प्रधानमन्त्री र प्रचण्डबिच नयाँ सरकार बनाउने बारे यस्तो छलफल

जेष्ठ २३, २०७३ मा प्रकाशित | 988 views

२४ जेठ, काठमाडौं ।
नयाँ सरकार बनाउने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा 'माओवादी केन्द्र' का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारका काम कारबाही, नेकपा 'एमाले' र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ ।

एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web