शिवनगर । 'संविधान दिवस २०७६' को उपलक्ष्यमा नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्था लि. शाखा कार्यालय शिवनगरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
नेपाल सरकारले संबिधान दिवसलाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर उत्सवको रुपमा मनाउन घोषणा गरे अनुसार तथा नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाको केन्द्रीय कार्यालयको पत्राचार अनुसार अन्य शाखामा जस्तै शिवनगर शाखामा राष्ट्रिय झण्डा फहराइएको शाखा प्रमुख प्रतिमा ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय कार्यक्रम अनुसार शाखा कार्यालयमा असोज दुई गते बिहीबार साँझ दिप प्रज्वलन गरेर स्वागत गरिएको थियो भने आज असोज ३ गते नेपालको संबिधान २०७२ जारी भएको उपलक्ष्यको चौथो वर्षको खुसीयालीमा राष्ट्रिय झण्डा फहराइएको हो ।

शाखा कार्यालयमा आयोजित राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा शाखा प्रमुख प्रतिमा ढकाल सहित कर्मचारीहरु एकानन्द न्यौपाने, समीक्षा पराजुली, सबिता गुरुङ (अधिकारी) लगायतको सहभागिता रहेको थियो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाले विस २०७१ मा शिवनगरमा शाखा स्थापना गरेर चितवनको विभिन्न स्थान सहित गैँडाकोटमा समेत सेवा पुर्याउदै आएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाले गरिबी न्युनिकरण तथा समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागी समूह स्थापना, बचत संकलन एंव कर्जा लगानी, क्षमता अभिबृद्धि, व्यवसाय सञ्चालनको लागी तालीम तथा समन्वय लगायतका सेवा पुर्याउदै आएको छ । कृषि तथा पशुपालन एंव व्यवसाय सञ्चालनको लागी कर्जा लगानीको माध्यमबाट पुर्याउदै आएको सेवाले गरिबी न्युनिकरण एंवम महिलालाई आर्थिक रुपमा सक्षम बनाउनको लागी महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

काठमाडौ । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका दुई सय ८२ कैदीलाई सजाय माफी दिने निर्णय गरेको छ । कैदमाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम उनीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र
सजाय माफी दिन लागिएको हो । मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा शुक्रबार हनुमानढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा सबैलाई निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ ।

डा. रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’
सरकारले यस वर्षको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट आँखा चिकित्सक डा. सन्दुक रुइतलाई पुरस्कृत गर्ने भएको छ । उनलाई पाँच लाख रुपैयाँसहितको सम्मान गर्न लागेको हो । राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । उनीहरूलाई जनही दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा
सरकारले नेपाली सेनामा सहायक रथी दर्जाको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ । चार वर्षका लागि मात्र सो पद सिर्जना गर्ने निर्णय भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका महासेनानी यमबहादुर अधिकारीलाई लक्षित गरी विशेष पद सिर्जना गरिएको हो । सरकारले महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ । यस्तै, सरकारले प्राविधिक प्रमुख सेनानीद्वय वानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरेको छ ।

सरकारले नेपाल–भारत व्यापार सन्धि २००९ पुनरावलोकनको तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सातविसे । ईलाका प्रहरी कार्यालय खरानीटारको आयोजनामा तादी गाउँपालिका वडा नं. ४ स्थित सुन्दरादेवी माध्यामिक विद्यालयमा बिहीबार लागुऔषध तथा मानव बेचबिखन बिरुद्द जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

