डेंगु रोग नियन्त्रणको लागी नुवाकोटको तुप्चेमा जनचेतना अभियान

अशोज २, २०७६ मा प्रकाशित | 4893 views

विदुर । पछिल्लो समयमा माहामारीको रुपमा फैलिएको डेंगु रोक नियन्त्रणको लागी नुवाकोटको तुप्चेका सरोकारवालाहरुले चासो देखाएका छन् ।
विदुर नगरपािलका वडा नं. ७ तुप्चेमा रहेको न्यू तुप्चे युवा क्लबको आयोजनामा स्थानीय क्षेत्रमा रहेका सुरक्षा निकाय, विद्यालय, अन्य सामाजिक सँस्था, जनप्रतिनिधिहरुले खाल्डाखुल्डी पुर्ने, जमेका पानी हटाउने तथा फोहर संकलन एंव व्यवस्थापनको कार्य गरेको हो ।

डेंगुरोगबाट प्रभावित भएको जिल्ला र तुप्चेमा समेत एक जनामा रोगको सक्रमण पाइएपछि रोग नियन्त्रणको लागी सरोकारवालासंगको सहकार्यमा बुधबार नियन्त्रणको अभियान चलाइएको आयोजक न्यू तूप्चे युवा क्लबका अध्यक्ष अध्यक्ष दिनेश बोगटीले जानकारी दिनुभयो ।

वडा नं ७ मा रहेको अक्करेबजारदेखि सोलेबजारसम्मको विभिन्न वस्तीहरुमा पुगेर सडक तथा घरको छेउछाउमा रहेका खाल्डाखुल्डी पुर्ने र जमेका पानीहरु हटाउने, फोहरलाई संकलन गरेर सुरक्षित स्थानमा विसर्जन गर्ने, घर छेउछाउमा रहेका झाडीहरु हटाएर डेंगु रोग सार्ने लामखुट्टे हटाउने कार्य गरिएको क्लबका सचिव सुदिप बोगटीले जानकारी दिनुभयो ।

क्लबको आयोजनामा भएको कार्यक्रममा सह–आयोजकको रुपमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय र पाईनियर आवाशीय अग्रेजी विद्यालयका शिक्षक र विद्यार्थीहरु, आदर्श जनकल्याण युवा क्लबमा आबद्ध युवाहरु, नेपाल रेडक्रस सोसाइटी तुप्चे शाखामा आबद्ध रेडक्रसकर्मीहरु, सामुदायिक स्वास्थ्य केन्द्र तुप्चेका स्वास्थ्यकर्मीहरु सहित त्रिशूली जलविद्युत आयोजनाको बाँधस्थल सुरक्षाको लागी खटिएको जबरजंग गणका नेपाली सेना र स्थानीयबासीको सहभागिता रहेको थियो ।

उक्त डेंगु रोग नियन्त्रणको लागी आयोजित सचेतना एंव लामखुट्टेको लार्भा खोजी तथा नष्ट कार्यक्रम मार्फत सामुदायमा रोग लाग्न नदिनको लागी सामुदायमा जागरुकता पुगेको न्यू तुप्चे युवा क्लबका सदस्य निराजन बोगटीले बताउनुभयो । उहाँको अनुसार स्वतःस्फुर्त रुपमा सहभागिता जनाएका स्थानीयबासीले आफ्नो घर वरिपरीको सरसफाई गर्ने, झाडीहरु हटाउने, खाल्डाखुल्डी, घरको छत तथा छानाहरुमा पानी जम्ने स्थान भएको भए त्यसलाई हटाउने कार्य गरेर रोग नियन्त्रणको लागी सुरक्षित समुदाय बनाउनको लागी एक्यवद्धता जनाएका छन् ।

तस्वरीर सौजन्य : न्यू तुप्चे युवा क्लबका सदस्य निराजन बोगटी :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web