फोरम लोकतान्त्रिकसँग दुई पार्टी एकीकरण

चैत्र २३, २०७३ मा प्रकाशित | 753 views

काठमाडौं ।

मधेसी जनअधिकार फोरम 'लोकतान्त्रिक' नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी 'लोकतान्त्रिक' र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।

घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताए ।

जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि एक भएको बताए ।

पार्टी एकीकरणपछि व्यवस्थापिका–संसद्मा १७ सदस्य भइ फोरम पाँचाँै ठूलो दल बनेको छ ।

चौधरीका अनुसार तीनै पार्टीमा अहिले रहेको नेताहरुको जिम्मेवारी नयाँ महाधिवेशन नभएसम्मका लागि यथावत् राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web