न्यायपालिकालाई नेताको नियन्त्रणमा राख्नुपर्ने काँग्रेस महामन्त्री कोइरालाको माग

चैत्र २६, २०७३ मा प्रकाशित | 925 views

बिराटनगर ।

केही महिनाअघि गम्भिर हृदयघातपछि मृत्यु शैयामा पुगेर तंग्रिएका नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले स्वतन्त्र न्यायालयलाई संसदको नियन्त्तणमा अर्थात् नेताहरुले भनेअनुसार हुनेगरि राख्नुपर्ने विवादास्पद अभिव्यक्ती दिएका छन् ।

कोइरालाले बिराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै  व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको तर्क गर्दै स्वतन्त्र न्यायपालिकालाई नेताहरुले भनेअनुसार चल्नेगरि राख्नुपर्ने बताए उनले भने शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक देखिन्छ । स्मरणीय छ न्यायपालिकालाई निरंकुश शासन व्यवस्था भएका देशहरुमा मात्र संसद मातहत राख्ने गरेको पाइन्छ ।

यस्तै कांग्रेस नेता कोइरालाले प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने तर्क गर्दै वरियता र कार्यक्षमता मिच्दै काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा आइजीपी नियुक्ति गरेकोमा त्यसको बचाउ गर्दै अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप समेत लगाए ।

कोइरालाले सरकारमा उपप्रधानमन्त्रीको रुपमा वरियता विवाद बढिरहँदा काँग्रेसले नै पहिलो बरियता पाउनुपर्ने भन्दै वरियताक्रमको विवाद माओवादीकै कारण उत्पन्न भएको आशंका समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web