक दिने स्वास्थ्य शिविरको उद्धघाटन गरिएको हो । रोटरी क्लव, एनटीएसीको सहयोगमा  भवानी बक्स गुल्मको २३३ औं वार्षिक उत्सवको उपलक्ष्यमा महाकाली नगरपालिकाको वडा नं. ९ स्थित आमभोजको श्री अम्बिका उच्च माबिमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको आयोजक तथा सयोगी संस्थाले जनाएको छ् । शिविरमा विभिन्न रोगहरुको परिक्षण र उपचार हुने व्यवस्था मिलाइएको मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंहले जानकारी दिएका छन् । आजको शिविरमा स्वास्थ्य सेवाबाट बन्चित रेका ग्रामिण भेगका जनताहरुलाई राहत महशुस गरिएको स्थानियहरुले बताएका छन् । महाकाली क्षेत्रमा स्वास्थ्य सेवाको सुुबिधा नभएको र सिमावर्ती भारतिय बजारमा महंगा निजी अस्पतालमा स्वास्थ्य सेवा लिन स्थानियहरुको पहुच नभएको अवस्थामा यस्ता प्रकारका सेवाले  ग्रामिण भेगका आम जनताको लागी खुशी तुल्याएको स्थानिय करन रोकायाले बताएका छन् ।

किशोरी बसभित्रै बलात्कृत

ललितपुर ।

ललितपुरको बालकुमारी बसपार्कमा मध्यरात एक किशोरीमाथि बसभित्रै बलात्कार भएको छ ।

ललितपुर प्रहरीका अुनसार १४ वर्षीय किशोरी मध्यरात बसभित्र बलात्कृत भएकी हुन् ।

ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान थालिएको भन्दै प्रहरीले नेपालीले आरोप स्विकार गरेको बताएको छ ।

गत चैत १८ गते साँझ दाईसँग झगडा गरी डेराबाट निस्कीएकी सप्तरीको कन्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राती बालकुमारी बसपार्कमा रोकि राखेको बसभित्र बलात्कार गरेको खुल्न आएको छ ।

राती साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा १ ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् ।

घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले आफुले घर पुग्ने बससम्म पुर्‍याईदिने भन्दै फकाएर बसमा लगेका थिए ।

त्यसपछि उनले नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ललाई पखाई गरेर घर पुग्ने बसम्म पुर्‍याईदिन्छु भनेपछि ती युवतीले भने अनुसार गरेको तर मध्यरातमा जर्बजस्ती गरेपछि ती किशोरी चिच्याएपछि सागर भागेको प्रहरीले बताएको छ ।

घटना लगत्तै उनी भागेर सिन्धुपाल्चोकमा लुकेर बसेका थिए ।

लगनखेल बस्दै आएका ३१ वर्षिय सागर अविवाहित हुन् ।

ती युवती बालकुमारीमा दाईसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।
प्रहरी बसको मालिकमार्फत सागरलाई पक्राउ गर्न सफल भएको बताएको छ ।

पिडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

घटनापछि पिडित किशोरीको दाई भने फरार छन् । उनको पनि खोजि भईरहेको प्रहरीले जनाएको छ ।

भारत सीमास्तम्भ मर्मत गर्नुको साटो भायव पार्दै

झापा ।

सिमामा रहेका जंगे पिलर देखी सहाक स्तंभ गायब र रातारात नेपालतर्फ सार्दै सिमा मिच्दै आइरहेको भारत सीमा स्तम्भ बनाउने र ममर्त गर्ने कामबाट पछि हट्न थालेको छ ।

दुई साता अघि मात्र कञ्चनपुरमा नेपाली सिमा मिच्न खोज्दा नेपालीहरुले प्रतिकार गर्दा एकजनालाई गोली हानेर हत्या गरेको भारतले झापामा सीमास्तम्भ बनाउने, मर्मत गर्ने तथा हराएका ठाउँमा स्तम्भ राख्ने काममा उदासीन बन्दै काम रोकेको छ ।

विगत तीन वर्षदेखि नेपाल र भारतका नापीका अधिकारी सम्मिलित टोलीले दुई देशबीचका सीमा रेखांकन गर्ने काम गरिरहे पनि सीमास्तम्भ बनाउने कामका लागि भारतले बजेट निकासा नगरेपछि भारतको जिम्मा रहेको काम हुन सकेको छैन ।

भारतको जिम्मामा रहेका सीमास्तम्भ बनाउने तथा मर्मत गर्ने काम विगत एक वर्षदेखि शून्य रहेको छ ।

