विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

चैत्र २२, २०७३ मा प्रकाशित | 687 views

काठमाडौं, चैत २२  ।माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो ।

करिब १५ मिनट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web