चैत्र २२, २०७३ 2017-04-04 मा प्रकाशित Published at 2017-04-04
639 views

कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका स्थित डोडा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८ बर्षकी पुजा चन्द र ७ वर्षीया रस्मिता नाथ रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

खोजी गर्ने क्रममा हिजो साझ दुवै बालिका नदी किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । आइतवार दिउसो देखि दुवै बालिका बेपत्ता रहेका थिए ।

नदीमा नुहाउने क्रममा दुवै जना डुवेको हुन सक्ने स्थानीयको आशंका रहेको छ ।

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु

लमजुङ, २२ चैत्र । विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ । मध्य नेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया संगीता थापाको मृत्यु भएको हो ।

घर नजिकैको जंगलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित परिवारका पाँचै जना बिरामी भएपछि छिमेकीले उपचारका लागि पोखरा लगेका थिए ।

बिरामीमध्ये संगीता थापाको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।