Dr. Barbara Hendricks, German Minister for Environment, Nature Conservation, Building and Nuclear Safety, has underlined the need of all the Nepalis to take part in the local level elections.

Talking to media persons, this morning, before leaving for Bhutan on completion of her four-day visit, Minister Hendricks expressed hope that Nepal’s local election would help deepen democracy at the grassroots.

Minister Dr. Hendricks said that the objective of her visit was to further strengthen long-standing bilateral friendship and cooperation between Nepal and Germany, and to get first-hand information on the progress made in environment and forest related development projects supported by the government of Germany in Nepal. She termed the visit a successful one.

She further said Germany is eager to support a Himalayan Regional Conference on Soil Conservation in Kathmandu this year, on which further works have to be done.

दुइ चरणमा भएपनि चुनाव गर्ने छलफल चलिरहेको छ ः मन्त्री बुढाथोकी

सोलुखुम्बु ।

सामान्य प्रशासन मन्त्री केशब कुमार बुढाथोकीले मधेशी मोर्चालाई सहमतिमा ल्याउन सरकार हदैसम्मको लचक भइरहेको बताएका छन् ।

बैशाख ३१ गतेको चुनाबलाई सफल पार्न पनि मोर्चालाई सहमतिमा ल्याउन सरकारले कसरत गरिरहेको उनको भनाई छ ।

आज सोलुखुम्बुमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बुढाथोकीले मोर्चामा रहेका दलहरु समेत चुनाबी बाताबरण तयार पार्न केन्द्रीत भएको दाबी गर्दै मोर्चा सहमतिमा आउने बिश्वास ब्यक्त गरे ।

मन्त्री बुढाथोकीले स्थानिय तहको निर्बाचन हुन नदिन बिभिन्न शक्तिकेन्द्रहरु लागि रहेको बताएपनि यसबारे केही नखुलाउँदै भने सरकारले सबै चुनौतीहरु सामाना गरेर कुनैपनि हालतमा चुनाब सम्पन्न गर्ने बताए ।

देशैभर एकैसाथ चुनाब सम्पन्न गर्ने बाताबरण नबने दुइ चरणमा पनि गर्नेबारे छलफल भइरहेको मन्त्री बुढाथोकीको भनाइ छ ।

नेपालको आर्थिक समृद्धिमा जापानी प्रविधि र लगानी उचित

काठमाडौं ।

नेपाललाई आर्थिक समृद्धिका लागी जापानी प्रविधि तथा लगानीको आवश्यकता रहेको सम्वन्धित व्यवसायीहरुले बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित जापानी व्यवसायी प्रतिनिधिमण्डल तथा उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाली व्यवसायीहरुवीचको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

सो अवसरमा जापानी प्रतिनिधिमण्डलका प्रमुख कोमोरी टाडानागाले जापानसँग भएको प्रविधिको प्रयोग गरेर नेपालका स्रोतको उपयोग गरी उद्योगको विकास गर्न सकिने बताए । साथै नेपाली व्यवसायीलाई नेपाल भ्रमणमा आउने पर्यटकलाई यहाँको उत्पादनको ‘मार्क’ राखि विक्री गर्न सुझाव दिए ।

‘नेपालको उत्पादनको मार्क बनाएर त्यसको गुणस्तरको ज्ञारेन्टी दिन सकियो भने उद्योगको विकास का साथै अन्तरराष्ट्रिय बजारमा प्रवद्धन हुन्छ ’ उनले भने ।

प्रतिनिधिमण्डलका एक व्यवसायीले जापानमा व्यवसाय गरिरहेका नेपालीको मेहनतको प्रशंशा गरे । ‘जापानमा व्यवसाय गर्न सजिलो छैन’ उनले भने, ‘त्यहाँ मेहनत गरेर व्यवसाय गरिरहेका छन् ।’

नेपालमा भ्रमणमा आउने पर्यटकलाई नेपाली उत्पादन कसरी बेच्नेलगायतका सम्भावना बारे छलफल गरिने छ । कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासासी ओगावले नेपालको प्राकृतिक स्रोतको उपयोग गरेर नेपालको उद्योगलाई प्रतिशपर्धी बनाउन सकिने बताए ।

सो अवसरमा उद्योग मन्त्री नविन्द्रराज जोशीले जापानी प्रतिनिधिमण्डलको भ्रमणले नेपालमा लगानीको वातावरण तयार गर्न मद्धत गर्ने बताए । साथै सवैको ध्यान आर्थिक विकासमा गएको बेलामा जापानीहरुको भ्रमणले विशेष महत्व राख्ने धारणा राखे ।

