The Nepali Congress (NC) has insisted that the local poll should be organised in a single phase.

At a joint meeting of the party central committee and the parliamentary party held today to garner suggestions for the election manifesto, a majority of party central members and lawmakers said the talks about holding the election in two rounds were just intended at foiling the election

The participants of the meeting urged the party leadership to sort disputes surfaced regarding the hierarchy of two deputy prime ministers. The issue has sent a negative message to the public, they added.

on the occasion, party president Sher Bahadur Deuba and senior leader Ram Chandra Poudel urged all the leaders and cadres of the party not to doubt on the holding of the election on the stipulated date. They also directed the party rank and file to wholeheartedly go for the elections.

Comments were also made in the meeting regarding the government's performance and the ministers representing the party since works were not carried out as per the expectations of the people.

Party central committee members and lawmakers also questioned from where the rumours of the five-point proposal regarding addressing the Madhes demands came when the four-point amendment proposal is already registered in the parliament for the same purpose.

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकी सेनाले सिरियामाथी सैन्य हमला गरेको छ ।

६ बर्षको आन्तरिक द्धन्द्धमा रुमल्लिएको रिसियामा तीन दिनअघि भएको रासायनीक हमलामा २७ बालबालिका सहित सोही संख्यामा अन्य सर्वसाधारणको निधन भएपछि सुरक्षाको नाममा अमेरिकाले सिरीयामाथि आक्रमण गरेको हो ।

अलजजिरा समाचार संस्थाले उल्लेख गरे अनुसार सिरियाली हवाई अखाडामा अमेरिकी सेनाका युद्धपोतहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेका हुन् ।

प्राप्त समाचार अनुसार कम्तिमा चार सिरियाली सैनिक र ठूलो संख्यामा घाइते भएको बताइएको अमेरिकी आक्रमणबाट होम्स नगरमा रहेको सिरियाली हवाई अखडा ध्वस्त भएको छ ।

सोही हवाई अखडाबाट केहीदिन अघि रासायनीक आक्रमण भएको भन्दै अमेरिकी सेनाले आक्रमण गरेको हो ।

५९ वटा त्यस्ता ठूला क्षेप्यास्त्र आक्रमणबाट सिरियाली सेनाको एक महत्वपूर्ण वेसक्याम्पमा रहेको भनिएको कयौं युद्ध बिमान समेत नष्ट भएको अमेरिकी सेनाले दाबी गरेको छ ।

यता सिरियाली शासक बसार अल असदलाई सघाउँदै आएको रसियाले भने रिसियामाथी आक्रमण गर्नुअघि अमेरिकालाई सोच्न चेतावनी दिएको छ ।

रुसले यसअघि भएको इराक, अफगानिस्तान, लिबिया आक्रमणमा दोसी भन्दा कयौंगुणा बढी निर्शोस सर्वसाधारण र ति देश दशकौं पछि धकेलिएर झनै समस्या बढाएको भन्दै आक्रमण नै समस्याको समाधान नभएको जनाएको छ ।

यता रिरियाली सरकारले भने अमेरिकी आक्रमणको निन्दा गर्दै निर्णयमा पुर्नबिचार गर्न चेतावनी दिएको बताइएको छ ।

अमेरिकी आक्रमणपछि सिरियाली सरकारले सबै सुरक्षा निकायलाई सकर्त रहन र युद्धको अवस्थामा रहन भनेको बताइएको छ ।

राष्टपति बसार अलअसद सरकार बिरुद्ध भएको प्रदर्शनसँगै ६ बर्षअघिबाट सुरु भएको सिरियाको संकट बढ्दै अहिले गृहयुद्धमा पुगेको छ भने सयौंको मृत्युसँगै लाखौं विस्थापित भएका छन् । तर असद सरकारले आफु बिरुद्ध भएका आन्दोलनलाई पश्चिमा देशको उक्साहट भन्दै सबै आन्दोलनलाई दबाउँदै आएको छ ।

काठमाडौं ।

पार्टी नेतृत्व पँक्ति नै भ्रष्ट तथा अपरदर्शी रहँदै आएको एमाओवादी नेतृत्वले आफ्नो पार्टीको तर्फवाट स्थानिय चुनावमा उम्मेदवार बन्न भने दर्जन बढी योग्यता चाहिने घोषणा गरेको छ ।

माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तोक्दै आफ्नो सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत सार्वजनिक गर्नुपर्ने पहिलो बाध्यकारी व्यवस्था गरेको छ ।

स्मरणीय छ अहिलेसम्म माओवादी केन्द्रका केन्द्रिय नेताहरु आफैंले आफ्नो सम्पत्ति सार्वजनिक गरेको छैन । यहाँसम्मकी माओवादी केन्द्रले पार्टीका शिर्ष नेताहरुको सम्पत्ति विवरणबारे अनुसन्धान गर्न समिति बनाएपनि त्यसको विवरण समेत सार्वजनिक नगरि लुकाएको छ ।

स्थानीय तहमा निर्वाचित भएपछि हुन सक्ने आर्थिक अपारदर्शिता रोक्न भन्दै माओवादीले उम्मेदवार छनौट भइसकेपछि सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत सार्वजनिक गर्ने र यही मापदण्डभित्र पर्ने माओवादी केन्द्रका कार्यकर्ताहरुले आफ्नो क्षेत्रमा उम्मेदवारी दावी गर्न सक्ने बताएको छ ।

माओवादी केन्द्रका कार्यकर्ताहरुले उम्मेदवार दावी गर्न निश्चित योग्यताहरु देखाउन सक्नुपर्नेछ । ९ बुँदे मापदण्ड अनुसार सिंहदरबारमा केन्द्रित अधिकार जनताको घरदैलोमा पुर्याउँदै लोकतन्त्रको अभ्यास गर्न सक्नेलाई मात्र उम्मेदवार बनाउने बताएको छ ।

पार्टीको संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्ने क्षमता राख्ने हुनुपर्ने बताएको माओवादीले स्थानीय तहमा लोकप्रिय, वर्ग दृष्टिकोण स्पष्ट भएको र जनयुद्धमा भूमिका खेलेको हुनुपर्ने प्रावधान बनाएकोछ ।

साथै सार्वजनिक काममा दक्ष, चुनावी रणनीतिमा दख्खलसँगै निर्वाचन आयोगले तोकेको योग्यता पुरा गरेको हुनुपर्ने बताएको छ ।

जीवनमा सार्वजनिक प्रतिष्ठा गुमाएका वा धुमिल भएका, आचरणहीन देखिएका व्यक्तिलाई उम्मेदवारी नदिने बताएको माओवादी केन्द्रले पार्टीप्रति बफादार, अनुशासित, इमान्दार कर्तव्यपरायण व्यक्ति पार्टीको उम्मेदवार बन्न सक्ने उल्लेख गरेको छ ।

यसैगरि माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेदवारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, चैत २५ । नेपालीको वार्षिक प्रतिव्यक्ति उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढेको देखाएको छ ।

सर्भेक्षणअनुसार ग्रामीण घरपरिवारको वार्षिक औसत उपभोग खर्च २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ रहेको छ भने सहरी घरपरिवारको यस्तो खर्च ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ रहेको छ ।

समग्र नेपाली घरपरिवारको वार्षिक औसत उपभोग खर्च ३ लाख २२ हजा ७ सय ३० रुपैयाँ रहेको छ । यस्तै, ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति उपभोग खर्च ५२ हजार ७ रुपैयाँ र सहरी क्षेत्रमा १ लाख १ हजार ६ सय ५९ रुपैंया रहेको विभागले जनाएको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब दोब्बर रहेको देखाएको छ ।

यस्तै, घरपरिवारको कुल उपभोग खर्च अघिल्लो वर्षको १६ खर्ब २२ अर्ब ४करोड रुपैयाँबाट २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले वृद्घि भएर १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । वार्षिक घरपरिवार सर्वेक्षण चौथो नतिजाअनुसार व्यक्तिगत उपभोग खर्च बढेको देखाएको छ ।

सर्वेक्षणको लागि तथ्यांकीय विधिबाट छानिएका सहरी क्षेत्रका १ सय ५०, गणना क्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार तथा ग्रामीण क्षेत्र अन्तर्गतका १५० गणना क्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार गरी साढे ४ हजार घरपरिवारबाट यो नमुना तथ्यांक संकलन गरिएको हो ।

