आज चैते दशैं, आफन्त भेटघाट र रमाईलोसँगै देवालयहरुमा पूजाआजा

काठमाडौं
आज चैते दशैं । शुक्ल अष्टमीका दिन मनाईने चैते दशैंको अवसरमा आज हिन्दूधर्मावलम्बीहरु आफन्त परिवार भेटघाट र रमाईलोसँगै देवीको पूजा र उपासना गरि चैते दशैं मनाईरहेका छन् ।

दैबीशक्तिले असुरी शक्तिमाथि विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले चैते दशैं मनाउने गर्दछन् ।
चैते दशैंलाई नै मुख्य दशैंको रुपमा मनाउने गरिएपछि मौसम तथा किसानहरुको व्यस्तताका कारण असोजमा मुख्य दशैं मनाएर चैते दशैंलाई पनि मनाउने चलन बस्न थालेको बताइन्छ ।

चैतमा अष्टमीको दिनलाई दशैंको रुपमा मनाइने गरिन्छ भने असोजमा दशमीको दिनलाई मुख्य दशैंको रुपमा मनाईदै आएको छ ।

जनमतसँग डराएका महतो भन्छन्-‘संशोधन अघि चुनाव हुनदिन्नौं’

भैरहवा ।
संविधानसभा चुनावमा पराजित भएरपनि तराईको नेता भन्दै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरी स्थानिय चुनावको बिरुद्ध लाग्न थालेका छन् ।

जनताको मतसँग ठराउँदै चुनावको बिरुद्ध भाषणबाजी गर्दै हिँड्न थालेका महतोले बिवादास्पद संविधान संशोधन चुनाव अघि हुनुपर्ने माग गरेका छन् ।
जनमतसँग डराएका महतोले घुर्की लगाउँदै आफुहरुको माग संवोधन नभए मुलुकमा महाभारत हुने समेत बताए ।

महतोले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको माग पुरागर्नुपर्ने बताए ।

संविधान घोषणापछि भारतीय इशारामा संविधानको बिरोध गर्दै भारतले गरेको नाकाबन्दीमा साथ दिंदै तराईका जिल्लामा हिंसात्मक आन्दोलन गर्न भड्काएका महतो भारत निकत मधेश केन्द्रित नेताका रुपमा चिनिन्छन् ।

अंगिकृत नागरिकता लिएका महतोले आफुले नागरिकता लिएपछि बावुलाई नेपाली नागरिकता लिन लगाएका थिए । महतोको जन्म भारतमा भएको हो भने उनका बुवा उनि नेपालमा राजनीतिमा लागेपछि नेपालमा आएर नेपाली नागरिकता लिएर बस्दै आएका छन् ।

बोक्सी जलाउन खोज्दा झाँक्री आफैं जले

सोलुखुम्बु ।
बोक्सीलाई धपाउने भन्दै आगो खेलाउँदा झाँक्री आफैं जल्न पुगेका छन् ।

जिल्लाको सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले गर्दा पेट्रोल मुखमानै बल्न पुग्दा जलेर बेहोस भएका हुन् ।

अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिए । अनुहार पूरै जलेका नेपालीको अवस्था खतरामुक्त रहेको छ ।

दोहोरो चरित्र देखाउँदै मधेसवादी दल : बाहिर आन्दोलन, भित्रभित्रै चुनावको तयारी

विराटनगर, चैत २२ । मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद जयराम यादव विराटनगरको मेयरमा उठ्ने चर्चाले नगर तातेको छ । फोरमका नेता कार्यकर्ताले पनि यो बहसलाई नकारेका छैनन् । यादव भन्छन्, ‘राजनीतिक सहमति भई पार्टीले मलाई जिम्मेवारी दियो भने उठ्छु तर हाम्रा माग पूरा नहुन्जेलसम्म आन्दोलन गरिरहन्छौं ।’ केन्द्रमा कुरा नमिले चुनावमा भाग नलिने बरू अझ सशक्त आन्दोलन गर्ने उनले बताए ।