इलाका प्रहरी कार्यालय खरानीटारका इञ्चार्ज प्रहरी निरीक्षक नरेश महत्तो, प्रहरी नायव निरीक्षक कविन्द्र घिमिरेले उक्त विद्यालयका विद्यार्थीलाई लाग’औषध ओसार पसार र मानब बेचबिखनको घटना जघन्य अपराध भएकाले यस्ता घटनामा संलग्न नहुन र कोही कसैले यस्ता किसिमको अपराध गरेको सूचना पाएमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो ।
सहभागी विद्यार्थीहरुलाई लागुऔषध अन्तरगत आफ्नो गाउँबस्तीमा गाजाको बोट भएमा त्यसलाई फडानी गरेर स्थानीयस्तरमा उत्पादन हुने लागुऔषधबाट हुने अपराध अन्त्य गर्न आह्वान गरिएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिनुभयो ।

उहाँको अनुसार विद्यार्थीहरुलाई कानूनले निर्धारण गरे अनुसारको उमेर नपुग्दै (कम उमेरमा) बिबाह नगर्न, कसैले बिबाह गर्ने, राम्रो जागिर मिलाइदिने, बजारमा घुमाउन लैजाने, सामाग्रि किनिदिने तथा मिठो खुवाउने लगायतका लोभप्रलोभन देखाउन खोजमा त्यसको सूचना प्रहरीलाई दिनपनि आह्वान गरिएको छ ।

सहभागी विद्यार्थीहरुले आफूहरुले केही अपराधसम्बन्धिका गतिविधिको जानकारी पाएमा प्रहरीमा खबर गरेर सहयोग पु-याउने प्रतिबद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक एंव स्थानीय सरोकारवाला बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको समेत सहभागिता रहेको थियो ।

जिल्लामा मानवबेचबिखनको लागी प्रभावित क्षेत्र मध्येमा पर्ने साविक सुन्दारदेवी गाविस अन्तरगत पर्ने उक्त सुन्दरादेवी माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सचेत गराउनको लागी प्रहरीले उच्च प्रथामिकता दिएर कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त विद्यालय तथा त्यस आसपासको स्थानमा शक्ति समूह, नेपाल लगायतका सामाजिक सँस्थाहरुले पनि मानव बेचबिखन विरुद्धमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाउदै आएको छ ।

धुञ्चे । रसुवाको मुख्य बजार क्षेत्रको चोकचोकमा राष्ट्रिय झण्डा फहराईको छ । जिल्ला स्थित सरकारी र अर्धसरकारी कार्यालयहरु, निजी तथा गैर सरकारी संस्थाहरू, नागरीक समाज, आमा समूह, स्काउट रसुवा, बिभिन्न माध्यामिक बिधालयहरू, उधोग बाणिज्य संघ रसुवा, चेम्वर अफ कमर्श रसुवा, होटेल व्यवसायी संघ रसुवा, अन्य संघरसंस्थारनिकायहरूमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा राष्ट्रिय झण्डा फहराइएको हो ।

रसुवा जिल्लामै पहिलो पटक गोसाईकुण्ड गाँउपालिकाको सहयोगमा मुल सडकको दायाँ बायाँ र चोकमा २०७६ असोज २ गते देखि नेपालको राष्ट्रिय झण्डा ५६ वटा समेत फहराईएको छ । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा निम्न कार्यक्रमका साथ हर्षोल्लासमय बाताबरणमा भब्यताका साथ मनाउने कार्यक्रम तय भएकाले सबैले कार्यान्वयन गर्ने गराउन सहयोग हुनका साथै असोज ३ गतेको प्रभात फेरि कार्यक्रममा उपस्थितिका लागि आह्वान गरिएको छ ।

असोज २ गते आफ्नो कार्यालय, टोल, सडक सरसफाई र साँझमा सरकारीरअर्धसरकारी कार्यालयमा र घरघरमा, टोलटोलमा दीपावली र माध्यामिक बिद्यालयमा बकतृत्वकला सञ्चालन गरिएको छ । यस्तै, असोज ३ गते बिहान ७ : ३० बजे विभिन्न झाँकी, ब्यान्डबाजा, परेड र देब्रेतर्फ नेपालको झण्डा अंकित टिसर्ट वा औपचारिक पोशाक सहित सदरमुकाम धुन्चे पुरानो स्वागतद्वारबाट जिल्ला समन्वय समितिको प्राँगनसम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ । त्यसको लागी सरकारी, अर्धसरकारी कार्यालयका कर्मचारी सबै अनिवार्य उपस्थितको लागी भनिएको छ ।

