असारदेखि बन्द भएको मैलुङ-स्याफ्रुबेंसी सडक मंगलबारदेखि खुल्यो

भदौ ३१, २०७६ मा प्रकाशित | 12852 views

रसुवा । नेपाल–चीन सञ्चालनमा रहेको प्रमुख ब्यापारिक नाका रसुवागढीबाट ओहोर–दोहोर गर्ने मैलुङ–स्याफ्रुबेँसी सडक मंगलबारदेखि सञ्चालनमा आएको छ ।

रसुवागढी हुदै आउजाउ गर्न पासाङल्यामु राजमार्गको राम्चे–ग्राङ खण्डमा भदौ २५ गते पहिरो गएपछि अबरुद्ध यातायात सेवा मैलुङतर्फ बाट खुलाइएको हो । नेपाल–चीनबीचको द्रुतमार्ग अन्तरगत नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकमा ठूल्ठूला ढुङ्गा सहितको पहिरो खसेका कारण गत असारदेखि बन्द गरिएको थियो ।

शनिबारदेखि मर्मत सुरु गरिएको सडकको पहिरो पन्छाउने र जोखिम हटाउने कार्य पूरा गरेर मंगलबार साँझदेखि गाडी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । राम्चे–ग्राङ खण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका वडा नं. १ को नाकुरदुङमा सडक भासिएर यातायात सञ्चालन गर्न कठिन र मर्मतको लागी समयअवधि समेत धेरै लाग्ने भएका कारण तीन महिनादेखि  बन्द रहेको मैलुङ–स्याफ्रुबेँसी सडक सुचारु गरिएको छ ।

सडक सञ्चालनमा आएसगै रसुवागढी नाकाहुदैँ दशै पर्वलाई लक्षित गरेर नेपाल भित्र्याएका मालबाहक कन्टेनर गन्तव्यतर्फ लागेका छन् । भदौ २५ देखि रसुवागढी भन्सारमा जाँचपास गरेका कन्टेनरको सङख्या पाचसय भन्दाबढी भएपनि फलफूल बोकेका गाडीलाई पहिलो प्रथामिकता दिएर मैलुङतर्फको सडकबाट आवत–जावत सुरु गरेको रसुवा प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा रसुवागढी पुग्न पासाङल्यामु मार्गको धुञ्चेतर्फबाट भन्दा २५ किलोमिटर दुरी छोटो पर्ने र घुम्ती समेत नभएका कारण मैलुङबाट सिधै स्याफ्रुबेसी पुग्ने सडक चालकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । मैलुङ–स्याफ्रुबेसीँ सडक धादिङको गल्छीबाट नुवाकोटको त्रिशूलीहुदै सिधै रसुवागढी पुग्नसक्ने गरेर निर्माण भइरहेको राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनामा समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web