सरकारलाई चुनावबारे छिटो निर्णय गर्न निर्वाचन प्रमुख आयुक्तको आग्रह

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे छिटो ठोस निर्णयमा पुग्न सरकारलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले आज अबेरसम्म सरकारबाट ठोस निर्णय आउन नसके अप्ठेरो हुने बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा जनशक्तिको व्यवस्थापन, मतदाता शिक्षा, मतदानको  लागि आवश्यक सामाग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा. यादवले निर्वाचनलाई सकेसम्म कम खर्चिलो, वैदेशिक परनिर्भरता कम र आचार संहिताको प्रभावकारी अनुगमन गरिने उल्लेख गर्नुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा कोशेढुङ्गाको काम गर्ने बताउनुभयो ।

नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले वितिय अनुशासनभित्र रहेर कम खर्चमा निर्वाचनको जिम्मेवारी पुरा गर्नेमा सबै कर्मचारीबाट आवश्यक सहयोग हुनुपर्ने र कर्मचारीमा व्यवसायिक दक्षता र व्यवहारमा तटस्थ हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्र लोकतन्त्र सुदृढ हुने पक्षलाई निर्वाचनमा खटिएका कर्मचारीले ध्यान दिनुपर्ने बताउनुभयो ।

सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा ठोस सहमति बिनै सकियो इपिजी बैठक

काठमाडौं ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को काठमाडौंमा सम्पन्न बैठक कुनै ठोस सहमतीबिनै टुंगिएको छ ।

बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा पुनःलेखन के गर्ने भन्ने बारेमा मतैक्यता कायम गर्न सहमति जनाएको बताइएपनि भारतीय पक्षले यसबारेमा छलफल गर्ने भन्दै सहमती गर्न तयार नदेखिएको हो ।

बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्व पराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताए । तर पत्रकार सम्मेलनमा भने भारतीय पक्षका कोही उपस्थित नभई हिँडेका थिए ।

बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गर्नुभयो ।

समूहको चौथो बैठक आगामी मे २९ देखि ३१ सम्म देहरादुनमा आयोजना गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताउनुभयो ।

नेपालले १९५० को सन्धिका साथै व्यापार घाटा, सीमा समस्या र जलस्रोतबारे आफ्नो धारणा राखेको थियो । भारतीय पक्षले समान्य प्रतिक्रिया दिएपनि थप अध्ययन गर्ने बताएपछि बैठक सकिएको छ ।

बैठकमा नेपाली पक्षले १९५० को सन्धिका असमान चार धारा खारेज गर्न आवश्यक रहेको बताएको थियो । जलस्रोत सम्वन्धी सन्धिको समीक्षासहित नेपाली धारणा र व्यापार तथा पारवहन सम्झौता र व्यापार घाटाबबारे नेपालको चासो समेत प्रस्तुत गरिएको थियो ।

EPG agreed to rewriting and review of the Nepal-India Treaty 1950

The Eminent Persons Group (EPG) on Nepal-India relations has agreed to make a common voice on amendment, rewriting and review of the Nepal-India Treaty on Peace and Friendship-1950.

At a press  conference after the meeting of the EPG today, Coordinator of Nepali group and former minister for Foreign Affairs Bheikh Bahadur Thapa said that intensive discussions have been  held in all articles of the Treaty as well as all the aspects of the bilateral issues.

Thapa said, the Indian side has listened to Nepal's  presentations attentively.

He also expressed his confidence to arrive to a conclusion in the given timeframe of two years adding that the meeting is proceeding in a positive nod.

As per the agreement, the fourth meeting of the EPG will be held on 29-31 May in Dehradun, India.

Patient hangs self in hospital

A woman who was receiving treatment at Kathmandu-based National Trauma Centre has committed suicide by hanging herself from the hospital window on the fifth floor today morning.

The deceased has been identified as Jaya Kala Gharti from Baglung. The reason of the suicide is yet to be known.

