एजेन्सी,जेठ २४ । कोपा अमेरिका फुटबलमा जमैकालाई पराजित गर्दै भेनेजुएलाले विजयी सुरुवात गरेको छ । समूह सी अन्तर्गतको सोमबार बिहान भएको खेलमा जमैकालाई १–० ले हराउदै भेनेजुएलाले विजयी सुरुवात गरेको हो । सिकागोमा भएको खेलमा भेनेजुएलाको जित भेनेजुएलाले कोपा अमेरिकामा अहिलेसम्म खेलेका ५९ खेलमा यो छैटौं जित हो । भेनेजुएलाले समूहको दोस्रो खेलमा आउँदो बिहीबार उरुग्वेसँग तथा जमैकाले मेक्सिकोसँग खेल्ने छ ।

काठमाडौं,जेठ २४ । लामो संक्रमण, राजनीतिक अनिश्चिता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाहा (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई काठमाडौमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा व्यक्त गरेपछि सर्वोच्च राजनीतिक तहमा समेत त्यसबारेमा छलफल हुन थालेको संकेत देखिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

दाहाल व्यक्तिगतरुपमा यसको पक्षधर नभएपनि सिङगापुर र मलेसियाको विकास मोडेलबाट प्रभावित नेपालका राजनीतिक दलहरु भित्र आर्थिक विकास र समृद्धिका लागि तानाशाहको खोजी हुन थालेको रुपमा दाहालको अभिव्यक्तिलाई अथ्याईएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई निष्पक्ष मियोको रुपमा प्रस्तुत गरिरहँदा त्यसलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दाहालले तानाशाह आएको अवस्थामा दलहरु भित्रैबाट एक हुनुपर्ने बताएका हुन् ।

‘हामीले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति रगत पसिना बगाएका छौँ’, उनले प्रश्न गरे, ‘सबै पार्टीहरुका वीचमा झगडा मात्रै भइरहने,सधै पावरको निम्ति लुछाचुँडी मात्रै भैरहने हो त भन्ने प्रश्न उठने गरेको छ । यसले नेपालमा परोपकारी तानाशाहको आवश्यकता त होइन कतै ?’ ‘मलेसिया, सिंगापुर या अन्य त्यस्ता देशहरु जो केही वर्ष पहिलेसम्म झण्डै झण्डै नेपालकै अवस्थामा थिए, ती देशहरुको विकास जसरी भयो,ती देशहरुलाई राजनीतिक नेतृत्वले जसरी नेतृत्व गरयो,झण्डै झण्डै परोपकारी तानाशाह जस्तो शासनबाट ती देशको विकास भएको त होइन भनेर पनि मानिसहरुका वीचमा तर्क वितर्क हुन थालेको छ’ दाहालले भने, ‘यसले नेपाललाई सकारात्मक दिशातिर लान्छ जस्तो मलाई लाग्दैन । नेपालमा हामी भन्दा बाहिर कोही परोपकारी तानाशाहा आउनेवाला छैन । आयो भने निरंकुश तानाशाह मात्र आउनेवाला छ । जसले नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धीलाई धराशायी पार्ने र देशलाई डरलाग्दो अध्यारोतिर धकेल्ने खतरा छ ।’

आफूहरुको संघर्षको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सम्भव भएको दावी गर्दै दाहालले परिवर्तनका उपलब्धीको दस्तावेज संविधान कार्यान्वयन गर्न पनि आफनै नेतृत्वमा सरकार हुनु पर्ने घुमाउरो दावी गरेका छन ।

‘कुनै पनि देशमा ठूल्ठूला राजनीतिक परिवर्तनलाई व्यवस्थापन गर्ने जिम्मेवारी त्यो परिवर्तन ल्याउने तागतले लिन्छ र लिनुपर्ने पनि हुन्छ’, उनले जिकिर गरे, ‘यदि लिन सकेन भने त्यो देश ठूलो अराजकतातिर जान्छ । त्यो देश ठूलो राजनीतिक भुमरीमा फस्ने खतरा हुन्छ।’