मन्त्री जोशीले नयाँ प्रविधि ‘एडप्ट’ गर्ने र त्यसमा नविनपन दिने जापानीहरुको चाहना तथा प्रवृत्तिको प्रशंसा गरे । त्यस्तै उत्पदान देखि मार्केटिङसम्म ‘पर्फेक्सन’ ले ध्यानाकर्षण गर्ने बताए । ‘पारस्पारिक लाभका लागी यहाँ लगानी गर्नुहोस’ उनले भने ‘ हामी त्यहाँ गर्न तयार छौं ।’

नेपालमा उद्योग व्यवसाय गन अन्य राष्ट्रको तुलनामा सहज भएको जानकारी दिए । साथै कम्पनी दर्ता र खारेजको प्रक्रिया समेत सहज बनाएको बताए । त्यस्तै विदेशी लगानीकर्ताले डर त्रास विना यहाँ लगानी गर्न सक्ने दावी उनले गरे ।

‘लगानीकर्ता विशेष गरी आफ्नो लगानीको सुरक्षा चाहन्छन्’ उनले भने, त्यसका लागि हामी तयार छौं ।’

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुको १ बर्ष अघि गएको डेलिगेसनले दुई देशवीच् राम्रो सम्वन्ध स्थापना गरेकोमा खुसी व्यक्त गरे । साथै यो ‘डेलिगेशन’ ले नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने बताए ।

कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका संयोजक अर्जुन अधिकारीले नेपाल र जापानका व्यवसायीहरुको सम्वन्ध र व्यवसायको सम्भाव्यताबारे छलफल गर्ने उद्देश्यसहित प्रतिनिधि मण्डल ल्याएको जानकारी दिए । साथै नेपाल जापानको लागानीका लागि माध्यम बन्ने कोशिस गरिरहेको बताए ।

प्रतिनिधिमण्डलमा २० जना व्यवसायीहरु छन् । जसमा आइसक्रिम,मिठाई, सोलार प्यानल,रियल स्टेटलगायतसँग सम्वन्धित उद्योग व्यवसायी आएका छन् । उनीहरुले पोखरा र चितवनका उद्योगहरुको अध्ययन गर्ने छन् ।

बादी बस्तीको आँगनमा अझै सम्म पुगेन् स्थानिय चुनाव

पप्पु गुरुङ्, २३ चैत्र, महाकाली नगरपालिका । महाकाली नगरपालिकाको नदी किनारमा बर्सौं देखि बादी समुदायको बसोवास छ । उनिहरु बिगत लामो समय देखि महाकाली नदी किनारमै एक सामदायिक बनको बिच भागमा झुपडी बनाएर बसेका छन् । उनिहरुलाई स्थानिय निर्वाचनको बारेमा केही जानकारीनै छैन् । महाकाली नगरपालिकाको बिभिन्न वडा तथा टोलमा स्थानिय निर्वाचनको रौनक छाएको बेला बादी बस्तीमा कहिले निर्वाचन हुने हो भन्ने समेत थाहै छैन् । उनिहरुको दैलोमा अझै सम्म कुनै नेता पनि स्थानिय निर्वाचनमा रिझाउन पुगेका छैनन् । देशमा राजतन्त्र, प्रजातन्त्र हुदै लोकतन्त्र, गणतन्त्र आए पनि उनिहरुको जिवन शैलीमा कुनै परिवर्तन आएको छैन । उहि परम्परागत सोच उहि शैली । अझै सम्म त्यही परम्परागतरुपमा बाल्दै आएको टुकीको सहाराबाट रात बिताउदै