यि हुन महाकालीमा राप्रपाको तर्फ देखि तिन आकांक्षी मेयर पदका उम्मेदवार

चैत्र २५, २०७३ मा प्रकाशित | 627 views

पप्पु गुरुङ्, २५ चैत्र, महाकाली नगरपालिका । वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका आकांक्षी उम्मेदवारको ब्यापक चहल पहल बढेर गएको छ् । राप्रपामा मेयर पदको लागी ३ जना आकंक्षी उम्मेदवारहरु देखा परेका छन् । भिम कुमाल, नन्दा खत्री र धनसरा चन्द राप्रपाका प्रमुख ३ जना मेयर पदको आकांक्षी उम्मेदवारहरु हुन् । पार्टी श्रोत अनुसार भिम कुमालको मेयरको टिकट पाउने सम्भावना बढी देखिएको छ् भने पुर्व माननिय ईन्द्र बहादुर खत्रीको श्रीमती नन्दा खत्रीको मेयर पदको लागी टिकट पाउने सम्भावना पनि त्यत्तीकै प्रवल रहदै आएको बताईएको छ् । । भिम कुमाल टिकट दिलाउनको लागी युवाहरु पार्टी पंक्तीलाई दवाव दिदै महाकालीमा बिभिन्न दवाव मुलक कार्यक्रम गर्दै आएको पार्टी श्रोतले बताएको छ् । पुर्व माननिय ईन्द्र बहादुर खत्रीको श्रीमती नन्दा खत्री भएको हुदा श्रीमानको कारण उमेरको टिकट नन्दा खत्रीलाई पार्टीले दिनसक्ने आकंलन समेत गरिदै आएको बताईएको छ् । बिगतको तुलनामा राप्रपामा युवा पंक्ती सुधार आएको जानकारहरु बताउछन् । बिगतका दिनमा महाकाली क्षेत्रमा सामाजिक कार्यमा सक्रिय बन्दै आएका भिम कुमालले युवा शक्तीलाई संगठित गर्ने पार्टी नेतृत्व पंक्तीले आशा लिएको छ् भने महिलाहरुको संगठनलाई बलियो बनाउन नन्दा खत्रीको भुमिका पनि त्यत्तीकै अहम रहदै आएको राप्रपाका नेताहरु बताउछन् । यस्तै नेपाली काग्रेंसबाट असन्तुष्ट भएर राप्रपामा आएका राप्रपाका अर्का नेत्री धनसरा चन्द हुन् । चन्द बिगतका दिनहरुमा नेपाली काग्रेंसका चाँदनी क्षेत्रमा नेपाली काग्रेंसका क्रियाशिल कार्यकर्ताको रुपमा चिनिदै आएका हुन् । नेपाली काग्रेंसबाट असन्तुष्ट बनेपछि उनि २०७० सालमा उनि राप्रपामा प्रबेश गरेका थिए । मेयर पदमा ३ जनाले अडान लिएपछि नेतृत्व पंक्तीलाई मेयर पदको टिकट कसलाई दिने भन्ने सहमत िबनाउन हम्मे हम्मे पर्न थालेको पार्टी श्रोतले जनाएको छ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web