काठमाडौ,चैत २१ । सुख्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक सूचारु भएको छ । नारायणगढ — मुग्लिन सडक खण्ड अन्तर्गतको चितवनको भरतपुर उममहानगरपालिका २९, मुग्लिनबाट १३ किलोमिटर नारायणगणतर्फ कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो झरेर बिहान साढे १० बजेदेखि अवरुद्ध भएको सडक पन्छाएर अपरान्ह चार बजेपछि सडकमा सवारी चल्न थालेका चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर मृत्यु भएको २ जनाको पनि सनाखत भएको छ । मृत्यु हुनेमा ना ४ ख ५४११ नम्बरको ट्याङ्करका सहचालक बनु पटेल र बा १० प ४८४४ नम्बरको मोटरसाइकलका चालक लमजुङ सुन्दरबजारका सन्दिप राना रहेका प्रहरी उपरीक्षक थापाले बताए ।

पहिरोमा पुरिएका पाँच सवारी मध्ये एउटा ट्याङ्कर र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने तीन वटा सवारीमा सामान्य क्षति पुगेको उनको भनाई छ । पुरिएका सबै सवारी मुग्लिनबाट नारायण्गढतर्फ जाँदै गरेका प्रहरीले जनाएको छ ।

23.49¡ÆC