आर्थिक वर्ष ०७२र०७३ मा सञ्चालित चौथो वार्षिक घरपरिवार सर्वेक्षणको संक्षिप्त नतिजामा नेपालको घरपरिवारको जम्मा उपभोग खर्च चालू मूल्यमा १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो सर्वेक्षणमा यस्तो खर्च १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ थियो । सर्वेक्षणमा २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले खर्च वृद्धि भएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ११.२ प्रतिशतको वृद्घि देखिएको छ ।

प्रतिवेदनले सहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ५५.१ प्रतिशत रहेको जनाएको छ । तर ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४०.२ प्रतिशत रहेको उल्लेख छ । समग्रमा भने नेपाली घरपरिवारको खाद्य उपभोग खर्च ५३.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४६.२ प्रतिशत रहेको छ आजको कारोबार दैनिकमा समाचार छ ।

काठमाडौं, चैत २५ । बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् । चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक अभावजस्ता कारणले अस्पतालमा आत्महत्या गर्ने गरेका छन् ।

बिहीबार बिहान मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एक वृद्धाले आत्महत्या गरेकी छिन् । ६५ वर्षकी जयकला घर्तीमगरले सेन्टरको पाँचौँ तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् । पैसा तिर्न नसकेर बिरामीले आत्महत्या गर्ने घटना हुने गरेका भए पनि पछिल्लो समय आर्थिक अभाव र मानसिक तनावकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेको चिकत्सकहरू बताउँछन् ।

बाग्लुङ निसी–१ घर भएकी जयकला मेरुदण्डमा समस्याले हिँड्न नसकेपछि तीन हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएकी थिइन् । उनको मृत्युको कारणबारे अझै यकिन हुन सकेको छैन । घटनाले आफूहरू स्तब्ध भएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले बताए ।

‘बाहिर देख्दा आर्थिक अभावजस्तो देखिन्छ, तर उहाँहरूले आफू गरिब भएको अस्पताललाई भन्नुभएन,’ डा. उपाध्यायले भने, ‘औषधिहरू किनेर ल्याउँथे, अस्पतालको चार्ज असाध्यै न्यून थियो ।’ बेडमा एक रात बसेको दुई सय रुपैयाँ लाग्छ । ‘जयकलाको अप्रेसन गर्नुपर्ने रोग थिएन,’ डा. उपाध्यायले भने, ‘उनको मेरुदण्डको पछाडिपट्टिको भागमा टिबी भएको थियो ।

स्वास्थ्य उपचार भइरहेको थियो । धेरै ठूलो खर्च लाग्ने अवस्था पनि थिएन । त्यसैले आर्थिक अभावका कारण आत्महत्या गरेको हो भन्ने विषयमा सत्यता छैन ।’ बिहीबार मात्रै उनका परिवारले पाँच हजारको औषधि किनेर ल्याएका थिए ।

उपत्यकाका अस्पतालमा भएका आत्महत्याका घटना

गत ३२ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको चौथो तलाबाट हामफालेर एक पुरुषले आत्महत्या गरे । चाबहिलबाट मर्निङवाकमा निक्लिएका ५२ वर्षीय गोपीकृष्ण बस्ताकोटीले अस्पतालमा गएर आत्महत्या गरेका थिए । ‘अस्पतालसँग क्षतिपूर्ति नमाग्नू, अस्पताललाई दोष नदिनू, यो दोष मेरो हो,’ उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए । बिरामी नभए पनि आत्महत्या गर्नकै लागि उनले अस्पताल रोजेका थिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको उपचार गराइरहेका दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले गत २१ भदौमा आत्महत्या गरे । अस्पतालको तीन तलामाथिको झ्यालबाट हामफाल्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हामफालेका थिए ।

अस्पतालले वास्तै गरेन :दिलुजा घर्तीमगर, मृतक जयकलाकी छोरी

पुसदेखि आमाले पछाडिको भाग दुख्यो भन्दै हुनुहन्थ्यो । निको होला भनेर केही दिन वास्ता गरेनौँ । पछि रोग झन् बल्झिँदै गयो । त्यसपछि ५० जहार रुपैयाँ ऋण खोजेर बुर्तिबाङ बजारमा ल्यायौँ । त्यहाँ पनि उपचार नहुने देखियो । त्यसपछि पोखराको मनिपालमा ल्यायौँ । त्यहाँबाट फेरि फिस्टेलमा गयौँ । त्यहाँ पनि उपचार हुन सकेन । पोखरामा पाँच दिन राखेर गत ६ चैतमा काठमाडौंमा ल्यायौँ । पोखराको हस्पिटलले स्पाइनलकटमा टिबी भएको हुन सक्ने बताएको थियो ।