यस्तै, असोज ४ गते साँझ सरकारी, अर्धसरकारी कार्यालयमा र घरघरमा, टोलटोलमा दीपावली गर्ने कार्यक्रम राखिएको रसुवाका प्रजिअ अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

विदुर । वैदेशिक रोजगारीको सिलसिलामा लामो समयसम्म प्रवासमा बिताएर म्हेन्दोमाया गित तथा अन्य गितको संरक्षण, सम्बर्द्धन, प्रवर्द्धनको लागि लामो समयदेखि लागि पर्नुभएका नुवाकोटको म्यागङ गाउँपालिका वडा नं .४ किम्ताङका कलाकार गायक आर.बि.वाङदेन लामाले तेश्रो कोशेली स्वरुप दामिज युट्युव च्यानलमार्फत 'कोसिङ रो रो' गित बजारमा ल्याउनुभएको छ । उहाँको भिडियो सहितको तेश्रो प्रस्तुती कासिङ रो रो अहिले धेरैको रोजाईमा परेको छ ।

उक्त गितको म्युजिक भिडियोमा गायक आर.बि.वाङदेन लामाको स्वर, शब्द तथा संगित मिना लामा, एरेन्जर अमृत ल्वागुन, मोडलमा पुर्णिमा थोकर, रन्जिता स्याङतान, फैंसिंह तामाङ, पुर्ण तामाङ, छायांकन शरण लामा, कोरियोग्राफर राहुल कपरे, सन्तबहादुर तामाङ, पुर्ण तामाङ, शुशिला घले लगायतका कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहेको छ ।

उक्त गितलाई ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको हो । 'कोसिङ रो रो' गितको म्युजिक भिडियो अपेक्षा गरेको भन्दै निकै राम्रो तयार भएकाले नै अहिले मेन्दोमाया दशर्कको रोजाईमा पहिलो नम्बरमा रहेको कलाकार आर.बि.वाङदेनले बताउनुभयो ।
यस्तो छ 'कोसिङ रो रो' भिडियो :

विदुर । पछिल्लो समयमा माहामारीको रुपमा फैलिएको डेंगु रोक नियन्त्रणको लागी नुवाकोटको तुप्चेका सरोकारवालाहरुले चासो देखाएका छन् ।
विदुर नगरपािलका वडा नं. ७ तुप्चेमा रहेको न्यू तुप्चे युवा क्लबको आयोजनामा स्थानीय क्षेत्रमा रहेका सुरक्षा निकाय, विद्यालय, अन्य सामाजिक सँस्था, जनप्रतिनिधिहरुले खाल्डाखुल्डी पुर्ने, जमेका पानी हटाउने तथा फोहर संकलन एंव व्यवस्थापनको कार्य गरेको हो ।

डेंगुरोगबाट प्रभावित भएको जिल्ला र तुप्चेमा समेत एक जनामा रोगको सक्रमण पाइएपछि रोग नियन्त्रणको लागी सरोकारवालासंगको सहकार्यमा बुधबार नियन्त्रणको अभियान चलाइएको आयोजक न्यू तूप्चे युवा क्लबका अध्यक्ष अध्यक्ष दिनेश बोगटीले जानकारी दिनुभयो ।

वडा नं ७ मा रहेको अक्करेबजारदेखि सोलेबजारसम्मको विभिन्न वस्तीहरुमा पुगेर सडक तथा घरको छेउछाउमा रहेका खाल्डाखुल्डी पुर्ने र जमेका पानीहरु हटाउने, फोहरलाई संकलन गरेर सुरक्षित स्थानमा विसर्जन गर्ने, घर छेउछाउमा रहेका झाडीहरु हटाएर डेंगु रोग सार्ने लामखुट्टे हटाउने कार्य गरिएको क्लबका सचिव सुदिप बोगटीले जानकारी दिनुभयो ।