Gharti was admitted to the hospital on March 19 following a referral from Pokhara-based Manipal Hospital.

Gharti took her life while the patient attendant was sleeping, said Deputy Superintendent of Police Santosh Acharya.

Nepal retains 170th position in FIFA ranking

Kathmandu, April 6: Nepal has retained its 170th position in the FIFA ranking published today.

Bhutan has climbed 13 slots to 164th spot. India topped the list among SAARC countries by jumping 31 slots to reach 101st position.

But Maldives slid down 13th steps to reach 151st place while Afghanistan has climbed three steps to claim 153rd spot.

Bangladesh, Sri Lanka and Pakistan are placed in 193rd, 197th and 201st position respectively.

Brazil topped the ranking followed by Argentina and Germany with second and third place respectively.

SC has delivered a show cause order to Ser Bahadur Deuwa

The Supreme Court (SC) has delivered a show cause order to Nepali Congress President Sher Bahadur Deuba on a case regarding the contempt of court.

A single bench of Justice Ishwar Prasad Khatiwada on Thursday has  directed the Nepali Congress party office to be present at the SC within 10 days on the case of the contempt of court filed against President Deuba.

Advocate Hari Prasad Mainali had lodged a case on contempt of court against Nepali Congress and its President Deuba on April 2.

The central committee meeting of the Nepali Congress recently had termed the SC's verdict on appointment of Inspector General of Nepal Police the interference to the right of Executive and was against the principle of separation of powers.

“स्थानिय चुनावमा तपाई हाम्रो मत परिवर्तनको लागि, समुन्नत र समृद्ध नेपालको लागि”

स्थानीय निर्वाचनको घोषणा भए लगत्तै जिल्ला जिल्लामा नेतृत्व कसले लिने र कस्तो राजनीतिक समीकरणबाट स्थानीय तहमा आफ्नो राजनीतिक पकड कायम गर्न सकिन्छ भनेर आन्तरिक गृहकार्य शुरु भैसकेको छ । लामो समयको अन्तरालपछि हुँदै गरेको यो स्थानीय निकायको निर्वाचन र संविधान निर्माणपछिको पहिलो महत्वपूर्ण निर्वाचन समेत भएकोले यस निर्वाचनलाई अत्यन्त महत्वका साथ हेरिएको छ । देश लामो समयसम्म द्धन्द र अस्थीर राजनीतिबाट गुज्रिरहेको बेलामा देशलाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको बाटोमा डोर्याउनको लागि भूमिका निर्वाह गर्नु आम सचेत नागरिकको कर्तव्य हो र यसै सन्दर्भमा केही महत्वपूर्ण सन्दर्भहरुलाई यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

(१) ऐतिहासिक अवसरलाई जनहीतमा उपयोग गरौं ।

देशका प्रमुख राजनीतिकक दलहरु पछिल्लो समयमा भागवण्डाको राजनीति र सत्ता केन्द्रित राजनीतिलाई प्रश्रय दिँदै जानु आम नेपाली जनताको लागि दुर्भाग्यको विषय भएको छ । पछिल्लो समयमा ग्रामीण भेगका यूवाहरु रोजगारीका लागि विदेशिनुपर्ने वा शहर पस्नुपर्ने वाध्यता र देशभित्रका शहरहरुमा व्यापक रुपमा चाप बढ्न गई गाउँ र शहरको बीचमा नै व्यापक रुपमा विकासको असन्तुलन बढ्दै गईरहेको सन्दर्भमा स्थानीय स्तरमा नै व्यापक अधिकार संविधानमा नै सुनिश्चित गरी र ७५ जिल्लाबाट ७४४ अधिकारसहितका स्थानीय निकाय गठन भईसकेपछिको निर्वाचनलाई आम नेपाली जनताको हीत र समृद्धिमा उपयोग गर्नको लागि इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउनको लागि हामी सबैले प्रतिवद्धता जाहेर गरौं ।

