भैरहवा ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल पुत्रको अवरोधका कारण रोकिएको भैरहवा बिमानस्थल निर्माणकाम पुन सुरु भएको छ ।

चिनियाँ ठेकेदार कम्पनीसँग विवाद गरि काम रोकेको निर्भिक खनालको नेपाल इन्फ्रा प्रालिले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माणबाट काम झिकेपछि काम पुन सुरु भएको हो ।

विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैँले काम सुरु गरेको आयोजनाका निर्देशक ओम शर्माले जानकारी दिए ।

पछि हट्यो विमानस्थल निर्माणमा भाँजो हाल्दै आएको खनाल पुत्रको कम्पनी

काठमाडौं ।

नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरू सम्मिलित प्रबुद्ध समूहको बैठक आज काठमाडौंमा सुरु भएको छ ।

बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने र पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने प्रबुद्ध समूहले जनाएको छ ।

बैठकमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले गरेका छन् ।

काठमाडौं ।

मधेसी जनअधिकार फोरम 'लोकतान्त्रिक' नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी 'लोकतान्त्रिक' र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।

घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताए ।

जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि एक भएको बताए ।

पार्टी एकीकरणपछि व्यवस्थापिका–संसद्मा १७ सदस्य भइ फोरम पाँचाँै ठूलो दल बनेको छ ।

चौधरीका अनुसार तीनै पार्टीमा अहिले रहेको नेताहरुको जिम्मेवारी नयाँ महाधिवेशन नभएसम्मका लागि यथावत् राखिएको छ ।

काठमाडौं ।

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ ।

बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्को नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ ।

बिराटनगर ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मोरङ जिल्लाका सीमावर्ती क्षेत्रमा सुुरक्षा व्यवस्था कडा पारिएको छ ।

खुुल्ला सीमानावाट अवाञ्छित गतिविधि हुन नदिन नेपाल प्रहरी तथा सशत्र प्रहरी परिचालन गरी सुुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सीमावर्ती नाकाहरुमा आवतजावत गर्नेहरुमा चेकजाँच गर्नुुका साथै निगरानी बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

काठमाडौं ।

सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा. बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने बताउनुभएको छ ।

नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले नेपालको चारदिने भ्रमण पूरा गरी भुटान प्रस्थान गर्नुुअघि सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उहाँले नेपालमा निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

नुवाकोट ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना अनुरुपको स्थानीय तह कार्यान्वयन अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको बताएका छन् ।

नुवाकोट जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँगको अन्तरक्रियामा उहाँले सात दशकदेखि सञ्चालन हुँदै आएको स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरी राज्यबाट प्रवाह गर्ने अधिकांश अधिकारसहितको कार्य क्षेत्रको रूपमा कार्यान्वनयमा आएको राज्यको पुनःसरचना असामान्य र आमूलपरिवर्तन भएको बताए ।

उदयपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नदी कटान नियन्त्रणका लागि विशेष योजना सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

त्रियुगा नदी शप्तकोशीमा मिसिएको सुनसरीको चतरादेखि उदयपुरको त्रियुगा नगरपालिका सम्मको नदी कटान क्षेत्र अवलोकनपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नदी कटानलाई रोक्न विशेष योजनासहितको कार्यक्रम सञ्चालनमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

आजै राष्ट्रपति भण्डारीले पूर्वी नेपालमा रहेको धार्मिक तथा पर्यटकीय सम्भावना र अन्न भण्डारको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

सुनसरीको धार्मिक स्थल चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कञ्चनजंघा जस्तो हिमश्रृंखला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारले पूर्वी नेपाल प्राकृतिक सम्पदाले सम्पन्न भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कोसी नदी आसपास नदीजन्य प्रकोपको पीडाबाट पिल्सिएकालाई मल्हमपट्टी लगाउनमात्र सकियो भने पनि उनीहरुमाथि न्याय हुने बताउनुभयो ।

Bijaya Kumar Gachchhadar-led Madhesi Janaadhikar Forum (Democratic) has emerged as the fifth largest party in the parliament with the integration of two other parties.

The MJF-D gained strength when two parties Rastriya Janamukti Party (Loktantrik) and Dalit Janajati Party merged with it today.

At the party merger programme organized in the capital, MJF-D Chairperson Bijay Kumar Gachchahdar, Janamukti Chair Shiva Lal Thapa and Dalit Janajati Chairperson Yasoda Kumari Lama jointly announced the merger of three parties.

With the merger, the party's named has been changed to 'Nepal Loktantrik Forum', shared MJF-D Vice-Chairperson Ram Janam Chaudhary.

Speaking on the occasion, Gachchhadar said that the merger has elevated the strength and image of the party to fight for indigenous nationalities, Dalit and backward people in coming days.

Risk areas identification for the widening of Narayangadh-Muglin road is in progress.

Experts and engineers will be part of the work that includes testing and identifying the risk zone and adopting necessary awareness method, said Chief District Officer, Chitwan, Narayan Bhatta, also coordinator of the District Natural Disaster Management Committee.

The action follows an incident wherein two people were killed and two others injured in a dry landslide at Ghumaune, Kabilash along the road two days ago. Five vehicles were also buried in the incident.

The meeting of Eminent Persons Group on Nepal-India relations has started here today.

The meeting is participated by experts of Nepal and India and it will dwell on a wide-range discussion on Nepal-India treaty of peace and friendship.

Likewise, the meeting will also discuss mutual relations between the two countries, he added.

On behalf of Nepal, former Minister of Foreign Affairs Bhekh Bahadur Thapa has led the delegation to the meeting while the Indian delegation is led by leader of Bharatiya Janata Party Bhagat Singh Koshyari on behalf of India.

Vice President of the Bundestag, the parliament of the Federal Republic of Germany, Claudia Roth, is scheduled to pay a four-day visit to Nepal on April 9.

Roth is leading a three-member parliamentary delegation, said German embassy in Kathmandu.

During the visit, the delegation is also slated to pay separate courtesy calls on President Bidya Devi Bhandari, Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and Speaker Onsari Gharti, said the embassy.