आएका छन् । घर नजिकै झलमल्ल बिद्युतको उज्यालो देख्दा आफुहरुलाई रहर लाग्ने गरेको भक्त बहादुर बादीले बताए । “हाम्रो पनि मन छ् । तर मन भएर मात्रै हुदैन् रहेछ्” भक्त बहादुर बादीले नमिठो स्वरमा भने । स्थानिय निर्वाचन प्रति उनिहरु पुर्ण अनबिज्ञ छन् । “जुन जोगी आए पनि कानै चिरेको” उनिहरु बताउछन् । बिगतका निर्वाचनमा पनि केही नेताहरु आएर ठुलै आश्वास बाढेर गएपनि अझै सम्म फर्केर नआएको उनिहरु बताउछन् । १० घरपरिवार बस्दै आएका बादी बस्तीमा आज भोली आएर २ घरपरिवारकोृ मात्रै झुपडी रहेका छ् । उनिहरुको पेशाको अभावमा ज्याला मजुरी गर्न भारत तिर पलाएन हुन बाध्य भएको शारदा बादी बताउछन् । सरकारले आफुहरुलाई उचित ब्यवस्था नगरेको कारण आफुहरु पलाएन हुन बाध्य भएको शारदा बादीको भनाई रहेको छ् । महाकाली नगरपालिका कार्यालयमा आएको लाखौ रुपियाँ दलितहरुका लागी बजेट तथा कार्यक्रमले उनिहरुलाई रक्तीभरी छुुन सकेको छैन् । “दलितहरुको लागी बजेट हुन्छ भन्छन् हामीलाई कहाँ पाउछ उक्त बजेट थाहै छैन्” शारदा बादीले भनिन् । दुई छाक टार्न बादी समुदायका परिवारलाई अहिले धौं धौं छ् । यस पटकको स्थानिय निर्वाचनले महाकाली नगरपालिका बिभिन्न टोल बस्तीमा रौनक छाएको छ् । तर बादी बस्तीको आंगन सम्म स्थानिय निर्वाचन पुग्न सकेको छैन् । स्थानियहरुको खेतवारवारी, चिया पसल चौतारामा स्थानिय चुनावी रमझम छ् । तर बादी बस्तीमा कुनै दलका कार्यकर्ता पनि स्थानिय निर्वाचन बारे रिझाउन समेत पुगेका छैनन् । “हामीलाई निर्वाचन आएपनि नआएपनि कुनै असर छैन” राज बहादुर बादी भन्छन् । सरकारले विभिन्न दलित समुदाय लाखौ रुपिया लगानी लगाएको सरकारी विवरण प्रस्तुत गरेपनि उनिहरुमा एक सुक्का पनि सरकारको रकम पुग्न सकेको अवस्था छैन् । स–साना झुप्रामा जिवन यापन गर्दै आएका महाकाली नगरपालिका बादी समुदायलाई बिहान र साँझ के खाने चिन्ता नै ज्युको त्युँ छ् । समुदायमा युवाको नाममा एक जना पनि छैनन् । रोजगारीका लागि युवा पुस्ता भारत तिर लागे पछि बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै छन् । उनीहरूको समस्या कसैले समाधान गर्ने तर्फ चाँसो देखाएका छैनन् । “चुनावका बेला सबैले भन्छन् । तपाईंहरुका समस्या हामी समाधान गर्छौं, भोट दिनुहोस् । तर जितेर गए पछि हामीलाई कसैले हेर्दैनन्” बिनोद बादीले भने, “हाम्रो पिडा कसले समाधान गर्ला ? देशमा गणतन्त्र आयो भन्छन् । तर हाम्रा दिन भने फेरिएनन् ।”