विराटनगरको मेयरमा कांग्रेस र एमालेले उम्मेदवार तय गरिसकेका छैनन् । लोकप्रिय र निकै दह्रो उम्मेदवार मानिएका यादव आए कस्तो रणनीति बनाउने भन्नेमा कांग्रेस/एमाले अन्योलमा छन् ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मोरङ निर्वाचन क्षेत्र नम्बर-१ का क्षेत्रीय अध्यक्ष मलिम उद्दिन भन्छन्, ‘चुनाव सबैलाई चाहिएको छ । अझ स्थानीय निकायको चुनाव नहुँदा त जनताले धेरै दुःख पाइसके तर मधेसी समुदायले उठाएका माग सम्बोधन गरेर मात्र चुनाव गरिनुपर्छ ।’ उनले राजनीतिक दलले एक आपसमा सहमति कायम गरेर विवादको टुंगो लगाउनुपर्ने सुझाव दिए ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी आफूहरूलाई पनि चुनाव लागेको बताउँछन् । ‘हामी चुनावको विरोधी होइनौु’, गोस्वामीले भने, ‘तर पहिचानको पक्षमा संविधान संशोधन नभएसम्म हामी आन्दोलनमै हुन्छौं ।’ उनले पहिलो संविधान सभापछि पहिचानको पक्षमा उर्लंदो जनमत देखेर दलहरूले चुनाव नगरेको बताउँदै उनले यो पटक भने आफूहरूलाई अल्मल्याएर चुनाव गर्न लागेको आरोप लगाए ।

स्थानीय तह निर्वाचनमा भाग लिन २ नम्बर प्रदेशअन्र्तगतको बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । गत माघ १७ गतेसम्म तोकिएको समय सीमाभित्रै दल दर्ता भएका थिए । मोर्चाका समर्थक र कार्यकर्ता चुनावकै पक्षमा छन् तर मोर्चाको नेतृत्वको निर्देशनमा चुनावको विरोधमा निर्वाचन कार्यालय घेराउ गर्ने क्रम पनि चलिरहेको छ ।

चुनावको दिन गन्ती आफूले पनि गरिरहेको तर्क गर्दै उनले भने, ‘चुनाव आउन अब ४१ दिन बाँकी छ । चुनाव हुन्छ, हामी भाग लिन्छौं तर हाम्रा माग सम्बोधन हुनुपर्छ ।’ चुनावका लागि सुनसरीमा सबै दल लागि परेका छन् । चुनावको विरोध गरिरहेका दलहरू समेत टोलटोलमा सम्पर्क कार्यालय खोलिरहेका छन् । यस्तै चुनावका लागि जनमत सिर्जना गर्न अनौपचारिक घरदैलोसमेत गरिरहेका छन् ।

यस्तै आदिवासी जनजातिको बाहुल्य रहेको सुनसरीको धरानमा पनि संघीय समाजवादी फोरम आन्तरिक तयारीमा लागेको छ ।धरान उपमहानगर कमिटीका अध्यक्ष पारस काङबाङ आन्तरिक रूपमा लागि परेको स्वीकार गर्दै भन्छन्, ‘बाहिर भन्न नमिले पनि हामी आन्तरिक रूपमा चाहिँ तयारीमा लागिरहेका छौं । वडा भेला, महिला समूह गठन गर्ने काम भइरहेका छन् ।’उनले केन्द्रीय तहमा सहमतिको प्रयास भई रहेकाले कुरा मिल्ने र चुनाव हुने विश्वास व्यक्त गरे । राजनीतिक दलबीच बाहिर प्रकाशमा नआए पनि सहमति भने भइसकेको विश्वास गर्दै उनले भने, ‘चुनावमा फोरमले धरानमा राम्रो मत ल्याउँछ ।’

यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले समेत चुनाव आफूहरूको समेत चाहना भएको जनाएको छ । पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष देवराम मधेसीले जनतालाई चुनाव चाहिएको बताए । ‘लोकतन्त्रमा चुनाव हुनुपर्छ’, उनले भने, ‘तर राष्ट्रिय राजनीतिमा सहमति भने हुनुपर्छ ।’ उनले आन्तरिक तबरमा आफूहरूले कुनै तयारी नगरेको दाबी गरे पनि सुनसरीका दक्षिणवर्ती गाविसहरूमा उनको पार्टीसमेत चुनावको तयारीमा जुटेको छ ।

दुई दशकदेखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पीडा पूर्वी तराईका साना दलका कार्यकर्तालाई छ । उनीहरूको मनसाय स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने नै छ । तर आफ्नो दलका माग र आन्दोलनले निर्वाचनको पक्षमा सीधै वकालत गरेर हिँड्न सकेका छैनन् । कतै स्थानीय तहको निर्वाचन हुन नसक्ने पो हो कि भन्ने चिन्ता छ । तराईको आन्दोलनले झापालाई उतिसाह्रो छोएन । मधेसवादी दलका कार्यकर्ता न आन्दोलनमा निस्के न तनिर्वाचनका विपक्षमा बोलिरहेका छन् । केही निर्वाचनमा भाग नलिने भनिरहँदा धेरैले निर्वाचनको मौन समर्थन गरेका छन् ।