क्लबको आयोजनामा भएको कार्यक्रममा सह–आयोजकको रुपमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय र पाईनियर आवाशीय अग्रेजी विद्यालयका शिक्षक र विद्यार्थीहरु, आदर्श जनकल्याण युवा क्लबमा आबद्ध युवाहरु, नेपाल रेडक्रस सोसाइटी तुप्चे शाखामा आबद्ध रेडक्रसकर्मीहरु, सामुदायिक स्वास्थ्य केन्द्र तुप्चेका स्वास्थ्यकर्मीहरु सहित त्रिशूली जलविद्युत आयोजनाको बाँधस्थल सुरक्षाको लागी खटिएको जबरजंग गणका नेपाली सेना र स्थानीयबासीको सहभागिता रहेको थियो ।

उक्त डेंगु रोग नियन्त्रणको लागी आयोजित सचेतना एंव लामखुट्टेको लार्भा खोजी तथा नष्ट कार्यक्रम मार्फत सामुदायमा रोग लाग्न नदिनको लागी सामुदायमा जागरुकता पुगेको न्यू तुप्चे युवा क्लबका सदस्य निराजन बोगटीले बताउनुभयो । उहाँको अनुसार स्वतःस्फुर्त रुपमा सहभागिता जनाएका स्थानीयबासीले आफ्नो घर वरिपरीको सरसफाई गर्ने, झाडीहरु हटाउने, खाल्डाखुल्डी, घरको छत तथा छानाहरुमा पानी जम्ने स्थान भएको भए त्यसलाई हटाउने कार्य गरेर रोग नियन्त्रणको लागी सुरक्षित समुदाय बनाउनको लागी एक्यवद्धता जनाएका छन् ।

तस्वरीर सौजन्य : न्यू तुप्चे युवा क्लबका सदस्य निराजन बोगटी :

रसुवा । नेपाल–चीन सञ्चालनमा रहेको प्रमुख ब्यापारिक नाका रसुवागढीबाट ओहोर–दोहोर गर्ने मैलुङ–स्याफ्रुबेँसी सडक मंगलबारदेखि सञ्चालनमा आएको छ ।

रसुवागढी हुदै आउजाउ गर्न पासाङल्यामु राजमार्गको राम्चे–ग्राङ खण्डमा भदौ २५ गते पहिरो गएपछि अबरुद्ध यातायात सेवा मैलुङतर्फ बाट खुलाइएको हो । नेपाल–चीनबीचको द्रुतमार्ग अन्तरगत नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकमा ठूल्ठूला ढुङ्गा सहितको पहिरो खसेका कारण गत असारदेखि बन्द गरिएको थियो ।

शनिबारदेखि मर्मत सुरु गरिएको सडकको पहिरो पन्छाउने र जोखिम हटाउने कार्य पूरा गरेर मंगलबार साँझदेखि गाडी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । राम्चे–ग्राङ खण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका वडा नं. १ को नाकुरदुङमा सडक भासिएर यातायात सञ्चालन गर्न कठिन र मर्मतको लागी समयअवधि समेत धेरै लाग्ने भएका कारण तीन महिनादेखि बन्द रहेको मैलुङ–स्याफ्रुबेँसी सडक सुचारु गरिएको छ ।