महाकालीमा स्थानिय निर्वाचनको तयारीमा जुट्दै दलहरु

पप्पु गुरुङ्, २३ चैत्र, महाकाली नगरपालिका । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा महाकाली नगरपालिकाकामा क्रियाशिल ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र राप्रपाले आन्तरिक भेला र छलफललाई तिब्रता दिएका छन् । आन्तरिक छलफलमा कस–कसलाई मेयर र उप–मेयर बनाउँदा परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेमा केन्द्रित हुदै गएको छ । स्थानीयका दलहरु नगर र वडा स्तरीय छलफलमा जुटेका छन् । ठूला दलको आन्तरिक छलफलमा अन्तरसंघर्षको परिणाम आफ्नो पक्षका नेतालाई टिकट दिलाउन खोज्दा विवाद उत्पन्न हुने सम्भावना त्यत्तीकै प्रबल भएको छ् । दलहरुको आन्तरिक रुपमा सृजित विवाद सतहमा आउन थालेका छन् । २०७४ बैशाख ३१ मा हुने निर्वाचनलाई मध्ये नजर राख्दै काँग्रेसले नगरपालिकामा सम्भाबित मेयर र उप–मेयरको नामावली २८ गते सम्म आकांक्षी उम्मेदवारको अन्तिम टुङ्गो लगाएर क्षेत्रमा पठाउने तथा नगरका अध्यक्ष तथा सदस्यहरुको बिबरण २५ गते क्षेत्रमा पठाउने र क्षेत्रले बैशाख ७ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने तयारी भएको मेयर पदका आकांक्षी उम्मेदवार तथा महाधिबेसन प्रतिनिधी बेल बहादुर रानाले बताएका छन् । यस्तै नेकपा एमालेले चैत्र ३० गते सम्म उम्मेदवारको लागी जिल्ला कमिटि, प्रदेश तथा केन्द्र सम्म बिबरण पठाउने भएको छ् । “बैशाखको पहिलो साता सम्म उम्मेदवारको टुङ्गो लाग्छ्” नेकपा एमाले जिल्ला कमिटि सदस्य राजिब खड्काले बताए । जिल्लामा पठाएको उम्मेदवारको नामावली टुङ्गो नलागेपछि प्रदेश हुदै केन्द्र सम्म पुगेर टुङ्गो लाग्ने सदस्य खड्काले बताए । “सम्भवत: सहमतीबाट जिल्लाबाट टुङ्गो लागाउने छौं” जिल्ला कमिटि सदस्य राजिब खड्काले भने । नेकपा माओबादी केन्द्रले वडा अध्यक्ष तथा सदस्य उम्मेदवारको नामावली चैत्र २७ गते सम्म निर्णय गरि पठाउने भएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार मान बहादुर सुनारले जानकारी दिएका छन् । “बैशाखको पहिलो साता भित्र उम्मेदवार फिक्स हुन्छ” नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार मान बहादुर सुनारले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाकाली नगरपालिकाबाट नगरको ३० गते बैठकमा निर्णय गरेर उम्मेदवारको नामावली सिफारिस गरि पठाउने सहमती भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नगर प्रबक्ता प्रेम क्षेत्रीले जानकारी दिएका छन् । काग्रेंस लगाएत एमालेमा वडा वडामा देखिएको असंख्य आकांक्षी उम्मेदवारलाई कसरी मिलाएर लैजाने बिषयमा तालमेल गर्न नेतृत्व पंक्तीलाई हम्मे भईरहेको बताईएको छ् । “एक वडामा एक वडा अध्यक्ष तथा सदस्यको लागी १५/१५ जना आकांक्षी उम्मेदवार देखिएका छन्” काग्रेंस श्रोतले भन्यो । उम्मेदवारी नपाएपछि असन्तुष्ट बनेका नेताहरु भित्र्याएर पार्टीलाई क्षति पुर्याउने रणनीतिमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र र राप्रपा लागेको छ । गुठगत राजनीतिमा माहिर ठूलो दल काँग्रेसले विगतमा देखिएका असन्तोष र धारको राजनीतिलाई अन्त्य गर्ने अवसरका रुपमा स्थानीय निकाय निर्वाचनलाई उपयोग गर्ने रणनीति अख्तियार गरेको छ । त्यसको ठिक विपरित बाहिर नदेखिने तर आन्तरिक कलहमा दीर्घ रोगी एमालेमा नगर उम्मेद्ववार बनाउने नेताको छनौट गर्दा लाईन संघर्ष चुलिदै जाने सम्भावना पनि त्यत्तीकै बढेर गएको छ् । बिगतको तुलनामा नेकपा माओबादीको अवस्था महाकालीमा निकै कमी आएको कारण संगठन बलियो बनाउन नेतृत्व पंक्तीलाई हम्मे हम्मे पर्दै आएको एक थरीको भनाई रहेको छ् । बिगतमा टुटफुट भएको राप्रपा एक जुट भएपछि केही राहतको श्वास फेर्दै केही फराकिलो भएको आकंलन गरिएको छ् । महाकाली नगरपालिका क्षेत्र नेपाली काग्रेंसको गढ मानिएको क्षेत्र भएपनि पछिल्लो चरणमा आएर नेकपा एमाले र राप्रपाको त्यत्तीकै राम्रो प्रभाव बन्दै गएको छ् । स्थानिय निर्वाचन भएको हुदा पार्टी भन्दा ब्यक्ती विशेषलाई भोट खसाल्ने सम्भावना बढेर गएको एक थरीको भनाई रहेको छ् । लामो समय पछी हुन लागेको स्थानिय तहको निर्वाचन घोषणा संगै महाकालीमा चुनावी ताप दिनहु बढ्दै गएको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुमा उमेम्दवार बन्ने आकांक्षीहरुको दौडधुपले तिब्रता आएको छ् । महाकालीमा कांग्रेस, माओबादी केन्द्र, एमालेमा नगरपालिकाको मेयर, उपमेयर, वडा अघ्यक्ष र सदस्यहरुको लागी ठुला तिन दल भित्र हानाथाप र तछाड मछाड सुरु भएको छ । निर्वाचन आचार संहिता कारण प्रचार प्रसार नगरे पनी सम्भावित मेयर, उपमेयरका दावेदारहरु आफ्ना कार्यकर्ताहरु संगको भेटघाट तथा छलफलमा सक्रिय हुन थालेका छन् । सार्वजनिक स्थल चोक, चिया पसलहरुमा कुन पार्टीमा कस्ले उम्मेदवार पाउला भन्ने चर्चा निक्कै छ । पार्टीको तर्फ बाट आधिकारिक उम्मेदवार घोषणा नभए पनी गाँउ, बजार र राजनितिक बृत्तमा संभाबित ब्यक्ति हरुको चर्चा चल्न चालेको छ् । महाकाली बजार यति खेर चुनावी माहोलले निक्कै तातेको छ् ।