नेपाल सद्भावना पार्टीका झापा अध्यक्ष सूर्यनारायण गणेश स्थानीय तहमा जनप्रतिनिधि चाहिने बताउँदै भन्छन्, ‘विकास निर्माणका कामले गति नलिन’, जनताले भनेजस्तो चाहेजस्तो सुविधा पाउन नसक्नु जनप्रतिनिधिकै अभाव हो ।’ तर उनको पनि आफ्नो दल र मधेसी मोर्चाको आन्दोलनका कारण चुनाव हुनुपर्छ भनेर खुलेर हिँड्न सकेका छैनन् । सबैतिर एकै समयमा चुनाव हुनुपर्ने पक्षमा आफू रहेको र यसले नेपालमा शान्तिको गतिलो सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिने बताए ।

तमलोपाका झापा अध्यक्ष त्रिनारायण राजवंशीले पहिला प्रदेशको चुनाव भए राम्रो हुने तर्क राखे । सबभन्दा जटिल समस्या भनेको सीमांकन हो भन्दै उनले यो समस्यालाई थाँती राखियो भने राजनीतिक समस्या बल्झिरहने बताए । उनले भने,’स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्छ ।’

संघीय समाजवादी फोरम नेपालकी महिला नेतृ संगीता रौनियारले स्थानीय तहको चुनाव हुनुपर्ने तर आफ्नो दलको मागका विषयमा सम्बोधन हुनुपर्ने तर्क राखिन् । उनले भनिन्, ‘हामीलाई पनि चुनाव होस् भन्ने लागेको छ । तर हाम्रो माग के हुन्छ ? हाम्रो माग सम्बोधन भए हामी पनि चुनावमा भाग लिन तयार छौं ।’ उनले स्थानीय तहमा जनताका प्रतिनिधि नहुँदा भ्रष्टाचार मैलाएको प्रतिक्रिया दिइन् ।

३० वर्षीया कोलसुम बेगमलाई मतदान गर्ने ठूलो रहर छ । पहिलो र दोस्रो संविधानसभामा भोट हालेको अनुभव सुनाउँदै उनले भनिन्, ‘यो पटक हुने चुनाव त हामीले हाम्रो गाउँ, टोल र ठाउँमा बसेर काम गर्ने प्रतिनिधि छान्नका लागि हो । त्यसैले त्यो क्षणको प्रतीक्षा छ ।’ उनले मतदान गर्न दक्षिणी मोरङका मुस्लिम महिलामा निकै उत्साह देखिएको बताइन् ।

स्थानीय तह निर्वाचनमा भाग लिन २ नम्बर प्रदेशअन्र्तगतको बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । गत माघ १७ गतेसम्म तोकिएको समय सीमाभित्रै दल दर्ता भएका थिए । मोर्चाका समर्थक र कार्यकर्ता चुनावकै पक्षमा छन् तर मोर्चाको नेतृत्वको निर्देशनमा चुनावको विरोधमा निर्वाचन कार्यालय घेराउ गर्ने क्रम पनि चलिरहेको छ ।

मोर्चाले सोमबार पनि चुनावको विरोधमा २ नम्बर प्रदेशका निर्वाचन कार्यालय घेराउ गरेको छ । मोर्चा पनि ढिलोचाँडो चुनावमा सहभागी हुन्छ भन्नेमै मतदाताको विश्वास छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार जिल्लामा ३१ दल दर्ता भएका छन् । कार्यलयका सुब्बा दिलीप यादवले भने, ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सामाजिक शिक्षा कार्यकर्ता तालिम पनि सुरु गर्दैछौं । मतदान केन्द्र पुनरावलोकन बैठकमा मोर्चाका प्रतिनिधि सहभागी भई विरोध गरेर बाहिरिन्छन्, अवरोध गरेका छैनन् ।’

मधेसवादी दलका कार्यकर्ताले सिरहामा एमालेलाई चुनावी अभियान चलाउन दिएका छैनन् । उसको चुनावी प्रशिक्षणको माइन्युट र रजिस्टर च्यातिदिएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को कृष्णापुरमा शनिबार भएको कार्यक्रम उनीहरूले बिथोले । कार्यक्रम नगर्न चेतावनी दिँदै पार्टीका पूर्वसचिव चन्देश्वर मण्डललाई माफी मगाइएको संघीय समाजवादी फोरमका जिल्ला सदस्य विजयकुमार यादवले बताए । उनले भने, ‘हामी पनि चुनाव हुनुपर्छ भन्छौं तर हाम्रा माग पूरा भएपछि मात्र ।’

