पर्वत ।

लामो समयको खडेरीका कारण घैँटामा संकलन गरिएको पानी सुकेपछि पर्वतको एक विकट गाउँमा खानेपानीको समस्या भएको छ ।

नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा पानीको समस्या भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेर पाटाबासी घैँटामा पानी सकिएपछि झनै समस्यामा परेका छन् ।

उनीहरूले विगत एक दशकदेखि घैँटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।

वर्षात्को समयमा संकलन गरेर राखेको पानी पिउन बाध्य उनीहरू त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् ।

24.93¡ÆC