प्रधानमन्त्रीले अस्पताल पुगेर सङ्गीतकार अम्बर गुरुङको अवस्था बुझे

जेष्ठ २३, २०७३ मा प्रकाशित | 1360 views

२४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धापासीस्थित ग्रान्डी अस्पताल पुगेर वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

अपराह्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुका साथै सङ्गीतकार गुरुङलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गुरुङका सहयोगी रतन चन्दका अनुसार अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन् ।

भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थितिमा अहिले सामान्य सुधार आएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि ग्रान्डी अस्पताल पुगेर राष्ट्रिय गानका सङ्गीतकार रहनुभएका अम्बर गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गुरुङको अवस्थाका बारे थप जानकारी लिन साहित्यकार, सङ्गीतकर्मी लगायतको अस्पतालमा सहभागिता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web