सिरहा कचनारी-५ का अशोक यादव जनतालाई देखाउन मात्र चुनावको विरोध गरिरहेको मोर्चाले अन्ततः चुनावमा सहभागी हुनैपर्ने बताउँदै भन्छन्, ‘समय नजिकिएपछि सबै चुनावमा आउँछन् आउनैपर्छ ।’ उनले धेरै समयसम्म स्थानीय तहमा जनताका प्रतिनिधि नहुँदा जनताले दुःख पाएकोले बताए ।जनता चुनावप्रति आतुर भएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी कार्यक्रम बढाउने तयारी गरेका छन् । कांग्रेस सिरहा सभापति एवं सासंद रामचन्द्र यादवले भने, ‘चुनाव आउन डेढ महिना मात्र बाँकी छ । अब चुनावी कार्यक्रलाई तीव्रता दिँदैछौं ।’

एमाले सिरहा अध्यक्ष प्रमोद यादवले गाउँगाउँमा चुनाव केन्द्रित छलफल भई रहेको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनरायण महतोका अनुसार आन्तरिक चुनावी गतिविधि तीव्र पारिएको छ । ‘कार्यकर्तालाई प्रशिक्षण दिइसकेका छौ’, उनले भने, ‘अब गाउँगाउँमा चुनावी सभाको तयारी हुँदैछ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं, चैत २२  ।माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो ।

करिब १५ मिनट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अन्ततः निधिलाई नै दोस्रो वरीयता !

काठमाडौं,चैत २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्रीले वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मंगलबारसम्ममा उहाँले वरीयता टुंग्याउनुहुन्छ ।’ यो खबर हामीले आजको नयाँ पत्रिका दैनिक बाट लिएका हौ।

थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् ।

निधि र थापाको वरीयता विवादका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको छ । मन्त्रिपरिषद् बैठकबाट आफ्नो चीन भ्रमण स्वीकृत नगराई प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएका थिए । थापा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्को बैठक एकपटक मात्र बसेको छ ।

पछिल्लो बैठक ३ चैतमा बसेको थियो । त्यसवेला प्रधानमन्त्रीले थापालाई आफूपछिको वरीयतामा राखेका थिए । निधि नयाँदिल्लीमा रहेकाले बैठकमा उपस्थित थिएनन् । थापा सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीले आफूपछिको वरीयतामा निधिलाई राख्दै आएका थिए । आफू विदेश भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निधिलाई नै दिँदै आएका थिए । तर, चीन भ्रमणमा जाँदा भने विवादका कारण कसैलाई पनि कार्यबाहक दिएनन् ।

सुख्खा पहिरो झरेर अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुल्यो, मृतकको सनाखत

काठमाडौ,चैत २१ । सुख्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक सूचारु भएको छ । नारायणगढ — मुग्लिन सडक खण्ड अन्तर्गतको चितवनको भरतपुर उममहानगरपालिका २९, मुग्लिनबाट १३ किलोमिटर नारायणगणतर्फ कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो झरेर बिहान साढे १० बजेदेखि अवरुद्ध भएको सडक पन्छाएर अपरान्ह चार बजेपछि सडकमा सवारी चल्न थालेका चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर मृत्यु भएको २ जनाको पनि सनाखत भएको छ । मृत्यु हुनेमा ना ४ ख ५४११ नम्बरको ट्याङ्करका सहचालक बनु पटेल र बा १० प ४८४४ नम्बरको मोटरसाइकलका चालक लमजुङ सुन्दरबजारका सन्दिप राना रहेका प्रहरी उपरीक्षक थापाले बताए ।

पहिरोमा पुरिएका पाँच सवारी मध्ये एउटा ट्याङ्कर र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने तीन वटा सवारीमा सामान्य क्षति पुगेको उनको भनाई छ । पुरिएका सबै सवारी मुग्लिनबाट नारायण्गढतर्फ जाँदै गरेका प्रहरीले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्षसहित चार केन्द्रिय सदस्यहरु निर्विरोध