विधेयक पास गराउन सांसदलाई विदेश घुमाउँदै सरकार

काठमाडौं,चैत २३ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौदा पारित गरेबापत सांसदहरू विदेश भ्रमणमा जान लागेका छन्। विधेयकमा आपत्ति जनाउँदै आएका सांसदहरू नै विदेश जान पाउने भएपछि मस्यौदा पारित हुने भएको छ। विश्वव्यापी मान्यताविपरीत निजी क्षेत्रलाई जस्तै सहकारीलाई लगानी गर्न दिने र पदाधिकारीलाई कार्यकारी अधिकारीसहित कर्मचारीको रूपमा काम गर्न दिनेलगायतका प्रस्ताव राखेर सांसदहरूले विधेयकमा अवरोध गर्दै आएका थिए। तर, मंगलबार छलफल टुंगो लगाएका सांसदहरू २५ चैतदेखि थाइल्यान्ड र दक्षिण कोरियाको भ्रमणमा निस्कन लागेका हुन्।

प्रस्तावित मस्यौदामा सांसदहरूको स्वार्थ -

सहकारी ऐन संशोधन गर्न सरकारले चार वर्षअघि नै मस्यौदा तयार पारेको थियो। तर, सहकारीमा आबद्ध सांसदहरूको असहयोगका कारण विधेयक प्रस्तुत हुन सकेको थिएन । यसपालि भने सरकारले संसद्मा पेस गर्यो, तर सांसदको यस्तो चासो थियो कि विधेयकमा ६९४ संशोधन प्रस्ताव पर्यो। नेपाली संसद्को इतिहासमा अहिलेसम्म यति धेरै संशोधन कुनै पनि विधेयकमा परेका थिएनन्। -विधेयक अर्थ समितिमा पुगेपछि सांसदहरूले आफ्नो स्वार्थअनुकूल परिमार्जन गर्न निकै ठूलो कसरत गरे। खासगरी पदाधिकारीहरू कर्मचारीका रूपमा बस्न नपाउने मान्यता भए पनि सांसदहरूले सहकारीको अध्यक्षलाई प्रशासनिक जिम्मेवारीसहितको कार्यकारी अधिकार दिनुपर्ने अडान लिएका थिए। त्यस्तै, सहकारीले समुदायमा आधारित सेवा दिनुपर्ने विश्वव्यापी मान्यताअनुसार सरकारी मस्यौदा बने पनि सांसदहरूले सहकारीले निजी क्षेत्रले जस्तै कारोबार गर्न पाउने व्यवस्था थप्न माग गरेका थिए। तर, सांसदहरूले सहकारीको कार्यक्षेत्र निजी क्षेत्रको जस्तै बढाउने र घरजग्गा कारोबारमा समेत लगानी गर्न पाउने व्यवस्था थप्न खोजेका थिए। सहकारीमा आर्थिक कसुर गर्नेलाई दण्डजरिवाना कम हुनुपर्ने र सदस्यता दिन कडा व्यवस्था गर्न नहुनेलगायतका प्रस्ताव उनीहरूका थिए। -सांसदहरूको असहयोग भए पनि सहकारी मान्यताविपरीत सम्झौता नगर्ने भन्दै पूर्वसहकारीमन्त्री चित्रबहादुर केसी र वर्तमान सहकारी मन्त्री हृदयराम थानीले अडान लिइरहेका थिए। यो विषयलाई पार लगाउन एमाले सांसद भरतमोहन अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। सरकारको चार महिने लामो प्रयासपछि मस्यौदा पारित गर्ने समझदारी पनि भएको थियो। तर, अचानक आइतबार उपसमितिका संयोजक अधिकारीले मस्यौदामाथि फेरि दफावार छलफल सुरु गराएका थिए। उपसमितिको कदमले मन्त्री थानी झस्किएका थिए। उनले कुनै हालतमा सम्झौता नगर्ने अडान दोहोर्याएका थिए। तर, मंगलबार समाचार प्राप्त भएको छ– उपसमितिका सांसदहरू सरकारी लगानीमा थाइल्यान्ड र कोरियाको भ्रमणमा जाँदै छन्। बिहीबारसम्म विधेयक पारित गराउने र शुक्रबारदेखि भ्रमणमा जाने सांसदहरूको तयारी छ । एक साता लामो भ्रमणका लागि गरिबी निवारण तथा सहकारी मन्त्रालयले चेक बनाइसकेको छ।

यी हुन् विधेयक अड्काएर विदेश जान पाउने सांसद -

विदेश भ्रमणमा जाने तयारीमा रहेका सांसदमा एमालेबाट गरिमा शाह, केदारप्रसाद सञ्जेल, कांग्रेसबाट कमला पन्त, जगदीश्वरनरसिंह केसी, उदयशमशेर राणा, माओवादी केन्द्रका हरिलाल ज्ञवाली, सांसदहरू डा. सुबोध पोखरेल र गोपाल दहित छन्। -सहकारी ऐन संशोधन गर्न चार वर्षअघि तयार भएको मस्यौदा चार महिना लगाएर पारित गर्ने समझदारी भएको थियो। तर, सांसदहरूले आइतबारदेखि फेरि दफावार छलफल सुरु गरेर सरकारलाई तर्साएका थिए । उनीहरूको नाममा सहकारी मन्त्रालयले चेक बनाइसकेको छ। आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

चुनावमा कसरी बग्छ त पैसाको खोलो ?

