काठमाडौंका घरको जानकारी लिन स्नाकोत्तर उत्तिर्ण हजार युवाले महानगरमा काम पाउने

चैत्र २४, २०७३ मा प्रकाशित | 1247 views

काठमाडौंका घरको जानकारी लिन स्नाकोत्तर उत्तिर्ण हजार युवाले महानगरमा काम पाउने

काठमाडौं ।

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेको सबै घरको घर नक्साअनुरुप निर्माण भएको छ वा छैन, भाडामा दिएको छ वा छैन, कुन घरमा कतिजना बसोबास गर्छन, नियमित कर तिरेका छन् वा छैनन् जस्ता सम्पूर्ण जानकारी लिनका लागि युथ सिटीको अभियान ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

महानगरभित्रका करदातालाई करको दायरामा ल्याउन पनि यस अभियानले ठूलो सहयोग पुग्ने कामपाको विश्वास रहेको छ ।

यस कार्यमा व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web