काठमाडौं,चैत २१ । उद्योग वाणिज्य महास‌ंघमा एक उपाध्यक्षसहित चार केन्द्रिय सदस्यहरु निर्विरोध चयन भएका छन् । एशोशियट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै द्धिदेशीय केन्द्रीय सदस्यमा अजय मुढवारी, संस्थापक उद्योग वाणिज्य संघको तर्फबाट अभिनाष बोहोरा र तीन नम्बर प्रदेश सदस्यबाट कमल कुमार श्रेष्ठ र ५ नम्बर प्रदेशबाट भीम थापा निर्विरोध बनेका छन्। आगामी नेतृत्वको लागि आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा एशोसियट उपाध्यक्ष र तीन केन्द्रिय सदस्यमा आवश्यक मात्रै उम्मेदवारी दर्ता भयो।    महासंघको ५१ औ साधरण सभाबाट चार वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ। चैत २८ र २९ गते महासंघको साधरण सभा तोकिएको छ।

बिरालोलाई चितुवा देखेपछि त्रिभुवन विमानस्थलमा आतंक,नियन्त्रण मध्यरातपछि

काठमाडौं,चैत २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पसेको भनिएको चितुवा नियन्त्रणमा लिन मध्यरात नै कुर्नपर्ने भएको छ । सोमबार बिहान करिव ८ बजेतिर विमानस्थलको धावनमार्गमा देखिएको लामो पुच्छर भएको बन बिरालो (ढाडे बिरालो) भएको दाबी शिकारीहरुले गरेपनि त्यसबारे यकिन हुन सकेको छैन् । धावनमार्गमा देखिएर केहीबेरमा हराएपनि विमानस्थलका सिकारी, प्रहरी र कर्मचारीले केहीबेर खोजी गरेको थियो । खोजी गरेपछि उक्त चितुवा ड्रेनमा छिरेको थियो ।

ड्रेनमा छिरेको चितुवालाई निकाल्न राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका कर्मचारी, सिकारी, प्रहरीले प्रयास गरेपनि सफल भएनन् । लामो प्रयास गरेपछि पनि निकाल्न नसकेपछि अहिले ड्रेनको दुबैतिरको मुख बन्द गरेर राखिएको छ । दिउँसो एयर ट्राफिक बढेपछि राती १२ बजेपछि त्यसलाई नियन्त्रणमा लिने तयारी थालिएको छ । बिहान ११ बजेदेखि राति ११ बजेसम्म विमानस्थलमा जहाज अवतरण र उडानको व्यस्त समय मानिन्छ ।

शिकारीको नेतृत्व गरेका गोकुल ठकुरी यसो भन्छन्

“हामीले बिरालो भेटिरहेका हुन्छौं । समाचार र हल्लाचांही बाघ र चितुवाको बच्चा भनेर भइरहेको हुनेगरेको पाउँछौं । सोमबार बिहान पनि “हामी बिरालो खेदेर आउदै मात्रै थियौं । चितुवा भेटिएको हल्ला शहरभरी फैलिएछ । झिसमिझैमै स्याल तथा ढाडे बिरालो विमानस्थलमा कराउंछन् । उझ्यालो हुदै गएपछि लुक्छन् । यो क्रम वर्षौंदेखि चलिरहेकै छ ।

