काठमाडौं ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को काठमाडौंमा सम्पन्न बैठक कुनै ठोस सहमतीबिनै टुंगिएको छ ।

बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा पुनःलेखन के गर्ने भन्ने बारेमा मतैक्यता कायम गर्न सहमति जनाएको बताइएपनि भारतीय पक्षले यसबारेमा छलफल गर्ने भन्दै सहमती गर्न तयार नदेखिएको हो ।

बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्व पराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताए । तर पत्रकार सम्मेलनमा भने भारतीय पक्षका कोही उपस्थित नभई हिँडेका थिए ।

बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गर्नुभयो ।

समूहको चौथो बैठक आगामी मे २९ देखि ३१ सम्म देहरादुनमा आयोजना गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताउनुभयो ।

नेपालले १९५० को सन्धिका साथै व्यापार घाटा, सीमा समस्या र जलस्रोतबारे आफ्नो धारणा राखेको थियो । भारतीय पक्षले समान्य प्रतिक्रिया दिएपनि थप अध्ययन गर्ने बताएपछि बैठक सकिएको छ ।

बैठकमा नेपाली पक्षले १९५० को सन्धिका असमान चार धारा खारेज गर्न आवश्यक रहेको बताएको थियो । जलस्रोत सम्वन्धी सन्धिको समीक्षासहित नेपाली धारणा र व्यापार तथा पारवहन सम्झौता र व्यापार घाटाबबारे नेपालको चासो समेत प्रस्तुत गरिएको थियो ।

15.51¡ÆC