काठमाडौं,चैत २३ । आउँदो वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुँदैछ। देशभर २ सय ४६ नगरपालिका, ४ सय ८१ गाउँपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका हुनेछन्। जम्मा ७ सय ४४ स्थानीय तहमा ६ हजार ६ सय ८० वडा रहनेछन्। यसरी गाउँ, नगर, उपमहानगर र महानगरमा कुल ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि हुने व्यवस्था छ।

निर्वाचन आयोगले महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई साढे ७ लाख रुपियाँ, महानगरपालिका वडाध्यक्ष र सदस्यलाई ३ लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई साढे ५ लाख, उपमहानगरपालिका वडाध्यक्ष र सदस्यलाई साढे २ लाख, नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई साढे ४ लाख, नगरपालिका वडाध्यक्ष र सदस्यलाई २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई साढे ३ लाख रुपियाँ, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका उम्मेदवारलाई साढे २ लाख रुपियाँ, जिल्ला समन्वय समिति सदस्यलाई साढे १ लाख रुपियाँ र गाउँपालिका वडाध्यक्ष र सदस्य साढे १ लाख रुपियाँको खर्च सीमा तोकेको छ। विभिन्न दललाई चुनाव लड्न लाग्ने रकमको सीमा निर्धारण गरे पनि व्यवहारमा त्यो लागु नहुने देखिन्छ। सम्भावित उम्मेदवारहरूले चुनावमा पैसाको होडबाजी गरेको देखिन्छ। तर कहाँबाट कति रकम खर्चेर चुनाव लड्ने हुन त्यसको बारेमा भने मौन देखिन्छन्।

आचारसंहिताअनुसार दल चल्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। उनले दलहरूले आचारसंहिता पालनामा संयम हुनुपर्नेमा जोड दिए। आयोगले तोकेको खर्च सीमामै रहेर खर्च गर्दा पनि सबै स्थानीय तह र निकायमा उमेदवारी दिने दललाई ३ करोडभन्दा बढी रकम जोहो गर्नुपर्ने देखिन्छ। निर्वाचन आयोगमा दलले बुझाएको आयव्यय विवरण हेर्दा सधैं सत्ताको वरिपरि हुने ठूला दललाई पनि देशभर चुनाव लड्न आयोगले तोकेको रकम नपुग्ने देखिन्छ। नेपाली कांग्रेसले २ करोड ९० लाख रुपियाँ ऋण रहेको देखाएको छ।

माओवादी केन्द्रले २६ लाख १२ हजार रुपियाँ ऋण रहेको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएको छ। प्रमुख प्रतिपक्षी दल एमालेसँग भने निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनअनुसार करिब अढाइ करोड रुपियाँ रहेको देखिएको छ। यसरी हेर्दा राजनीतिक दललाई चुनाव लड्ने रकमको जोहो गर्न विभिन्न बाटाहरू प्रयोग गर्नुपरेको देखिएको छ। भनाइमा कार्यकर्ताको लेबी र चन्दामा सीमित रकम बताए पनि निर्वाचनमा कार्यक्रममा निकै खर्च गरेको देखिन्छ। प्रचार/प्रसारका लागि यातायात र प्रचारप्रसारसँगै खानपिनलगायतका खर्चमा पैसाको खोलै बगाउने गरेको पाइन्छ। थोरै रकम चुनाव खर्च देखाएर करोडौंको खोलो बगाउँदासमेत उम्मेदवारको घरखेत र बैंक बचत डगमगाएको पनि देखिँदैन। ऋणमा चलेको आयव्यय देखाउने दलले पनि चुनावमा मनपरी खर्चेको देखिएको छ।

निर्वाचन आयोगमा आयव्यय बुझाउने अधिकांश दलले ऋणमा चलेको प्रतिवेदन बुझाएका छन्। चुनावका बेला राजनीतिक दलहरूले प्राप्त गर्ने आम्दानी र खर्चको स्रोतको पारदर्शिताको प्रश्न वर्षौंदेखि उठ्दै आएको छ। त्यसमा पनि दलहरूले कुन स्रोतबाट के कति चन्दा पाउँछन् भन्ने सधैं रहस्यको विषय हुने गरेको छ। दलहरूले आफ्नै सदस्यहरूबाट नियमित लेबी उठाएर र अर्को चन्दा संकलन गरेर आर्थिक जोहो गरेको बताउँदै आएका छन्। निर्वाचन आयोगमा ११२ दल दर्ता छन्। तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२⁄७३ को आयव्यय विवरण बुझाएका छन्।