(२) आफ्नो अमूल्य मत नबेचांै, देशको लागि मत प्रकट गरौं ।

विश्वले विकास निर्माण र आर्थिक रुपमा व्यापक छलाङ मारिसकेको छ । हामी भने राजनीतिको नाममा देश चरम भ्रष्टाचार, वेथिति र राजनीतिक अस्थिरतालाई बढावा दिईरहेका छौं । चुनावको बेलामा कहिले एक वोतल रक्सी त कहिले एक प्लेट मासुको भरमा आफ्नो मतलाई बेचिरहेका छौं । चुनावको बेलामा हुने भोजभतेरहरु र व्यापक रुपमा जाँडरक्सीको विक्री हुने कुराले यसलाई पुष्टी गर्दछ । के हाम्रो मूल्य एक वोतल रक्सी र एक प्लेट मासु  हो त ? एक चोटि आँफैप्रति ईमान्दार भएर सोच्यौं भने अवश्य पनि आफ्नो मतलाई इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउन उपयोग गर्नेछौं र यसमा प्रतिवद्धता जाहेर गरौं ।

(३) मतदान गर्दा विदेशिएका यूवाहरुको पीडालाई स्मरण गरौं

नेपालको एउटा पूरानो लोकगीतलाई यहाँनेर स्मरण गरौं । “छोरो रुँदै रेलीमार्ई गोरपुर रेलैमा, आमा रुँदै रेलीमाई गाउँवेसी मेलैमा”, यो गीतले तत्कालीन नेपाली समाजको यथार्थ चित्रण गर्दछ । आज लाखौं यूवाहरु विदेशिईरहँदा र देश यिनै यूवाहरुको रगत र पसिनाले आर्जेको रेमिटेन्सबाट चल्दैगर्दा देशको राज्यसंयन्त्र र राजनीतिक दलहरुबाट वचेखुचेका यूवा, वृद्धा र सोझासाझा जनता र उनै विदेशिएका यूवाहरु देशभित्र स्थापित हुनै नसक्ने गरी देशमा अस्थिरता कायम गर्न उद्धत छन् । विदेशिएका यूवाको रेमिटेन्स चल्ने र उनै यूवाहरुको भोट नचल्ने नयाँ विभेद देशमा स्थापित  भएको छ । त्यसैले देश तथा विदेशमा रहेका आम नेपाली जनताहरुहरुको ढुकढुकीलाई सम्मान गर्नको लागि पनि आफ्नो मतलाई इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउन उपयोग गरौं र यसमा प्रतिवद्धता जाहेर गरौं ।

(४) परिवर्तनको लागि, राजनीतिको खोलभन्दा माथि उठौं

राजनीतिलाई जनताहरुलाई फरक फरक कित्तामा उभ्याउने र कुनै एउटा तप्काको बहुमत हाँसिल गरी सत्ता हत्याउन जनतालाई जात र धर्मको समेत खेती गर्ने देशमा लुटको धन्दालाई संस्थागत गर्न नेपालमा प्रयोग गरिएको छ । नातावाद, कृपावाद, चापालुसी, गुण्डागर्दीलाई संरक्षण गर्ने, देशका साधन स्रोतहरुलाई कब्जा गर्ने, माफियाको चंगुलमा पुर्याउने वा देशको हीत विपरित काम गरिरहेका विदेशी एजेण्टको प्रतिनिधि बनेर जनताको अभिमतलाई अधिकांश राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् । हाम्रै जीवनकालमा नेपाली समाजलाई समृद्ध र समुन्नत मुलुक बनाउने हो भने लगत्तै हुन लागेको स्थानीय निकायको निर्वाचनमा आँफूलाई यथास्थितिवादी र गलत राजनीतिक संस्कारबाट अलग गर्दै नितान्त राजनीतिको खोल भन्दा पनि विकास निर्माण र आर्थिक समृद्धिको गारेटोलाई आत्मसात गरी आफ्नो मतलाई इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउन उपयोग गरौं र यसमा प्रतिवद्धता जाहेर गरौं ।