नेपाल पक्षले भने करिब भारतले रातारात सिमा स्तम्भ सार्ने, गायब पार्ने तथा तोडफोड गर्ने गरेका कारण आफ्नो काम ८० प्रतिशत गरिसकेको छ ।

नेपालले बिजोडी र भारतले जोडी नम्बरका सीमास्तम्भको काम गर्ने सम्झौता भएपनि भारतले सिमा स्तम्भको जिम्मेवारी पुरा नगरि पन्छिएको हो ।

अहिले झापाको घेराबारीमा नेपाल र भारतबीच सीमा क्षेत्र कायम गर्ने र हराएका सीमास्तम्भ भएको ठाउँ पत्ता लगाउने काम भइरहेको छ ।

नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाएर लगभग अन्तिम चरणमा पुर्‍याएको छ । बिजोडी नम्बरका मुख्य स्तम्भ र तिनका सहायक स्तम्भहरूको समेत निर्माण गर्ने, सिमेन्ट लगाउने तथा रंगरोगन गर्ने काम धमाधम भइरहेको छ ।

दक्षिण झापाको नेपाल-भारत सीमाबाट रातारात सीमास्तम्भहरू हराएका थिए ती सिमा स्तम्भ भारतीय पक्षले रातारात उखेलेर भारत तर्फ लगेको बताइन्छ ।

नेपालमाथि असमान रहेको १९५० को सन्धि परिमार्जन वा खारेज गर्न अनिच्छुक

काठमाडौं ।

नेपालमाथि असमान रहेको सन् १९५० को कथित शान्ति तथा मैत्री सन्धि परिमार्जन वा खारेज गर्न भारत अनिच्छुक देखिएको छ ।

उल्टै भारतीय नेताहरुले त्यसबेलाको समयमा ुहचुवाका भरमा हस्ताक्षर नगरिएकोु तर्क गर्दै नेपालमाथि असमान रहेको उक्त सन्धिको बचाउ गरेका छन् ।

नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूह 'इपिजी' का भारततर्फका संयोजक रहेको भगतसिंह कोसियारीले यस्तो बताएका हुन् ।

एक्काइसौँ शताब्दीअनुकूल नरहेको र नेपालका लागि असमान रहेकाले सन् १९५० को सन्धिका प्रावधान संशोधन गर्न इपिजी नेपालका सदस्यले ठोस प्रस्ताव राखेको भोलिपल्ट भारतीय पक्षले उक्त सन्धिका धारा परिवर्तनबारे आफू सकारात्मक नरहेको बताएका छन् ।

नेपाली इपिजीका संयोजक भेषबहादुर थापाले तेस्रो इपिजी बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सन् १९५० का धारा संशोधनमा भारतीय पक्ष सकारात्मक रहेको दाबी गर्नुभएको थियो । 'सन् १९५० को सन्धि त्यतिबेला पनि निकै सुझबुझका साथ हस्ताक्षर गरिएको हो हचुवामा होइन । हाम्रा पूर्वजले दुवै देशको हितलाई हेरेरै सन्धि गरेका हुन् त्यतिबेला', राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा कोसियारीले भन्नुभयो ।

कोसियारीले नेपालले सन् १९५० को सन्धिका पारामा परिमार्जन गर्न राखेको प्रस्तावका बुँदामा विस्तृत अध्ययन र गृहकार्य गर्न भारतीय पक्षले सुझाएको उहाँले बताउनुभयो । 'हामीले नेपाली पक्षलाई भनेका छौँ कि सन्धिका धाराबारे कहाँकहाँ असझदारी छन्, सबै ल्याउनुहोस् । असान्दर्भिक भएका बुँदामा तथ्यसहित प्रस्तुत हुनुहोस् । तपाईंहरूले राखेको प्रस्तावमाथि हामी अध्ययन गर्नेछौँ', उहाँले भन्नुभयो, 'भारतको सुरक्षा सवाललगायत विषयमा हामीले छलफल गर्नुपर्छ । हामीले यो बुझ्नुपर्छ कि सन्धि त्यसबेला कुनै हचुवाका भरमा भएको होइन ।'

इपीजीको बैठकमा आफूहरूले नेपाली पक्षसँग खुलेर कुरा राखे पनि अहिले नै बाहिर ल्याउने अवस्थामा नरहेको र संवाद जारी रहेको उहाँको भनाइ थियो । सन् १९५० को सन्धिलाई पुनर्लेखन, खारेजी, संशोधन या परिमार्जन के गर्ने भन्नेबारे थप छलफल र अध्ययनबाट निष्कर्ष निकाल्न सकिने उहाँले बताउनुभएको अन्नपूर्णले खवर छापेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web