काठमाडौं ।

स्थानिय चुनावमा जनताको मत जित्न तयार नभएको तराई केन्द्रित दलहरुको मोर्चा संसदमा मतदानबाट उनिहरुका विवादास्पद मागमा मतदानमा जान पनि डराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरुसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेका पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन् ।

उनले पाँचबँुदे प्रस्ताव संसद्मा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन् ।

यता, मोर्चाका नेताले पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसद्मा लैजानुको कुनै अर्थ नभएको बताएका छन् ।

प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँचबुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका एक नेताले बताए । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।

27.12¡ÆC