कुलमानले ल्याए सँधैका लागि लोडसेटिङ हटाउने योजना

चैत्र २२, २०७३ मा प्रकाशित | 1200 views

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दिर्घकालिन रुपमा लोडसेडिङ अन्त्य गर्ने योजना सहित प्राधिकरण अघि बढेको बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिमिङङ्गले हाल देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको र अव लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङङ्गले अहिले मौसमका  कारण बेला बेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको स्पष्ट पार्दै पुष, माघ, फागुन र चैत्रको सुख्या याम समेत सहज ढंगले पार भएकोले  अव लोडसेडिङ नदोहोरिने स्पष्ट पार्नुभयो ।

उहाँले औद्योगिक क्षेत्रमा हाल भैरहेको ४ घण्टाको लोडसेडिङ बर्षापछि  हट्ने बताउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङले लोडसेडिङ सदाका लागि अन्त्य गर्नका लागि आफूहरु निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र ट्रान्सफर्मर अपग्रेडिङ गर्ने तर्फ लागिरहेको जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आएपछी हाल भारतबाट भैरहेको आयातलाई क्रमश घटाइने र तामाकोशी लगायतका निर्माणधिन आयोजना बनेपछी सुख्खायाम बाहेकको समयमा विजुली समेत सकिने बताउनु भयो ।

प्राधिकरणले यहि चैत्र २५ गते शुक्रवार विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगः देशको सम्वृद्धिमा सहयोग भन्ने नाराका साथ विद्युत सुरक्षा दिवस मनाउने भएको छ ।

दिवसका अवसरमा ग्राहक, विद्युत कर्मचारीलगायत सवैमा विद्युतिय सुरक्षा सम्बन्धी जनचेतना  अभिबृद्धि सम्वन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web