काठमाडौं,जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता कार्यकर्तालगायतले स्वदेश तथा विदेश लभ्रमण र उपचार खर्चवापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका आजको कारोबार दैनिकमा समाचार छ । भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । मधेस आन्दोलनमा घाइने भएकाको उपचारमा पनि करिब १० लाख रुपैयाँ निकासा गरिएको छ । सत्तारुढ दलहरु एमाले, माओवादी , राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम मन्त्रिपरिषदबाट निर्णय गराएर आफ्ना कार्यकर्तालाई २५ लाख रुपैयाँभन्ला बढी उपलव्ध गराएका छन्

एजेन्सी,जेठ २४ । विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेका छन् । एण्डी मर्रेलाई ३-६, ६-१, ६-२, ६-४ ले हराउँदै सन् २०१६ को फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । पहिलो पटक फ्रेन्च ओपन जितेका जोकोविचले बाँकी तीन वटै ग्राण्ड स्लाम जितिसकेका छन्। जोकोविचले लगातार ४ ग्राण्ड स्लाम जित्ने रेकर्ड पनि बनाएका छन्। उनले विम्बलडन २०१५, युएस ओपन २०१५, अष्ट्रेलियन ओपन २०१६ र फ्रेन्च ओपन २०१६ लगातार जितेका हुन्। सबै ग्राण्ड स्लाम जित्ने उनी ८औं पुरुष हुन् । यसअघि फ्रेन्च ओपनमा ३ पटक फाईनलमा पुगेर पराजित जोकोविचले चौथो पटकमा उपाधि हात पारेका हुन्। मर्रेको भने यो पहिलो फ्रेन्च ओपन फाईनल रहेको छ।

२४ जेठ, काठमाडौं ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले मानव बेचबिखनको आरोपमा छ जनालाई पक्राउ गरेको जनाएको छ ।

महाशाखाबाट खटिएको टोलीले चार महिलालाई काँकरभित्ता हुँदै कुबेत लगेर बेच्ने गरेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा शुक्रबार र शनिबार मोरङ, र सुनसरी जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बालकुमारी विश्वकर्मा, बिना तामाङ, नवीन धिमाल, जीवन उराउ, अशोक तामाङ र रुपनारायण राजवंशी रहेका छन् ।

महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले नेपाली र भारतीय व्यक्तिको मिलेमतोमा बाहिर लगेर बेच्न लागेको सूचना पाएपछि खोजतलास गरी दोषीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले एक व्यक्ति पठाएबापत दुई लाख ५० हजार रुपैया लिने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।

२४ जेठ, काठमाडौं ।
नयाँ सरकार बनाउने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा 'माओवादी केन्द्र' का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारका काम कारबाही, नेकपा 'एमाले' र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ ।

एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

२४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धापासीस्थित ग्रान्डी अस्पताल पुगेर वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

अपराह्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुका साथै सङ्गीतकार गुरुङलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गुरुङका सहयोगी रतन चन्दका अनुसार अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन् ।

भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थितिमा अहिले सामान्य सुधार आएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि ग्रान्डी अस्पताल पुगेर राष्ट्रिय गानका सङ्गीतकार रहनुभएका अम्बर गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गुरुङको अवस्थाका बारे थप जानकारी लिन साहित्यकार, सङ्गीतकर्मी लगायतको अस्पतालमा सहभागिता बढेको छ ।

२४ जेठ, काठमाडौं ।
चिनिया बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईर्ले जानकारी दिनुभयो ।

आयोजनाका लागि चिनिया पक्षबाट थप २१ अर्ब रुपैंया प्राप्त हुन बाँकी छ ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पोखार विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता भएको थियो ।

निर्माणका लागि चिनिया ठेकेदार कम्पनी सिएमसीले ठेक्का पाएको छ भने चिनिया प्रविधिज्ञले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु गरिसकेका छन् ।

२४ जेठ, काठमाडौं ।
नेपाल राष्ट्र बैकले ३४ करोड ७९ लाख रुपिया बराबरको बचतपत्र निश्काशन गरेको छ ।

वार्षिक ९ प्रतिशतका दरले व्याज दिने गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर बैकले आइतवारदेखि बचतपत्र निश्कासन गरेको हो ।

राष्ट्र बैकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमारहेका व्यक्तिका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा किन्न पाउनेछन ।