खान पुगोस् दिन पुगोस् अभियान अन्तर्गत घाईतेलाई कोरियामा सहयोग संकलन

पप्पु गुरुङ्, २१ चैत्र, महाकाली नगरपालिका । सुदूर पश्चिम समाज, दक्षिण कोरियाले सिमानामा सहादत प्राप्त गौतम परिवार सहयोग संकलन संगै शर्माली २ बैतडी मूलघर भई कन्चनपुर दोधारा बस्दै आएका जीप दुर्घटना घाईते भएका महाकाली नगरपालिका वडा नं. २ निवासी प्रेम सिंह साउँदका धर्मपत्नी सबिता साउँदको उपचार खर्चाको लागी सहयोग संकलन थालेको छ् । आर्थिक अवस्था दैनिय रहेको साउँदको सहारा बिहिन बनेका बाल बालिकाहरुको सहयोगको लागी सहयोग संकलन थालिएको महाकाली नगरपालिका घर भई हाल बैदेशिक रोजगारीमा कोरिया बस्दै आएका तेज चन्द ठकुरीले बताएका छन् । “अझै सम्म हामीले सबिताको उपचारको लागी रु. ६५ हजार संकलन गरिसकेका छौं” तेज चन्द ठकुरीले बताए । उनि लगाएत कोरियामा बस्दै आएका नेपालीहरुले जिप दुर्घटनामा घाईते भएका सबिता साउँद र सिमा क्षेत्रमा सिमा रक्षामा भारतिय सुरक्षा फौजबाट ज्यान गएका गौबिन्द गौतमको परिजनलाई सहयोग संकलन थालेको ठकुरीले बताएका छन् । “संकलित सहयोग रकम नेपाल पठाउने छौं” उनले भने । सहयोग संकलनमा कोरियामा बस्दै आएका नोपली दाजु भाईहरुले राम्रै सहयोग गरेको बताएका छन् । मानवता को नाताले हाम्रो सानो सहयोग ले ती घाइतेहरु को उपचार मा र सहरा बिहिन बाल बालिकाहरुको ब्यबस्थापन मा केही सहयोग पुग्न सक्छ कि भन्ने उद्धेश्यले सञ्चालन गरिएको सहयोग संकलन गर्न थालिएको कोरिया स्थित रहेका सहयोग संकलन अभियानका एक सदस्य तेज चन्द ठकुरीका अर्का सहकर्मी खेम साउदले कोरियाबाट खबर पठाएका छन् । पौष १७ गते दोधारा चाँदनीबाट भारत हदै पुजा गर्न पहाड घर बैतडी जोने क्रममा भारतको लुहाघाटमा जिप दुर्घटना भएको थियो । जिप दुघृटनामा सबिताका ससुरा तथा छोराको मृत्यु भएको थियो । दुघृटनामा उनको शरिरै भरी चोट आउनुको  साथै खुट्टाको हड्डी टुटेको छ् । आर्थिक अवस्था कमजोर भएको कारण औषधी उपचार गर्न नसकेर घरैमा जडिबुटी गर्दै आएका छन् । चाडैनै एक कार्यक्रम गरि संकलित रकम हस्तान्तरण गर्ने तयारी भईरहेको बताईएको छ् । भारतको लुहाघाटमा भएको जिप दुर्घटनामा एकै परिवारको ५ जनाको ज्यान गएको थियो ।

यस्तो बन्ने भो नयाँ धरहरा, खर्च २ अर्ब ८० करोड, बगैंचा देखी भुईतल्ला पार्किङ समेत

काठमाडौं ।
भूकम्पले विनास गरेको ऐतिहाँसिक धरहरा कस्तो बन्ला भन्ने नक्सा बल्ल दुई बर्ष लगाएर सार्वजनिक गरिएको छ ।

अघिल्लो बर्ष गएको भूकम्पमा दशौं लाख घरहरु सहित महत्वपूर्ण सम्पदामा क्षति पुग्दा धरहरा पूर्ण रुपमा ढलेको थियो ।

करिब दुई अर्ब ८० करोडको लागतमा पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि अनुमान अध्ययन गरेको जनाईएको छ ।

नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत विभागले तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान जनाईएको हो ।

करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुने अध्ययन प्रतिवेदन अनुसार रहेको छ ।

घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत धरहरामा व्यवस्था हुने छ ।

विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको बताइएको छ ।

गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालेको छ ।

सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने र सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिने जनाईएको छ ।

टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नेछ ।

सर्वोच्चको अवहेला गर्ने शेरबहादुर देउवामाथि हदैसम्म कारवाही गर्न सर्वोच्चमा मुद्दा

काठमाडौं ।

भ्रष्टाचारी ठहर भएर ज्ञानेन्द्र शासनमा कठघरमा पर्दा त्यहि अदालतको आदेशले छुटेर आफ्नो नजिकका मान्छेलाई आईजीपी बनाउन नपाउँदा अदालत बिरुद्ध बोल्ने काँग्रेस सभापती शेरबहादुर देउवा बिरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।

अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० नियुक्ति विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमा हस्तक्षेप भनेको थियो ।

कांग्रेसको यो निर्णयले जनमानसमा भ्रम सिजना गर्नुका साथै अदालतको मानमदर्न भएको रिट निवेदनमा उल्लेख छ ।

रिटमा भनिएको छ, विपक्षीले गरेको कार्य संविधानको धारा १ (१), १२६, १२८ (२),(४), सर्वोच्च अदालत ऐन २०४८ को दफा ४ (१), १(९२)'क', न्यायप्रशासन ऐन २०७३ को दफा १८ (१) विपरित कार्य गरेका हुदा न्यायप्रशासन ऐन २०७३ को दफा १७ को (१),(२) ले प्रदान गरेको अधिकारको आधारमा सोही ऐनको दफा १७ को उपदफा ४ बमोजिम हदै सम्मको कार्यवाही गरि पाउँ ।’

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web