(५) राजनीतिक दललाई जिताउने होकि नेपाली जनतालाई रोजाई हाम्रै हो

पछिल्लो समयमा स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण सामाजिक सुरक्षाका क्षेत्रहरुलाई व्यापारीकरण गरिएको छ । उद्योगधन्दाहरु कि त बन्द गरिएका छन् वा तथाकथित राजनीतिक दलहरुको नाममा उद्योगधन्दाहरुलाई सजिला चन्दादाताको रुपमा उपयोग गरिएको छ । जनताका अगाडि सस्तो लोकप्रियताको लागि ठूला ठूला कुरा गर्ने र भित्र भित्रै माफिया र विदेशी एजेण्टहरुका रुपमा राजनीतिक दलहरुले काम गर्ने परिस्थिति अन्त गराई देशमा समृद्धि सहितको सामाजिक न्याय स्थापित गराउनको लागि समेत तपाई हाम्रो मतलाई इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउन उपयोग गरौं र यसमा प्रतिवद्धता जाहेर गरौं ।

आशा गरौं आगामी वैशाख ३१ गते हुँदै गरेको स्थानीय निकायको निर्वाचनले देशमा विकासका नयाँ ढोकाहरुलाई खोल्नेछ र स्थानीय स्तरमा नै विकास सहितका अधिकतम अधिकारहरु उपयोग गर्ने अवसर आम नेपालीहरुलाई मिल्नेछ । त्यसैले आफ्नो मतलाई इमान्दार, सक्षम, विकासप्रेमी र जनप्रेमी उम्मेदवारहरुलाई विजयी गराउन उपयोग गरौं र यसमा प्रतिवद्धता जाहेर गरौं ।

खिमानन्द कँडेल

काँठेखोला गाउँपालिका, वार्ड नं ५, बागलुङ

जय जुलुस ! : खिमानन्द कँडेल

पशुपतिनाथका बादर बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं ।

पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ ।

ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अभिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

बाँदर आतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरुमा असुरक्षा बढेको तथा सहज रुपमा पूजाआजा गर्न बञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख छ ।

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

बैशाखबाट देशभर लोडसेडिङ नहुने

काठमाडौं ।

दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ ।

बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।

प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे ।

मंगलबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घन्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।

हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घन्टा विद्युत्त कटौती हुँदै आएको छ । राजधानी दैनिकमा खबर छ

मोर्चा चुनावमा जाननी डराउने संसदमा प्रतिस्पर्धा गर्ननी नसक्ने, सरकारको नयाँ प्रस्ताव

काठमाडौं ।

स्थानिय चुनावमा जनताको मत जित्न तयार नभएको तराई केन्द्रित दलहरुको मोर्चा संसदमा मतदानबाट उनिहरुका विवादास्पद मागमा मतदानमा जान पनि डराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरुसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेका पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन् ।

उनले पाँचबँुदे प्रस्ताव संसद्मा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन् ।

यता, मोर्चाका नेताले पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसद्मा लैजानुको कुनै अर्थ नभएको बताएका छन् ।

प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँचबुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका एक नेताले बताए । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।

जापानमा एक नेपाली बेपत्ता ! (फोटो फिचर)

ज्याक खड्का-टोकियो ।

नेपाल बागलुंग घर भएका नेपाली पुरुष  जापानमा बेपत्ता भएका छन् ।

बागलुंग गल्कोट वडा नम्वर ३ धुस्तुगं घर भएका धन बहादुर साहानी बलदिप नामले चिनिएका ३६ बर्षिय पुरुष जापानको हिगानी मात्सुयामा तोनोयामा चो साइतामाबाट बेपत्ता भएका हुन् ।

मार्च २२ तारिख बुधवारको दिन उनि मध्यान्हसम्म साथिहरुसँग सम्पर्कमा रहेको तथा आफ्नो बुवासँग समेत सम्पर्क गरेर मोबाइल विग्रिएको बताएको उनका आफन्तजनहरुले टपनेपालन्युजडटकमलाई जानकारी दिएका छन् ।

