<p>पप्पु गुरुङ्, २३ चैत्र, महाकाली नगरपालिका । महाकाली नगरपालिकाको नदी किनारमा बर्सौं देखि बादी समुदायको बसोवास छ । उनिहरु बिगत लामो समय देखि महाकाली नदी किनारमै एक सामदायिक बनको बिच भागमा झुपडी बनाएर बसेका छन् । उनिहरुलाई स्थानिय निर्वाचनको बारेमा केही जानकारीनै छैन् । महाकाली नगरपालिकाको बिभिन्न वडा तथा टोलमा स्थानिय निर्वाचनको रौनक छाएको बेला बादी बस्तीमा कहिले निर्वाचन हुने हो भन्ने समेत थाहै छैन् । उनिहरुको दैलोमा अझै सम्म कुनै नेता पनि स्थानिय निर्वाचनमा रिझाउन पुगेका छैनन् । देशमा राजतन्त्र, प्रजातन्त्र हुदै लोकतन्त्र, गणतन्त्र आए पनि उनिहरुको जिवन शैलीमा कुनै परिवर्तन आएको छैन । उहि परम्परागत सोच उहि शैली । अझै सम्म त्यही परम्परागतरुपमा बाल्दै आएको टुकीको सहाराबाट रात बिताउदै आएका छन् । घर नजिकै झलमल्ल बिद्युतको उज्यालो देख्दा आफुहरुलाई रहर लाग्ने गरेको भक्त बहादुर बादीले बताए । “हाम्रो पनि मन छ् । तर मन भएर मात्रै हुदैन् रहेछ्” भक्त बहादुर बादीले नमिठो स्वरमा भने । स्थानिय निर्वाचन प्रति उनिहरु पुर्ण अनबिज्ञ छन् । “जुन जोगी आए पनि कानै चिरेको” उनिहरु बताउछन् । बिगतका निर्वाचनमा पनि केही नेताहरु आएर ठुलै आश्वास बाढेर गएपनि अझै सम्म फर्केर नआएको उनिहरु बताउछन् । १० घरपरिवार बस्दै आएका बादी बस्तीमा आज भोली आएर २ घरपरिवारकोृ मात्रै झुपडी रहेका छ् । उनिहरुको पेशाको अभावमा ज्याला मजुरी गर्न भारत तिर पलाएन हुन बाध्य भएको शारदा बादी बताउछन् । सरकारले आफुहरुलाई उचित ब्यवस्था नगरेको कारण आफुहरु पलाएन हुन बाध्य भएको शारदा बादीको भनाई रहेको छ् । महाकाली नगरपालिका कार्यालयमा आएको लाखौ रुपियाँ दलितहरुका लागी बजेट तथा कार्यक्रमले उनिहरुलाई रक्तीभरी छुुन सकेको छैन् । “दलितहरुको लागी बजेट हुन्छ भन्छन् हामीलाई कहाँ पाउछ उक्त बजेट थाहै छैन्” शारदा बादीले भनिन् । दुई छाक टार्न बादी समुदायका परिवारलाई अहिले धौं धौं छ् । यस पटकको स्थानिय निर्वाचनले महाकाली नगरपालिका बिभिन्न टोल बस्तीमा रौनक छाएको छ् । तर बादी बस्तीको आंगन सम्म स्थानिय निर्वाचन पुग्न सकेको छैन् । स्थानियहरुको खेतवारवारी, चिया पसल चौतारामा स्थानिय चुनावी रमझम छ् । तर बादी बस्तीमा कुनै दलका कार्यकर्ता पनि स्थानिय निर्वाचन बारे रिझाउन समेत पुगेका छैनन् । “हामीलाई निर्वाचन आएपनि नआएपनि कुनै असर छैन” राज बहादुर बादी भन्छन् । सरकारले विभिन्न दलित समुदाय लाखौ रुपिया लगानी लगाएको सरकारी विवरण प्रस्तुत गरेपनि उनिहरुमा एक सुक्का पनि सरकारको रकम पुग्न सकेको अवस्था छैन् । स–साना झुप्रामा जिवन यापन गर्दै आएका महाकाली नगरपालिका बादी समुदायलाई बिहान र साँझ के खाने चिन्ता नै ज्युको त्युँ छ् । समुदायमा युवाको नाममा एक जना पनि छैनन् । रोजगारीका लागि युवा पुस्ता भारत तिर लागे पछि बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै छन् । उनीहरूको समस्या कसैले समाधान गर्ने तर्फ चाँसो देखाएका छैनन् । “चुनावका बेला सबैले भन्छन् । तपाईंहरुका समस्या हामी समाधान गर्छौं, भोट दिनुहोस् । तर जितेर गए पछि हामीलाई कसैले हेर्दैनन्” बिनोद बादीले भने, “हाम्रो पिडा कसले समाधान गर्ला ? देशमा गणतन्त्र आयो भन्छन् । तर हाम्रा दिन भने फेरिएनन् ।” </p><div><br></div>
17.3¡ÆC