स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन

मंसिर १४, २०८३ मा प्रकाशित | 1 views

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु छ अर्बको बजेट विनियोजन गरी पुनर्निर्माण तथा पुनःस्थापनका कार्य सुरु गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट पुरिएको गोसाइँकुण्ड गाउँपालिकाका–५ स्थित स्याफ्रुबेँसीमा स्वास्थ चौकीको अस्थायी संरचनाबाट सेवा सञ्चालनका लागि आज हस्तान्तरण गर्नुभयो ।

बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बाढी प्रभावित रसुवा र नुवाकोटमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनसम्बन्धी कार्यप्रगतिबारे जानकारी दिनुभयो । सेभ द चिल्ड्रेनको सहयोगमा तीन श्ययाको उक्त चौकी भवन निर्माण हुँदैछ ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आधारभूत सेवा पुनःस्थापना र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन तीन तहको सरकारले प्राथमिकताका साथ काम अघि बढाउन आवश्यक रहेकोे बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web