चौबीसै घन्टा चिकित्सक सेवा सुरु

दाङ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरले २४ सै घण्टा चिकित्सक सेवा सुरु गरेको छ ।

दरबन्दी अनुसारका मेडिकल अधिकृतहरु व्यवस्थापन भएपछि अस्पतालमा २४ सै घण्टा चिकित्सा सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताउनुभयो ।

घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाडौँ  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नम्बर नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ ।

नापी सर्वेक्षक ठाकुरले तीन जनासँग एकै ठाउँमा रहेका ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आज पक्राउ गरेको हो ।

सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

नदीमा डुबेर २ बालिकको मृत्यु

कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका स्थित डोडा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८ बर्षकी पुजा चन्द र ७ वर्षीया रस्मिता नाथ रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

खोजी गर्ने क्रममा हिजो साझ दुवै बालिका नदी किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । आइतवार दिउसो देखि दुवै बालिका बेपत्ता रहेका थिए ।

नदीमा नुहाउने क्रममा दुवै जना डुवेको हुन सक्ने स्थानीयको आशंका रहेको छ ।

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु

लमजुङ, २२ चैत्र । विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ । मध्य नेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया संगीता थापाको मृत्यु भएको हो ।

घर नजिकैको जंगलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित परिवारका पाँचै जना बिरामी भएपछि छिमेकीले उपचारका लागि पोखरा लगेका थिए ।

बिरामीमध्ये संगीता थापाको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

काँग्रेस युवा नेता शाहको हत्या बिल्पव माओवादीले गरेको खुलासा

जाजरकोट ।

जाजरकोट नेपाली का“ग्रेसका युवा नेता ३७ वर्षी रविन्द्र शम्शेर शाहको हत्या विप्लव माओवादी कार्यकर्ताले गरेको खुलासा भएको छ ।

आर्थिक लेनदेन तथा चन्दा नदिएको निउमा विप्लव निकट कार्यकर्ताले शाहको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन मार्फत हत्यामा संलग्न मध्येका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको हो ।

हत्या योजनाकार तथा घटनामा संलग्न शंकित भनिएका सिंह र रानाले अपराध स्विकार गरेको भेरी अञ्चल प्रहरी बरिष्ठ उपरीक्षक महेश विक्रम शाहले बताउनु भयो ।

हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, ईतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने ईन्द्र शाही, अभिषेक भनिने दिर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका एक व्यक्तिको खोजी भैरहेको भेरी अञ्चल प्रमुख शाहले बताउनु भएको छ ।

पक्राउ परेका र फरार रहेका सवै विप्लव नेतृत्वको माओवादी सम्बद्ध कार्यकर्ता हुन् ।

रविन्द्र हत्या काण्ड पार्टीगत निर्णय नभई विभिन्न घटनाक्रमसग जोडिएका ब्यक्तिले नितान्त व्यक्तिगत रिसिईवी सा“ध्न र आर्थिक प्राप्तीका लागि भएको देखिएको प्रहरीले बताएको छ ।

घटना योजनाबद्ध, रिसिईवी साध्न, चन्दा र आर्थिक लेनदेनका कारण घटेको देखिएको शाहले बताउनुभयोे ।

मृतक रविन्द्र सगै ईभिनिङ्ग वाकमा हिंडेका र प्रत्यक्षदर्शी हिटलरसिंह राठौर, भीमबहादुर खत्री र किरण थापालाई पनि आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको छ ।

हत्यारालाई पक्राउ गर्न देशभर सुरक्षाकर्मी परिचालन गरेका र ईन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेर भए पनि हत्यारालाई पक्राउ गरीने शाहको भनाइ छ ।

कुलमानले ल्याए सँधैका लागि लोडसेटिङ हटाउने योजना

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दिर्घकालिन रुपमा लोडसेडिङ अन्त्य गर्ने योजना सहित प्राधिकरण अघि बढेको बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिमिङङ्गले हाल देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको र अव लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङङ्गले अहिले मौसमका  कारण बेला बेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको स्पष्ट पार्दै पुष, माघ, फागुन र चैत्रको सुख्या याम समेत सहज ढंगले पार भएकोले  अव लोडसेडिङ नदोहोरिने स्पष्ट पार्नुभयो ।

उहाँले औद्योगिक क्षेत्रमा हाल भैरहेको ४ घण्टाको लोडसेडिङ बर्षापछि  हट्ने बताउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङले लोडसेडिङ सदाका लागि अन्त्य गर्नका लागि आफूहरु निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र ट्रान्सफर्मर अपग्रेडिङ गर्ने तर्फ लागिरहेको जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आएपछी हाल भारतबाट भैरहेको आयातलाई क्रमश घटाइने र तामाकोशी लगायतका निर्माणधिन आयोजना बनेपछी सुख्खायाम बाहेकको समयमा विजुली समेत सकिने बताउनु भयो ।

प्राधिकरणले यहि चैत्र २५ गते शुक्रवार विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगः देशको सम्वृद्धिमा सहयोग भन्ने नाराका साथ विद्युत सुरक्षा दिवस मनाउने भएको छ ।

