राष्ट्रपतिद्वारा त्रियुगा नदी कटान क्षेत्रको अवलोकन

चैत्र २३, २०७३ मा प्रकाशित | 642 views

उदयपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नदी कटान नियन्त्रणका लागि विशेष योजना सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

त्रियुगा नदी शप्तकोशीमा मिसिएको सुनसरीको चतरादेखि उदयपुरको त्रियुगा नगरपालिका सम्मको नदी कटान क्षेत्र अवलोकनपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नदी कटानलाई रोक्न विशेष योजनासहितको कार्यक्रम सञ्चालनमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

आजै राष्ट्रपति भण्डारीले पूर्वी नेपालमा रहेको धार्मिक तथा पर्यटकीय सम्भावना र अन्न भण्डारको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

सुनसरीको धार्मिक स्थल चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कञ्चनजंघा जस्तो हिमश्रृंखला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारले पूर्वी नेपाल प्राकृतिक सम्पदाले सम्पन्न भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कोसी नदी आसपास नदीजन्य प्रकोपको पीडाबाट पिल्सिएकालाई मल्हमपट्टी लगाउनमात्र सकियो भने पनि उनीहरुमाथि न्याय हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web