२४ जेठ, काठमाडौं ।
नेपाल राष्ट्र बैकले ३४ करोड ७९ लाख रुपिया बराबरको बचतपत्र निश्काशन गरेको छ ।

वार्षिक ९ प्रतिशतका दरले व्याज दिने गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर बैकले आइतवारदेखि बचतपत्र निश्कासन गरेको हो ।

राष्ट्र बैकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमारहेका व्यक्तिका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा किन्न पाउनेछन ।

मुलक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले बचतपत्र किन्न पाउने छैनन् ।

बचतपत्रमा गरिएको लगानीको व्याज ६-६ महिनामा भुक्तानी गरिने, बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा बचतपत्र विक्री गर्न सक्ने, बचतपत्र धितो राखी बैक तथा वित्तीय संस्थाबाट क्रृण लिन सकिने र सावाँ २०७८ मा फिर्ता हुने राष्ट्र बैकले जनाएको छ ।

बचतपत्रको फारम आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैक, सनराइज बैक, सेिवा रेमिट र सानिमा बैकमार्फत किन्न सकिने राष्ट्र बैकले जनाएको छ ।

बचतपत्र किन्ने व्यक्तिले राहदानी, आफु कार्यरत रहेको मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारीक परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्छ । बचतपत्रको विक्री आगामी असार २४ गते सम्म खुल्ला रहने छ ।

19.12¡ÆC