दिवसका अवसरमा ग्राहक, विद्युत कर्मचारीलगायत सवैमा विद्युतिय सुरक्षा सम्बन्धी जनचेतना  अभिबृद्धि सम्वन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिने प्राधिकरणले जनाएको छ ।

नेमकिपाद्धारा स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति गठन

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीले स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति र स्थानीय निर्वाचन परिचालन मूल समितिगठन गरेको छ ।

भक्तपुरमा बसेको पार्टीको केन्द्रीय परिषद् बैठकले आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीका लागि पार्टी अध्यक्ष विजुक्छेको संयोजकत्वमा निर्वाचन मूल समिति गठन गरेको छ ।

स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पार्टी जिल्ला समितिको सिफारिशअनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने निर्णय गरेको पार्टी सचिव सुनिल प्रजापतिद्घारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले उठाएको उम्मेदवारको विरुद्ध कुनै पार्टी कार्यकर्ताले उम्मेदवारी दिएमा, विरोधी उम्मेदवारको प्रस्तावक वा समर्थक बसेमा वा विरोधी उम्मेदवारहरुसित मिलेर पार्टीका उम्मेदवारहरुलाई कमजोर पार्ने उद्देश्यले कुनै काम गरेमा त्यस्ता कार्यकर्ताहरुलाई विधानबमोजिम कडा कार्वाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निर्वाचनको तयारीको लागि ७ वटै प्रदेशमा पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश स्तरमा निर्वाचन परिचालन समिति गठन गरेको समेत पार्टीले जनाएको छ ।

प्रधानमन्त्री भन्छन् – ‘स्थानीय चुनाव हुनु नै माओवादीको जित”

काठमाडौं ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताएका छन् ।

मंगलबार पेरिसडाँडाँमा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नंम्बर प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनमा हारजित भन्दा पनि स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताए ।

प्रधानमन्त्री दाहालले माओवादीले उठाउँदै आएका संघियता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधानमार्फत् संस्थागत गरिएकाले संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नु पर्ने बताए ।

प्रधानमन्त्रीले परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीहरुलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फाष्ट ट्याक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्ने लगायतका कैयौ उपलब्धी हासिल गरेको दाबी गरे ।

Biblab Maoists kill NC youth leader

The cadres of Biblab Maoists are responsible for the killing  of Nepali Congress youth leader and social worker Rabidra Shamsher Shah of Janjarkot district..

At a press conference, Nepal police made public Thagendra Bahadur Singh and Dil Bahadur Rana who involved in the killing of Shah.

Police said five others involved in the murder are on the run and manhunt to them is underway.

The arrestees accepted the crime and their involvement in the Biblab led CPN Maoist.

Power worth Rs 15 billion to be imported

Nepal Electricity Authority Chief Executive Officer Kul Man Ghising has aid the authority is moving ahead with a plan to lastingly end the load shedding across the country.

At a press conference organized today, he shared that there is no worry of power outage from now on since the pick hour load shedding has been already ended.

He further informed the four hour load shedding in the industrial zones will also be ended from the onset of the monsoon.

Mr. Ghising further said that power worth Rs 15 billion would be imported to liberate the country from load-shedding.

NEA Chief Executive informed that power worth around Rs 14.9 billion was brought during the last fiscal year.

The power import has been made for time being to avert power crisis in the country and the NEA would be in a position to export power with the completion of the under-construction power projects.

Likewise, the NEA sources said the nationwide electricity leakage and theft prevention campaign has resultantly dropped power leakage by 4 per cent.

Free legal aid service soon for jailed migrant workers in foreign countries

The government is to provide free legal aid services  to those Nepali migrant workers serving a jail sentence in various foreign countries.

In an initial phase, the Foreign Employment Promotion Board has sent Rs 5.5 million to Nepali embassies based in six labour receiving countries to make necessary arrangements in this regard.

Board Executive Director Raghuraj Kafle said additional amount will be sent as per the necessity.

The Board has prepared the draft of the guideline relating to the legal aid to be provided for migrant workers and sent it to the Ministry of Labour and Employment for further action.

The Board has data that hundreds of Nepalis are doing time in various foreign countries and millions of rupees are estimated to cost to provide them with free legal aid.

Maoist Center likely to pickup election candidates by third week of April

The CPN (Maoist-Center) has said it is expected to finalise names of candidates competing in the  upcoming local-level election on behalf of the party by the third week of April.

The party has launched various sorts of programmes at the local-level, focusing on the election, according to Spokesperson for the  party Pampha Bhusal.

A committee formed  under the convenorship of party central member Dev Gurung has already prepared  the  draft of party's election manifesto,  sent it to the local level for feedbacks and a revised copy will be coming soon, the party said.

RPP extended meeting completes across country

The extended meeting of the ruling Rastriya Prajatantra Party has been completed in all 75 districts across the country.

the meeting had been affected in some districts following the removal of constitutional monarchy and Hindu state from RPP statute by the Election Commission but now it has been completed across the nation, shared leader Rajaram Shrestha.

He added that the local level party organizations were merged and developed as per a new federal set up.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web