<p>पप्पु गुरुङ्ग, महाकाली नगरपालिका,चैत २६ । भवानी बक्स गुल्मको २३३ औं वार्षिक उत्सवको उपलक्ष्यमा महाकाली नगरपालिकामा राष्ट्रिय निकुञ्जको आयोजना तथा निकुञ्ज अन्तर्गतका बिभिन्न संघ संस्थाहरुको सहयोगमा मा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । संरक्षणको क्षेत्रमा सहयोग पुगोस भन्नको लागी निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा उपभोक्तहरुको स्वास्थ्यमा ख्याल राख्दै बाघ संरक्षण गरौ भन्ने नाराको साथ एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताईएको छ् । स्वास्थ्यको पहुच भन्दा टाढा रहेको महाकाली नगरपालिका नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको तथा शिविरले ग्रामिण भेगका जनताहरुलाई केही हद सम्म सहयोग पुग्ने अपेक्षा लिएको मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंहले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच एक दिने स्वास्थ्य शिविरको उद्धघाटन गरिएको हो । रोटरी क्लव, एनटीएसीको सहयोगमा भवानी बक्स गुल्मको २३३ औं वार्षिक उत्सवको उपलक्ष्यमा महाकाली नगरपालिकाको वडा नं. ९ स्थित आमभोजको श्री अम्बिका उच्च माबिमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको आयोजक तथा सयोगी संस्थाले जनाएको छ् । शिविरमा विभिन्न रोगहरुको परिक्षण र उपचार हुने व्यवस्था मिलाइएको मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंहले जानकारी दिएका छन् । आजको शिविरमा स्वास्थ्य सेवाबाट बन्चित रेका ग्रामिण भेगका जनताहरुलाई राहत महशुस गरिएको स्थानियहरुले बताएका छन् । महाकाली क्षेत्रमा स्वास्थ्य सेवाको सुुबिधा नभएको र सिमावर्ती भारतिय बजारमा महंगा निजी अस्पतालमा स्वास्थ्य सेवा लिन स्थानियहरुको पहुच नभएको अवस्थामा यस्ता प्रकारका सेवाले ग्रामिण भेगका आम जनताको लागी खुशी तुल्याएको स्थानिय करन रोकायाले बताएका छन् ।<br></p>
15.36¡ÆC