प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढ्यो, वार्षिक कति हजार खर्चिन्छन् एक नेपालीले ?

चैत्र २५, २०७३ मा प्रकाशित | 805 views

काठमाडौं, चैत २५ । नेपालीको वार्षिक प्रतिव्यक्ति उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढेको देखाएको छ ।

सर्भेक्षणअनुसार ग्रामीण घरपरिवारको वार्षिक औसत उपभोग खर्च २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ रहेको छ भने सहरी घरपरिवारको यस्तो खर्च ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ रहेको छ ।

समग्र नेपाली घरपरिवारको वार्षिक औसत उपभोग खर्च ३ लाख २२ हजा ७ सय ३० रुपैयाँ रहेको छ । यस्तै, ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति उपभोग खर्च ५२ हजार ७ रुपैयाँ र सहरी क्षेत्रमा १ लाख १ हजार ६ सय ५९ रुपैंया रहेको विभागले जनाएको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब दोब्बर रहेको देखाएको छ ।

यस्तै, घरपरिवारको कुल उपभोग खर्च अघिल्लो वर्षको १६ खर्ब २२ अर्ब ४करोड रुपैयाँबाट २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले वृद्घि भएर १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । वार्षिक घरपरिवार सर्वेक्षण चौथो नतिजाअनुसार व्यक्तिगत उपभोग खर्च बढेको देखाएको छ ।

सर्वेक्षणको लागि तथ्यांकीय विधिबाट छानिएका सहरी क्षेत्रका १ सय ५०, गणना क्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार तथा ग्रामीण क्षेत्र अन्तर्गतका १५० गणना क्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार गरी साढे ४ हजार घरपरिवारबाट यो नमुना तथ्यांक संकलन गरिएको हो ।

आर्थिक वर्ष ०७२र०७३ मा सञ्चालित चौथो वार्षिक घरपरिवार सर्वेक्षणको संक्षिप्त नतिजामा नेपालको घरपरिवारको जम्मा उपभोग खर्च चालू मूल्यमा १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो सर्वेक्षणमा यस्तो खर्च १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ थियो । सर्वेक्षणमा २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले खर्च वृद्धि भएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ११.२ प्रतिशतको वृद्घि देखिएको छ ।

प्रतिवेदनले सहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ५५.१ प्रतिशत रहेको जनाएको छ । तर ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४०.२ प्रतिशत रहेको उल्लेख छ । समग्रमा भने नेपाली घरपरिवारको खाद्य उपभोग खर्च ५३.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४६.२ प्रतिशत रहेको छ आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web