काठमाडौं ।

दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ ।

बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।

प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे ।

मंगलबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घन्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।

हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घन्टा विद्युत्त कटौती हुँदै आएको छ । राजधानी दैनिकमा खबर छ

22.25¡ÆC