मुलक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले बचतपत्र किन्न पाउने छैनन् ।

बचतपत्रमा गरिएको लगानीको व्याज ६-६ महिनामा भुक्तानी गरिने, बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा बचतपत्र विक्री गर्न सक्ने, बचतपत्र धितो राखी बैक तथा वित्तीय संस्थाबाट क्रृण लिन सकिने र सावाँ २०७८ मा फिर्ता हुने राष्ट्र बैकले जनाएको छ ।

बचतपत्रको फारम आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैक, सनराइज बैक, सेिवा रेमिट र सानिमा बैकमार्फत किन्न सकिने राष्ट्र बैकले जनाएको छ ।

बचतपत्र किन्ने व्यक्तिले राहदानी, आफु कार्यरत रहेको मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारीक परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्छ । बचतपत्रको विक्री आगामी असार २४ गते सम्म खुल्ला रहने छ ।

२४ जेठ, काठमाडौं ।
विश्व वातावरण दिवस आइतबार देशभर मनाइयो । देखावटी र औपचारिक रुपमा वातावरण दिवस मनाउन आइतबार प्रधानमन्त्री देखी विदेशी डलर बटुलेर एनजिओ चलाइरहेकाहरुलाई भ्याई नभ्याई भयो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा भने “हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौ लगाई सम्पूर्ण तन, मन र धन “ रहेको थियो ।

विश्व वातावरण दिवश सरकारी कार्यालय,विधायल,विभिन्न सघ सस्थाहरुले वृक्षारोपणका साथै विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विकास र वातावरणको सन्तुलन कायम गरेर सरकारले विकासको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले अघि बढाएको वातावरण संरक्षण सम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा जोड दिईने वताउनुभयो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि राज्य, विभिन्न गैरसरकारी संस्था तथा सर्वसाधारण मिलेर अघि बढनुपर्ने बताउनुभयो ।

विश्व वातावरण दिवसको अवशरमा प्रदान गरिने यसवर्षको वातावरण संरक्षण पुरस्कार रामचरित्र साह र राष्ट्रिय वातावरण प्रदुषण नियन्त्रण नेपाललाईे प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ७५ हजार रुपियाँ रहेको छ ।

त्यसैगरि ५० हजार रुपिया राशिको महिला वातावरण संरक्षण पुरस्कार प्रेरणा महिला समूह स्यूयाटार र दीदी बहिनी समूह स्याँगजालाई प्रदान गरिएको छ ।

२५ हजार रुपिया राशिको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार भने पत्रकारद्धय रामचन्द्र अधिकारी र सागर पण्डितलाई प्रदान गरिएको छ ।

पूर्ब राष्टपति डा.रामबरण यादब

पूर्बराष्ट्रपति डा. रामबरण यादबले बाताबरण संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ ।

बिश्व बाताबरण दिबसका अबसरमा दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पूर्ब राष्ट्रपति यादबले जनचेतनाको कमी र सरकारको अदुरदर्सी नितिका कारण बाताबरण संरक्षण अहिलेको मुख्य चुनौती बढ्दै गएको बताउनु भयो ।

पूर्ब राष्ट्रपति यादबले चुरे क्षेत्र दिन दिनै दोहन मात्रै हुने गरेकोले यस तर्पm सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Ten residents of Jyanku-9 have been taken ill after consuming mushroom from the wild.

The condition of two of them is reported to be serious, while two are undergoing treatment at the local health post in Dolakha.

Others have returned after treatment at the Jhyakur health post, police said.

Naya Shakti Nepal coordinator Dr Baburam Bhattarai has said that all should accept the constitution and work to implement it.

Speaking at an interaction in Thimi of Bhaktapur to formally declare the Naya Shakti a political party, the former Prime Minister urged all to work for the implementation of the constitution.

He also said that rights of Madhesi, indigenous, Janajatis, women and impoverished community should be ensured through an amendment to the constitution.

On a different note, he said that the country would be free of poverty and unemployment in 10 years and developed in 15 years and made richest nation in the world in 25 years.

He was of the view that national sovereignty and independence should be safeguarded while striking balanced relations between India and China by serving as a dynamic bridge between the two neighbours.