शिवनगर । 'संविधान दिवस २०७६' को उपलक्ष्यमा नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्था लि. शाखा कार्यालय शिवनगरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
नेपाल सरकारले संबिधान दिवसलाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर उत्सवको रुपमा मनाउन घोषणा गरे अनुसार तथा नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाको केन्द्रीय कार्यालयको पत्राचार अनुसार अन्य शाखामा जस्तै शिवनगर शाखामा राष्ट्रिय झण्डा फहराइएको शाखा प्रमुख प्रतिमा ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय कार्यक्रम अनुसार शाखा कार्यालयमा असोज दुई गते बिहीबार साँझ दिप प्रज्वलन गरेर स्वागत गरिएको थियो भने आज असोज ३ गते नेपालको संबिधान २०७२ जारी भएको उपलक्ष्यको चौथो वर्षको खुसीयालीमा राष्ट्रिय झण्डा फहराइएको हो ।

शाखा कार्यालयमा आयोजित राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा शाखा प्रमुख प्रतिमा ढकाल सहित कर्मचारीहरु एकानन्द न्यौपाने, समीक्षा पराजुली, सबिता गुरुङ (अधिकारी) लगायतको सहभागिता रहेको थियो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाले विस २०७१ मा शिवनगरमा शाखा स्थापना गरेर चितवनको विभिन्न स्थान सहित गैँडाकोटमा समेत सेवा पुर्याउदै आएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय सँस्थाले गरिबी न्युनिकरण तथा समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागी समूह स्थापना, बचत संकलन एंव कर्जा लगानी, क्षमता अभिबृद्धि, व्यवसाय सञ्चालनको लागी तालीम तथा समन्वय लगायतका सेवा पुर्याउदै आएको छ । कृषि तथा पशुपालन एंव व्यवसाय सञ्चालनको लागी कर्जा लगानीको माध्यमबाट पुर्याउदै आएको सेवाले गरिबी न्युनिकरण एंवम महिलालाई आर्थिक रुपमा सक्षम बनाउनको लागी महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

17.5¡ÆC