रसुवाको चोक चोकमा राष्ट्रिय झण्डा

अशोज २, २०७६ मा प्रकाशित | 11453 views

धुञ्चे । रसुवाको मुख्य बजार क्षेत्रको चोकचोकमा राष्ट्रिय झण्डा फहराईको छ । जिल्ला स्थित सरकारी र अर्धसरकारी कार्यालयहरु, निजी तथा गैर सरकारी संस्थाहरू, नागरीक समाज, आमा समूह, स्काउट रसुवा, बिभिन्न माध्यामिक बिधालयहरू, उधोग बाणिज्य संघ रसुवा, चेम्वर अफ कमर्श रसुवा, होटेल व्यवसायी संघ रसुवा, अन्य संघरसंस्थारनिकायहरूमा  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा राष्ट्रिय झण्डा फहराइएको हो ।

रसुवा जिल्लामै पहिलो पटक गोसाईकुण्ड गाँउपालिकाको सहयोगमा मुल सडकको दायाँ बायाँ र चोकमा २०७६ असोज २ गते देखि नेपालको राष्ट्रिय झण्डा ५६ वटा समेत फहराईएको छ । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा निम्न कार्यक्रमका साथ हर्षोल्लासमय बाताबरणमा भब्यताका साथ मनाउने कार्यक्रम तय भएकाले सबैले कार्यान्वयन गर्ने गराउन सहयोग हुनका साथै असोज ३ गतेको प्रभात फेरि कार्यक्रममा उपस्थितिका लागि आह्वान गरिएको छ ।

असोज २ गते आफ्नो कार्यालय, टोल, सडक सरसफाई र साँझमा सरकारीरअर्धसरकारी कार्यालयमा र घरघरमा, टोलटोलमा दीपावली र माध्यामिक बिद्यालयमा बकतृत्वकला सञ्चालन गरिएको छ । यस्तै, असोज ३ गते बिहान ७ : ३० बजे विभिन्न झाँकी, ब्यान्डबाजा, परेड र देब्रेतर्फ नेपालको झण्डा अंकित टिसर्ट वा औपचारिक पोशाक सहित सदरमुकाम धुन्चे पुरानो स्वागतद्वारबाट जिल्ला समन्वय समितिको प्राँगनसम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ । त्यसको लागी सरकारी, अर्धसरकारी कार्यालयका कर्मचारी सबै अनिवार्य उपस्थितको लागी भनिएको छ ।

यस्तै, असोज ४ गते साँझ सरकारी, अर्धसरकारी कार्यालयमा र घरघरमा, टोलटोलमा दीपावली गर्ने कार्यक्रम राखिएको रसुवाका प्रजिअ अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web