५० हजार रुपैयाँ पोखरामा सकिएको थियो । हामीसँग रोजगारीका लागि साउदीमा गएको भाइलाई फोन गर्नुको विकल्प थिएन । घरमा अरू कसैको आम्दानी छैन । भाइ साउदी गएको पनि भर्खर ५–६ महिना भएको छ । उसको त्यति धेरै कमाइ पनि छैन । त्यसैले भाइले साउदीमा साथीहरूसँग ऋण गरेर एक लाख रुपैयाँ पठाइदियो । १८ दिनसम्म हस्पिटलमा राख्दा त्यो रकम पनि सकियो ।

हामीलाई डाक्टरहरू आएर उपचार हुँदै छ भन्दै जानुहुन्थ्यो । हामीले पनि कुरिरहेका थियौँ । उहाँहरूले तपाईंहरूको अप्रेसन गर्नुपर्छ होला पनि भन्नुभएको थियो । तर, खासै वास्ता गरेजस्तो लागेन । गत शुक्रबार हाम्रो पालो हो भन्दै हुनुहुन्थ्यो । फेरि मंगलबार सारियो । त्यो दिन पनि केही काम हुन सकेन । त्यसपछि शुक्रबार हुन्छ तपाईंको उपचार भन्दै हुनुहुन्थ्यो । रिपोर्ट आएपछि के गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो । रगत र पछाडिको मासु झिकेर चेक गर्नुपर्छ पनि भन्नुहुन्थ्यो । तर, त्यो काम पनि गर्नुभएको थिएन । किन त्यस्तो गर्नुभएको होला कुन्नी ?

हिजो बेलुकी आमाले निकै दुख्यो भन्दै हुनुहुन्थ्यो । मैले तेल लगाएर मालिस पनि गरिदिएकी थिएँ । उहाँ निको हुने होइन, पैसा मात्र खर्च भयो भन्दै हुनुहुन्थ्यो । हामीले चिन्ता लिनुपर्दैन, निको हुन्छ भनेर आश्वासन दिएका थियौँ । केही हिँडडुल पनि गर्नुहुन्थ्यो । उहाँलाई सहयोग गर्न हस्पिटलमा म र मामा मात्र थियौँ ।

म आज बिहान ४ बजे नै उठेर हेर्दा उहाँलाई देखिनँ । ट्वाइलेटतिर हेर्न गएँ । त्यहाँ पनि भेट्टाउन सकिनँ । त्यसपछि मामालाई उठाएर खोज्न थाल्यौँ । यसो झ्यालतिर हेर्दा त उहाँ झुन्डिरहनुभएको थियो । झ्यालको फलाममा आफ्नै पटुकाको पासो लगाएर झुन्डिनुभएको रहेछ । हामीले त विश्वास नै गर्न सकेनौँ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं,चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपपू्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषद्मा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलार्य दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।

तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । उनको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काठमाडौं ।

मुलुकलाई विद्युतभार कटौती मुक्त गरेपछि सरकारले व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्नेतर्फ नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउनेतर्फ कार्ययोजनासहित काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री शर्माको निर्देशनपछि प्राधिकरणले सिएफएल चिमको सट्टा दुई करोड एलइडी बल्ब खरिद गर्ने तयारी गरेको छ ।

कम ऊर्जा खपत गर्ने बल्ब प्रयोगपछि साँझको समयमा विद्युत् उपभोगको मात्रा घट्ने प्राधिकरणले जनाएको छ ।

ऊर्जाको प्रस्तावमा अर्थ मन्त्रालयले एलइडी बल्ब खरिदका लागि बजेट विनियोजन गरिसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अगाडि बढाउन जनताको सहभागिता बढाउने, सेयर जारी गर्ने र निर्माणाधीन आयोजनालाई तोकिएको समयमा सम्पन्न गराउनेतर्फ ध्यान दिइएको बताउनुभयो ।