बाँकी दिलको आय व्यायको टुंगो छैन। दर्ता भएका मध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन्। उम्मेदवारले आम्दानीको स्रोत खुलाउनुपर्ने महत्त्वपूर्ण प्रावधानचाहिँ निर्वाचन आचारसंहितामा नराखिनु यसको सबभन्दा ठूलो कमजोरी भएको देखिन्छ । नेपालको संविधानको भाग २९ अन्तर्गत रहेको राजनीतिक दलसम्बन्धी व्यवस्था र धारा २६९ देखि धारा २७२ सम्ममा गरिएको व्यवस्थाअनुसार दलहरू सञ्चालन हुनुपर्छ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०५८ मा पनि राजनीतिक दललाई पारदर्शी र जिम्मेवार र उत्तरदायी बनाउन विभिन्न सकारात्मक व्यवस्था पनि थिए। लामो समयसम्मको राजनीतिक संक्रमणका कारण राम्ररी पालना हुन सकेनन् र निर्वाचन आयोगले पनि ती कानुन कडाइसाथ लागू गराउन सकेन। तर, निर्वाचन आयोगले ०६८⁄६९ देखि दलको आम्दानी र खर्चलाई सार्वजनिक गर्न कार्यविधि नै बनाएर लागू गरेको थियो। राजनीतिक दलले भने कागजमा मात्रै विवरण बुझाउने गरेको देखिन्छ। आजको नेपालसमाचार पत्र दैनिकमा समाचार छ ।

अब खाडी मुलुक घुम्न जान नपाइने

काठमाडौं,चैत २३ । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ ।मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।

खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।अध्यागमन विभागले भिजिट भिसामा खाडी मुलुक जान महिलालाई थप कडाइ गरेको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले एक वर्षदेखि नै महिलालाई भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको दाबी गर्दै आएका छन् ।विमानस्थल अध्यागमनमा भिजिट भिसामा कडाइ हुन थालेपछि मानवतस्करहरूले श्रीलंका र भारत हुँदै खाडी मुलुक लैजान थालेका थिए । मानवतस्करले खाडी मुलुक लैजान तयार पारेका नेपाली महिलालाई महिनौंसम्म श्रीलंकामा बन्धक बनाएर राख्ने गरेका थिए ।पछिल्लोपटक खाडी मुलुकका कामदारको अवस्था अध्ययन गरी फर्किएको संसदीय समितिले अध्यागमन कर्मचारीको मिलोमतोमा महिलाको तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेपछि गृहले भिजिट भिसामा थप कडाइ गरेको हो ।

नेपाली कामदारको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक प्रभु शाहको टोली चैत ५ मा खाडी मुलुक गएको थियो । खाडीमा रहेका नेपाली कामदारको अवस्था बुझ्न गएको संसदीय टोलीले साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत महिलासँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

गैरकानुनी रूपमा खाडी मुलुक गएका महिलाको अवस्था अत्यन्तै नाजुक र दयनीय भएको भन्दै अध्यागमनले भिजिट भिसामा कडाइ गरेको हो । विशेष गरेर महिलालाई लक्षित गरी खाडी मुलुक साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट भिसामा जान रोक लगाइएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार चैत १ देखि २२ गतेसम्म भिजिट भिसामा जान लागेका ४ सय ३ महिला÷पुरुषलाई अफलोड (फिर्ता) गरेको छ । अध्यागमन कार्यालयले आइतबार २१, सोमबार १९ र मंगलबार साँझसम्म २४ जना भिजिट भिसा भएकालाई अफलोड गरेको हो ।

नेपालबाट भिजिट भिसामा गएका अधिकांश महिला नेपाल फर्कंदैनन् । त्यस्ता महिलाले कुनै समस्या आए नेपाली दूतावास पुगी शरण माग्ने क्रम बढेको छ । संसदीय समितिसँगको छलफलमा ती महिलाले विमानस्थलस्थित अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा खाडी मुलुक आएको बताएका थिए।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले महिलाले खाडी मुलुकमा पाएको दुःखलाई लक्षित गरी भिजिट भिसामा खाडी मुलुक जान रोक लगाइएको बताए । उनले अवैध ढंगले खाडी मुलुक गएका महिलाको अवस्था दयनीय पाइएकाले भिजिट भिसामा रोक लगाएको जानकारी दिए ।

