विदुर । वैदेशिक रोजगारीको सिलसिलामा लामो समयसम्म प्रवासमा बिताएर म्हेन्दोमाया गित तथा अन्य गितको संरक्षण, सम्बर्द्धन, प्रवर्द्धनको लागि लामो समयदेखि लागि पर्नुभएका नुवाकोटको म्यागङ गाउँपालिका वडा नं .४ किम्ताङका कलाकार गायक आर.बि.वाङदेन लामाले तेश्रो कोशेली स्वरुप दामिज युट्युव च्यानलमार्फत 'कोसिङ रो रो' गित बजारमा ल्याउनुभएको छ । उहाँको भिडियो सहितको तेश्रो प्रस्तुती कासिङ रो रो अहिले धेरैको रोजाईमा परेको छ ।

उक्त गितको म्युजिक भिडियोमा गायक आर.बि.वाङदेन लामाको स्वर, शब्द तथा संगित मिना लामा, एरेन्जर अमृत ल्वागुन, मोडलमा पुर्णिमा थोकर, रन्जिता स्याङतान, फैंसिंह तामाङ, पुर्ण तामाङ, छायांकन शरण लामा, कोरियोग्राफर राहुल कपरे, सन्तबहादुर तामाङ, पुर्ण तामाङ, शुशिला घले लगायतका कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहेको छ ।

उक्त गितलाई ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको हो । 'कोसिङ रो रो' गितको म्युजिक भिडियो अपेक्षा गरेको भन्दै निकै राम्रो तयार भएकाले नै अहिले मेन्दोमाया दशर्कको रोजाईमा पहिलो नम्बरमा रहेको कलाकार आर.बि.वाङदेनले बताउनुभयो ।
यस्तो छ 'कोसिङ रो रो' भिडियो :

17.77¡ÆC