भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीले स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति र स्थानीय निर्वाचन परिचालन मूल समितिगठन गरेको छ ।

भक्तपुरमा बसेको पार्टीको केन्द्रीय परिषद् बैठकले आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीका लागि पार्टी अध्यक्ष विजुक्छेको संयोजकत्वमा निर्वाचन मूल समिति गठन गरेको छ ।

स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पार्टी जिल्ला समितिको सिफारिशअनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने निर्णय गरेको पार्टी सचिव सुनिल प्रजापतिद्घारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले उठाएको उम्मेदवारको विरुद्ध कुनै पार्टी कार्यकर्ताले उम्मेदवारी दिएमा, विरोधी उम्मेदवारको प्रस्तावक वा समर्थक बसेमा वा विरोधी उम्मेदवारहरुसित मिलेर पार्टीका उम्मेदवारहरुलाई कमजोर पार्ने उद्देश्यले कुनै काम गरेमा त्यस्ता कार्यकर्ताहरुलाई विधानबमोजिम कडा कार्वाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निर्वाचनको तयारीको लागि ७ वटै प्रदेशमा पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश स्तरमा निर्वाचन परिचालन समिति गठन गरेको समेत पार्टीले जनाएको छ ।

23.12¡ÆC