कानुनी रूपमा खाडी मुलुकमा रहेका व्यक्तिले पत्नी-आमा वा दिदीबहिनीलाई बोलाए उनीहरूले भिजिट भिसा पाउने कि नपाउने भन्ने प्रश्नमा महानिर्देशक गेलालले अन्नपूर्णसँग भने, 'अहिलेलाई त्यो पनि सम्भव छैन । भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन विमानस्थलस्थित अध्यागमन कार्यालयलाई निर्देशन दिइसकेको छु ।'विमानस्थल अध्यागमन कार्यालयका प्रमुख उद्धव भट्टराईले भिजिट भिसा भएका कसैलाई पनि खाडी मुलुक जान प्रस्थान अनुमति नदिइने बताए ।

खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाईटिकट र होटेल बुकिङ भएको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसा दिने गरेका थिए। साउदी अरबमा मात्रै झन्डै ४० हजार हाराहारीमा नेपाली महिला अवैध रूपमा कार्यरत छन् । कुवेत, कतार र यूएईमा समेत नेपाली महिलाको संख्या उल्लेख्य छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

जापानमा पारिश्रमीक नदिने कम्पनीलाई कडा कारवाहीको कानुन आउँदै

टोकियो ।

बिदेशी कामदारलाई प्रत्यक्ष लाभ पुग्नेगरि जापानी प्रधानमन्त्री सिन्जो आबेले एक कानुन ल्याउने भएका छन् ।

जापानी समाचारसंस्थाहरुका अनुसार नोभेम्बर एक देखि लागू हुनेगरि प्रधानमन्त्री आबेले एक कानून ल्याउने भएका छन् ।

आउने भनिएको उक्त कानुन अनुसार कम्पनी तथा किसानका साथै सरकारी कार्यक्रमको मातहतमा रहेका विदेशी कामदारको अधिकार सुनिश्चित गर्नेछ ।

अवैध रुपमा लामो समयसम्म काम गर्न लगाएमा तथा पारिश्रमीक नदिइ लगाएको पाइएमा त्यस्ता कम्पनीलाई कडा कारवाही गर्नेगरि नयाँ कानुन ल्याउन लागिएको हो ।

समाचारहरुमा उल्लेख भए अनुसार आउने नयाँ कानुनबाट सुरुमा कृषि तथा मत्स्य उद्योग बढी प्रभावित हुने देखिएको छ ।

जापान सरकारले पहिलो पटक ल्याउन लागेको बताइएको यो कानुनले बिदेशी श्रमीकलाई लाभ पुग्ने बताइएपछि कस्तो लाभ पुग्ने भन्ने स्पष्ट नभइसकेको र यो छिट्टै सार्वजनिक हुने बताइएको छ ।

कालभैरवले जित्यो तेस्रो युएफएन कपको उपाधी

टोकियो ।

कला भैरव गाईज युथ क्लवले तेस्रो युएफएन कपको उपाधी हात पारेको छ ।

आईतबार भएको फाइनल भिडन्तमा फुस्सा गाईजलाई दुई सुन्य गोल अन्तरले पाखा लगाउँदै कालभैरव तोचिगीले उपाधी उचालेको हो ।

बीस टिममध्ये उत्कृष्ठ बन्दै उपाधी उचालेको काल भैरवले नगद पाँच लाख जापानी येन समेत हात पारेको छ । यसैगरि उपबिजेता बनेको फुस्सा गाईजले भने दुईलाख येन नगद पाएको छ ।

खेलमा सर्वाधिक सात गोलकर्ता राईजिङग क्लवका सन्तोस गुरूङ उत्कृष्ठ खेलाडी तथा उत्कृष्ट गोल रक्षकको उपाधी सहित पुरस्कार विजेता काल भैरवका विवेक कार्कीले पाए ।

जापानमा नेपालीहरुद्धारा सञ्चालित सर्वाधिक धनराशीको खेल दाबी गरिएको प्रतियोगितामा बिजयी क्लव तथा खेलाडीहरुलाई गैर आवसिय नेपाली संघ एनआरएनका उपाध्यक्ष टासी लामा लगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

एपियफ माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश

इलाम ।

सशस्त्र प्रहरीको एपियफ क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

ईलामको ठूलो टुँडिखेलमा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटर फाईनलमा एपियफ क्लबले र संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

एपियफ का लागि खेलको एक मात्र निर्णयक गोल नविन लामाले गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित हुन सफल एपियफ क्लबका गात कर्ता नविन लामाले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

यो खेल सम्पन्न भए संगै प्रतियोगिताको सेमिफाईनल समिकरण पनि पुरा भएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाईनल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच बुधबार हुनेछ भने दोस्रो सेमिफाईनल ए। पि। यफ क्लब र झापा ११ बिच बिहिबार हुनेछ ।

विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता

काठमाडौँ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने निर्णय गर्दै त्यसका लागि प्रारम्भिक चरणमा विभिन्न छ देशमा रहेका नेपालस्थित दूतावासमा ५५ लाख रुपैयाँ पठाएको जनाएो छ ।

20.19¡ÆC