त्यसपछि दुईदिनसम्म कुनै सम्पर्क हुन नसकेपछि सोधखोज गर्दा २५ तारिखका दिनमा आफन्तजनहरुबिच कुरा भएर २६ तारिखमा कोठामा जाँदा कोठा खुल्ला रहेको अवस्थामा भेटिएको पाइएको थियो ।

त्यसपछि सोधखोज गर्दा फेला नपरि प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले एकहप्तापछि आफुहरुले पक्राउ नगरेको जानकारी दिएपछि सबैतिर सोधखोजका लागि अनुरोध गरिएको आफन्तजनले बताएका छन् ।

शरणार्थीको रुपमा जापानमा बस्दै आएका साहानी सन् २००९ मा कुक भिषामा जापान आएका थिए । तर तीन बर्षयता भने शरणार्थीका रुपमा बस्दै आएको बुझिएको छ ।

शरणार्थी भएकै कारण यसअघि समेत जापान प्रहरीले दुई पटक पक्रिएर त्यसै छाडेको बेपत्ता भएका धन बहादुर शाहानीले बताएको उनका आफन्तहरुले बताएका कारण प्रहरीकोमा उजुरी दिएर पत्ता लाग्ने ठानि सोधखोज गरेपनि पत्ता लाग्न नसकेको बुझिएको छ ।

प्रहरीमा उजुरी दिएकोमा नेपाली र जापानी वकिलले जापान प्रहरीमा बुझ्दा आफुहरुले पक्राउ नगरेको जवाफ दिएको आफन्जनले बताएका छन् ।

बेपत्ता भएका धन बहादुर साहानीको कोठामा पर्स नभेटिएको तर मोबाइल र पासपोर्ट भने कोठामा भेटिएको छ ।

मोबाईल सिरानीमा भेटिएको तथा पासपोर्ट सुटकेसमा भेटिएको तथा बियर एक बोतल खाएको तथा एउटा आधा अवस्थामा पाइएको छ । कोठामा दुईवटा गिलांसमा खाएको देखिए अनुसार दुईजना सँगै थिए भन्ने देखिन्छ । तर अर्को को थियो थाहा हुन सकेको छैन ।

नेपालमा एक श्रीमती दुई छोरा सहित सपरिवार रहेका साहानीबारेमा जानकारी भएको र मार्च २२ तारिख पछि देखेको वा भेटेको कोही भएमा सम्पर्क गरि सहयोग गरिदिनुहुन धनबहादुर साहानीका आफन्तजनले अनुरोध गरेका छन् ।

गैर आवासिय नेपाली संघ, तथा जापानका परिचित व्यक्तिहरुलाई यसबारेमा जानकारी गराउने प्रयास भइरहेको भन्दै बेपत्ता साहानीका आफन्तजनले सबैलाई उनको बारेमा जानकारी पाएमा ०८० ३६९४ १३५८ मा जानकारी गरेर सबैलाई यो सुचना पुर्याइदिन अनुरोध समेत गरेका छन् ।

संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्छ ः राष्ट्रकवि घिमिरे

काठमाडौं ।

राष्ट्रकवि माधप्रसाद घिमिरेले संस्कार र संस्कृतिको निरन्तर अध्ययन गरिनुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा डा। ऋषिराम रेग्मीद्वारा लेखिएको ‘वैद्धिक साहित्यको स्वरुप’ तथा ‘वेदका अध्यता प्राचीन र अर्वाचिन विद्धान’ नामक पुस्तकको लोकार्पण गर्दै राष्ट्रकवि माधव घिमिरेले संविधानमा धर्मलाई उपयुक्त स्थान नदिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक वेणी माधव ढकालले सानातिना स्वार्थमा नलागी राष्ट्र निर्माणका लागि जुट्नुपर्नेमा जोड दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web