संसद बैठक विद्युत् नियमन बिधेयक देखी भीमसेनदास प्रधानको अत्याधुनिक भवन निर्माण बिरोधसम्म

चैत्र २५, २०७३ मा प्रकाशित | 1004 views

काठमाडौं ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गर्नुभएको छ ।

बिधेयक पेश गर्दे मन्त्री शर्माले जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा विधेयक प्रस्तुत गरेको बताउनुभयो ।

उहांले विद्युत् व्यापारलाई सरल, पारदर्शी, र  प्रतिस्पर्धी बनाउन स्वतन्त्र, स्वायत नियमन आयोग बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो ।

त्यसअघि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापाले सो प्रस्तावमाथि दर्ता गराउनुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

यसअघि बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको बताए । स्मरणीय छ उक्त भवन निर्माणत कम्पनीसँग चन्दा मागेको विषयमा खवर बाहिरिनुका साथै अनेक माग राख्दै काँग्रेस नेताहरुले अवरोध गरेपछि भवन निर्माणकार्य रोकिएको छ ।

सांसद भीम आचार्यले १२ हजार बढी कोसी बाँध पीडितलाई तत्काल वासस्थान र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद प्रेम सुवालले मुलुकको हितका लागि सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सीपी मैनाली विश्वेन्द्र पासवान, हरिचरण साह, गङ्गा चौधरीले संविधानको भावना विपरीत गएर सरकारले साना दललाई निर्वाचनमा भाग लिन नदिने उद्देश्यका साथ गतिविधि गरेको र निर्वाचन चिह्न नदिने काम गरेको गुनासो गर्नुभयो ।

सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त नगरिनु संविधानको मर्म र भावना विपरीत भएको बताउनु भयो ।

सांसदहरु अञ्जना ताम्ली, वीरबहादुर बलायरले असिनापानी पीडित जनतालाई राहत दिन आग्रह गर्नुभयो ।

संसदको अर्को बैठक यही चैत्र २८ गते १३ः०० बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web