काठमाडौं ।

नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीमा नियम र वरिष्ठाता मिच्दै आफु निकटका विवादास्पद व्यक्ति नियुक्त गरेकोमा सर्वोच्चले रोकेपछि सर्वोच्च बिरुद्धनै उत्रिएका काँग्रेस सभापती शेरबहादुर देउवालाई सर्वोच्च अदालतले कारण देखाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सभापति देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा १० दिनभित्र लिखित जवाफसहित उपस्थित हुन नेपाली काँग्रेस पार्टी कार्यालयका नाममा आदेश दिएको हो ।

आदेशमा के कारणले अदालतको अवहेलनासम्बन्धी अभिव्यक्ति दिएको हो त्यस सम्बन्धमा खुलाई लिखित जवाफ पेस गर्न भनिएको छ ।

अधिवक्ता हरिप्रसाद मैनालीले नेपाली काँग्रेस र नेपाली काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलना गरेको आरोपमा यही चैत २० गते मुद्दा दायर गर्नुभएको थियो ।

मुद्दामा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै निर्णय शक्ति पृथकीकरणको मान्यताभन्दा विपरीत रहेको काँग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको उल्लेख छ ।

काठमाडौँ ।

पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

दुईदिन चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज काठमाडौंमा उद्घाटन गर्नुभयो ।

सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव सरकारलाई दिने आयोजकले बताएका छन् ।

मन्त्री गुरुङले अहिलेको अवस्थामा घरेलु कामदारका रुपमा पठाउँदा विभिन्न समस्या आएकोले त्यसलाई व्यवस्थित गर्न मन्त्रालय लागिरहेको बताउनुभयो ।

काठमाडौं ।

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेको सबै घरको घर नक्साअनुरुप निर्माण भएको छ वा छैन, भाडामा दिएको छ वा छैन, कुन घरमा कतिजना बसोबास गर्छन, नियमित कर तिरेका छन् वा छैनन् जस्ता सम्पूर्ण जानकारी लिनका लागि युथ सिटीको अभियान ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

महानगरभित्रका करदातालाई करको दायरामा ल्याउन पनि यस अभियानले ठूलो सहयोग पुग्ने कामपाको विश्वास रहेको छ ।

यस कार्यमा व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरिनेछ ।

काठमाडौं ।

बिशाल राईको एक मात्र निर्णायक गोलले पूर्व विजेता झापा ११ फुटबल क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

ईलामको ठूलो टुँडिखेलमा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाईनलमा झापा ११ ले सशस्त्र प्रहरीको एपियफ क्लबलाई अतिरिक्त समयको पनि ईन्जुरी टाईममा १-० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

यस खेलको निर्णायक गोल कर्ता यस खेलका म्यान अफ दि म्याच घोषित हँुदै ७ हजार रुपैँया पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

फाईनल खेल झापा ११ र त्रिभुवन अर्मी क्लबबिच शनिबार हुनेछ ।

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिम फुटबलको सर्वोच्च निकाय फिफको वरिएता क्रममा १ सय ७० औँ स्थानमा यथावत रहेको छ ।

अघिल्लो महिना चौथो स्थानमा रहेको नेपाल यस पटक भने १ स्थान तल झरेको छ ।

भुटान १३ स्थान माथि उक्लिदैँ १ सय ६४ औँ स्थानमा आएकाले नेपाल चौथोबाट पाँचौ स्थानमा झरेको हो ।

यसैगरि भारत ३१ स्थान माथि उक्लिदैँ १ सय १ औँ स्थानमा पुगेको छ ।

दक्षिण एशियालि क्षेत्रमा अफ्गानिस्तान ३ स्थान माथि उक्लदैँ १ सय ५३ औँ र पाकिस्तान ३ स्थान तल झर्दै २ सय १ औँ स्थानमा रहेका छन् ।

यसैगरि माल्दिभ्स् १ सय ५१ औँ, बंगलादेश १ सय ९३ औँ र श्रीलङ्का १ सय ९७ औँ स्थानमा रहेका छन् ।

वश्व वरियतामा अर्जेन्टिनालाई उछिन्दै ब्राजिल ७ वर्ष पछि श्रीर्ष स्थानमा उक्लिएको छ ।

यसैगरि अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा रहेका छन् ।