सडक सञ्चालनमा आएसगै रसुवागढी नाकाहुदैँ दशै पर्वलाई लक्षित गरेर नेपाल भित्र्याएका मालबाहक कन्टेनर गन्तव्यतर्फ लागेका छन् । भदौ २५ देखि रसुवागढी भन्सारमा जाँचपास गरेका कन्टेनरको सङख्या पाचसय भन्दाबढी भएपनि फलफूल बोकेका गाडीलाई पहिलो प्रथामिकता दिएर मैलुङतर्फको सडकबाट आवत–जावत सुरु गरेको रसुवा प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा रसुवागढी पुग्न पासाङल्यामु मार्गको धुञ्चेतर्फबाट भन्दा २५ किलोमिटर दुरी छोटो पर्ने र घुम्ती समेत नभएका कारण मैलुङबाट सिधै स्याफ्रुबेसी पुग्ने सडक चालकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । मैलुङ–स्याफ्रुबेसीँ सडक धादिङको गल्छीबाट नुवाकोटको त्रिशूलीहुदै सिधै रसुवागढी पुग्नसक्ने गरेर निर्माण भइरहेको राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनामा समावेश गरिएको छ ।

रसुवा । वर्षाकाका कारण अवरुद्ध मैलुङ—स्याफ्रुबेँशीखण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रूपमा अघि बढाइएको छ । जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङतर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।

राजमार्गमा रहेका बाँकी अबरोध हटाउने काम भइरहेको र अब पाँच किलोमिटर दुरी खुलाएपछि यातायात सञ्चालनमा आउने स्थलगत रुपमा खटिनुभएका सासंद् मोहन आचार्यले दिनुभयो । उहाँको अनुसार बुधबार साँझसम्म उक्त सडकमा सवारी सञ्चालनमा ल्याउन सकिने लक्ष्य लिइएको छ ।

जिल्लाको राम्चे–ग्राङबीचको पासाङल्यामु मार्गमा पहिरोले अबरोध बनाएको सडकलाई सुचारु गराउन समय धरै लाग्ने भएपछि सांसद् आचार्य सहित प्रदेशसभा सदस्यहरु प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ एवम् प्रशासन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कर्नेल तामाङ, नेपाली काँग्रेसका सभापति पेम्बा छिरिङ तामाङ समेतको समन्वय र सहकार्यमा जनसहभागितामा मैलुङ–स्याफ्रु सडक खण्ड सुचारु गराउन लागिएको हो । उक्त सडकमा ठूल्ठूला ढुङ्गा खसेर गत असारदेखि बन्द रहदै आएको थियो ।

राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद् आचार्य मार्फत उपलब्ध गराइएको दुई वटा, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाको दुई थान, स्याफ्रुबेशीतर्फ गोसाइँकुण्ड गाउँपालिकाको एक थान, स्काभेटर सहित रसुवागढी जलविद्युत आयोजना र डिभिजन सडक कार्यालय नुवाकोटको एक–एक थान सहित र पूर्वसासंद् जनार्दन ढकाल मार्फत उपलब्ध गराइएको एक थान लोडर पहिरो पन्छाउन कार्यक्षेत्रमा खटाइएको छ । सडक सुधार कार्यमा मैलुङतर्फबाट स्थलगतरूपमा खटिनुभएका सासंद् मोहन आचार्यका दाजु राममणी आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ र रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी सहितको टोलीले समन्वय गरिरहेको छ ।

उक्त क्षेत्रबाट सडक सचारुको लागी द्रुत रूपमा काम अगाडी बढाइएको गल्छी–रसुवागढी योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार छोकलतर्फबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको समन्वयमा सडक खुलाउने कार्यलाई तिव्र बनाइएको छ । राम्चे–ग्राङमा भदौ २५ गते पहिरो गएर तत्काल सडक खुलाउन सक्ने अबस्था नभएपछि यो सडक खण्ड शनिबारदेखि खुलाउन पहला भइरहेको हो ।
मैलुङ–स्याफ्रु सडक खण्ड नेपाली सेनामार्फत ट्रयाक खोलिएको १७ किमि दुरीको सडक रहेको छ । उक्त सडक खण्डमा गत असारदेखि पहिरो गएपछि अबरुद्ध रहदै आएको थियो । यस सडक सञ्चालनमा ल्याउन सके घुम्ती नभएका र छोटो दुरी समेत पर्ने हुदाँ रसुवागढी भन्सार हुदै नेपाल–चीन ओहोरदोहोर गर्न सहजता पुग्ने छ । बेत्रावतीबाट धुञ्चेहुदै स्याफ्रु निस्कन भन्दा मैलुङबाट सिधै स्याफ्रु पुग्न २५ किमि छोटो दुरी पर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताउनुभयो ।

