काठमाडौं ।

नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडबडी एयरबस खरीद गर्ने सम्झौतामा आज काठमाडौंमा हस्ताक्षर भएको छ ।

सम्झौतामा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र एयरबस बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गर्नुभयो ।

निगमले दुईवटा वाइडबडी एयरबस २० करोड ९६ लाख अमेरिकी डलर अर्थात करिब २१ अरबमा खरिद गर्न लागेको हो ।

सम्झौता लगत्तै निगमले पहिलो किस्तावापत कूल खरीद मूल्यको करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ ।

निगमले खरीद गर्न लागेको वाइडबडी एयरबसमा २५० देखि २८० सीट हुने निगमबाट आज जारी प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

नेपाल वायुसेवा निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुबै वाइडबडी एयरबस आगामी सन् २०१८ को दोस्रो चौमासिकमा हस्तान्तरण गरिने छ ।

नयाँ विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेबिया जस्ता गन्तव्यहरुमा उडान भर्ने योजना रहेको निगमले जनाएको छ ।

15.65¡ÆC