उहाँको अनुसार धुञ्चेहुदै जाने सडक भन्दा मैलुङबाट जाने सडक सिधाँ भएकाले ओहोर दोहोर गर्न छिट्टो र दुर्घटनाको जोखिम समेत कम पर्ने छ । पासाङल्यामु मार्गको राम्चे–ग्राङ खण्डमा सडक पूरौ भासिएर जग समेत नै पहिरोको चपेटामा परेपछि दशैतिहार लक्षित गरेर चीनबाट रसुवागढी नाकाहुदै नेपाल भित्र्याउन लागिएको सामाग्रि बोकेका कन्टेनर भन्सारयार्डमा नै थन्किएका छन् ।

तयारी पोषाक, फलफूल, विद्युतीय उपकरण लगायतका सामाग्रि बोकेका कन्टेनरले भन्सार रहेको टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार भन्सार सक्किएका करीब चार सय कन्टेनर सडक अबरोधका कारण नेपालतर्फको गन्तव्यमा जान रोकिएका छन् ।

काठमाडौ । साफ यू–१८ च्याम्पियनशिप फुटबलका लागि नेपाली टिमका घोषणा गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले असोज ३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेका हुन् । काठमाण्डौमा हुन लागेको साफ यू-१८ च्याम्पियनशिपमा नेपालले उदघाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

अन्तिम २३ मा गोलकीपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन् । पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षणपछि मंगलबार सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकीपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् ।

डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा र अन्जल महर्जन छन् । त्यस्तै मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा परेका छन् ।

फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् ।

बेसीशहर । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा लम्जुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार बेलुकी ८ बजेर १८ मिनेटमा दार्चुलामा नेपाल र भारतमा सिमाना केन्द्रबिन्दु भइर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ मा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द समूहमा आबद्ध एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यहाँको पञ्चकन्या गाउँपालिका–५ का २५ वर्षका प्रनिल पौडेल (रमण) रहेका छन् । रमणलाई लिखु गापा–६ स्थित छहरे बजारबाट नियन्त्रणमा लिएर अनुसन्धानको लागी जिल्ला अदालतबाट पाचदिन थुनामा राख्न सोमबार अनुमति लिइएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीको अनुसार बा. ५८ प १३६२ नं.को मोटरसाइलकमा यात्रा गरिरहेका रमणलाई नियन्त्रणमा लिएर जिल्लामा विप्लव समूहबाट भएका आपराधिक क्रियाकलापका घटनामा अनुसन्धान अघि बढाइएको छ ।
रमण र विप्वल समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल अशोक एउटै मोटरसाइकलमा चढेर छहरे बजारबाट थानापतीतर्फ जाने क्रममा मोटरसाइकलले दुर्घटना भएर रोकिएपछि उद्धारको लागी प्रहरी पुगेको थियो । प्रहरीलाई प्रतिकार गर्दै अशोक भाग्न सफल भएका हुन भने रमणलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

रमणमाथी हाल गत साउन १६ मा बेलकोटगढी नपा–४ को एनसेल टावरमा आगजनी गरेको अपराधको अभियोग प्रहरीले लगाएको छ ।
रमण विप्लव समूहको जिल्ला सदस्य एवम् उक्त समूहको युवा संगठनका उपाध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानाकारी दिएको हो ।
प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् ।

उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने छ । यसअघि स्कुल स्तरिय यू १६, यू २१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ ।

कसरी खेलिन्छ नेटवल ?
नेटवल खेल क्यानडावाट सुरु भएको हो विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो । यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ । यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।