Prime Minister KP Sharma Oli and Chairman of CPN (Maoist Center) Pushpa Kamal Dahal have held discussions about the government activities, the latest nine-point agreement signed between the two major ruling partners and the possibility of formation of a national consensus government.

The meeting between the heads of two major ruling parties CPN (UML) and the CPN (Maoist Center) was held at the Prime Minister's official residence, Baluwatar, Chairman Dahal's Secretariat said.

Water vapour-rich winds rising from the Bay of Bengal and local winds caused rainfalls that continues in various parts of the country for the past few days, said the Meteorological Forecasting Division (MFD).

The MFD said that as a result of this, there is a weather change across various parts of the country today and some parts of eastern, western and mid western regions received rainfalls.

The weather pattern will remain the same and various parts of the country will continue to receive rainfalls for the next few days.

Meanwhile, meteorologist Barun Poudel said that some problems in the weather pattern in pre-monsoon is likely to cause delay in the arrival of monsoon.

Press Chautari Nepal member Lakpa Gelu Sherpa has unfurled the flag of PCN atop Mt Everest or Sagarmatha.

A resident of Solukhumbu, Sherpa returned to Kathmandu today after successfully scaling the world's tallest mountain on May 23, along with flag of PCN.

This is the first instance that a flag related to any media organization has been unfurled atop Everest, claimed PCN Vice-chair Madhav Nepal.

२४ जेठ, टोकियो ।
जापानको सुजुका अन्तराष्ट्रीय सर्किटमा भएको सुज़ुकी एसीएन मोटरसाइकल च्यामपियनसिपमा नेपालका विक्रम थापाले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।

अन्तिम प्रतिस्पर्धामा उपाधि नपाएपनि उत्कृष्ठ मोटरसाईकल रेस गरेका विक्रमले १५ अौं स्थान हाँसिल गरे ।

खेल हेर्न पुगेका नेपाली र नेपाल प्रति मायां र सद्भाव राख्ने जापानी सहित विदेशीले नेपाली खेलाडीको पहिलो मोटरसाईकल रेस देख्न पाएको भन्दै नेपाली प्रतिस्पर्धी थापालाई हौसला प्रदान गरेका थिए ।

संसारकै प्रसिद्द जापानको यो सर्किटमा नेपाली सहभागी भएर रेसमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो ।

तेस्रो राउण्ड अन्र्तगत भएको यो खेल पछि अब चौथों राउण्डको खेल अगष्त ५ देखि ७ सम्म इन्डोनेसिया मा हुनेछ ।

सन् २०१६ भर चल्ने यो खेल मार्च २२ मा मलेशियाबाट सुरु भई विभिन्न देशमा खेल हुँदै डिसेम्वर २४ तारिखमा थाइल्याण्डमा पुगेर समापन हुनेछ ।

स्तर विहिन नेपालको सडकमा मोटरसाईकल चलाएर पनि अन्र्तराष्टिय मोटरसाईकल रेसमा नेपालीको सहभागीता र प्रदर्शनले नेपालमा पनि मोटरसाईकल रेस खेलको संभावनालाई विक्रम थापाले उजार गरिदिएका छन् ।

सँधैजसो प्रतिस्पर्धा र अभ्यास गर्ने अन्तर्राष्ट्रिय खेलाडिहरूसंग प्रतिस्पर्धा गरेर १५ औं स्थानमा आउनुलाई सबै खेल प्रशंसकहरुले विक्रमको प्रदर्शनलाई उत्कृष्ठ भएको बताएका छन् ।

पप्पु गुरुङ्, २३ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले अनुसन्धान पछि ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता भएको छ् । मंगलवार करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । अभियुक्तका आफन्तजनले प्रहरी माथी हातपात गरि अभियुक्तलाई भगाउन सहयोग गरेको तथा प्रहरी माथी हातपात गरेको उनिहरुमा आरोप छ् । अभियुक्तलाई पक्राउ गर्न लाग्दा अभियुक्त बिर बहादुर सुनारका परिवारजनले प्रहरी निरिक्षक विश्वकर्माको पेस्तोल खोस्नुको साथै हातपात गरि मानव तस्करका अभियुक्त बिर बहादुर सुनारलाई भगाउन सहयोग गरेको ६ जना बिरुद्ध आरोप छ् । प्रहरीको अनुसन्धान पछि अभियुक्त सुनार आफन्त काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती ( नाउ नखुलेको ) रहेका छन् । आजै मुद्धा दर्ता गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ् । प्रहरीले ६ जनाको खोजी कार्य जारी राखेको छ् ।

काठमाडौं, जेठ २३ । आईटीएफ-एटीएफ डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ८ खेलाडीसहित ९ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । जुन ५ देखि १८ तारिखसम्म सञ्चालन हुने क्याम्पको पुरुषमा संरक्षकभूषण वज्राचार्य, प्रणव खनाल, अभिनव आचार्य र सौरभराज पाण्डेले भाग लिने छन् । महिलमा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा, खुशी पाण्डे र प्रेरणा कोइराला सहभागी हुने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।

क्याम्पपछि बैंककमै हुने आईटीएफ यु–१८ विश्व जुनियर ¥याकिङ टेनिस प्रतियोगितामा पनि केहि खेलाडीले भाग लिने छन् । मायांका र माहिका तथा संरक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अखिल नेपाल लनटेनिस संघले जनाएको छ । प्रतियोगिता जुन २० देखि २५ तारिखसम्म हुने छ ।

टोलीलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य ज्ञानेन्द्र खनालले एक कार्यक्रमबीच आइतबारै अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

काठमाडौं,जेठ २३ । नेपाल भलिबल संघले आगमी वर्षको लागि वार्षिक कार्ययोजना आइतबार सार्वजनिक गरेको छ । निर्वाचित भएको २० दिनपपछि संघले आइतबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधाहरु सार्वजनिक गरेको हो । संघको योजना अनुसार पहिलो कार्य आगमी असार तीन गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्नेछ । यस्तै साउन १३ गतेको लागि भारतसँग मैत्रीपूर्ण महिला भलिबलको आयोजना गरेको छ । भाद्रमा भलिबल महोत्सव तेस्रो राष्टिय महिला एनभीए महिला तथा पुरुष क्लब च्यामिपयनसिप हुनेछ । कात्र्तिकमा पाचौं महिला तथा छैटौं राष्टिय पुरुष बीच भलिबल गराउने तालिका छ ।

मङ्सिरमा ३० औं पुरुष तथा २०औं महिला भलिबलको कार्ययोजना छ । कार्तिक एभीसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल तथा कार्तिकमा इन्टरनेशनल रेफ्री क्यानिडेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिका छ । माघमा यु –१५ विद्यालय स्तरीय राष्ट्रिय भलिबल गराउने संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले पत्रकार सम्मेलनमा बताए । चैत्रमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल तथा वैशाखमा इभीसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिलमा सहभागिता जनाउने कार्य तालिका छ । ७४ वैशाखमा वर्ष खेलाडी र प्रशिक्षक एवम् संघ सस्थालाई सम्मान गर्ने संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । उनले सबै पुरा गर्न करिव दुई करोड देखि ३ करोड लागत लाग्ने बताए । संघको कार्य योजनामा क्षेत्र तथा जिल्लाले आयोजना गर्ने प्रतियोगिताहरु समावेश गरिएको छैन ।

काठमाडौं,जेठ २३ । कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ मसान्तभित्र विभाग र केन्द्रीय सदस्यहरूको मनोनयन टुंग्याउने भएका छन् । आकांक्षी धेरै रहेकाले विवाद हुने देखेपछि देउवाले तत्काललाई पदाधिकारी मनोनयन थाती राख्न लागेका हुन् । कांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्र विभाग तथा केन्द्रीय सदस्यमा मनोनयन टुंग्याउनुपर्ने व्यवस्था छ । विधानअनुसार नै पदाधिकारीसहित विभाग गठन, केन्द्रीय सदस्य मनोनयन एकैपटक टुंग्याउने देउवाको तयारी थियो । तर, अहिले ४२ विभाग गठन र १४ केन्द्रीय सदस्यमध्ये दुई–तीन सदस्य बाँकी राखेर मनोनयन गर्ने तयारी उनको छ । केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति, ज्येष्ठ राजनीतिकसभा पनि गठन गर्ने तयारी छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

देउवाका चार अप्ठ्यारा

१. उपसभापतिमा निधि कि खड्का

उपसभापतिमा खुमबहादुर खड्का र विमलेन्द्र निधि प्रमुख दाबेदार छन्। तराई–मधेसको प्रतिनिधित्व, संगठनमा पकड र भावी उत्तराधिकारीका रूपमा देउवाले निधिलाई उपसभापति बनाउन चाहेका छन्। महाधिवेशनमा महत्त्वपूर्ण सहयोग गरेका खड्काले पनि उपसभापतिका लागि दबाब दिइरहेका छन् । तर, हिन्दूराज्यको अभियान चलाएका खड्काको एजेन्डा डा. शशांक र शेखर कोइरालासँग मिलेकाले देउवा सशंकित छन् । भ्रष्टाचार कसुरमा जेल सजाय भोगेका खड्कालाई पद दिँदा हुनसक्ने आलोचनाबाट पनि देउवा जोगिन चाहन्छन् । संसदीय बोर्डमा राखेर खड्कालाई मनाउने तयारी देउवाको छ । तर, आफूलाई बोर्डमा राखेमा महामन्त्री र सहमहामन्त्रीमा क्रमश: पूर्णबहादुर खड्का र पुष्पा भुसाललाई राख्नुपर्ने दबाब खड्काले दिएको स्रोतको भनाइ छ ।

२. महामन्त्रीमा दुई, सहमहामन्त्रीमा धेरै

महामन्त्रीमा देउवा पक्षकै पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की दाबेदार छन् । देउवाको पहिलो प्राथमिकतामा कार्की रहेको स्रोत बताउँछ । तर, उपसभापतिको अप्ठेरो मिलाउने क्रममा खुमबहादुर महामन्त्री बसेमा अरूको ढोका बन्द हुनेछ । सहमहामन्त्रीमा भने देउवा पक्षकै डा. प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद दाबेदार छन् । उनीहरूमध्ये कसलाई कहाँ व्यवस्थापन गर्ने भन्नेमा देउवा अप्ठेरोमा छन् ।

३. पदाधिकारीमा पौडेल पक्षको पनि दाबी

पौडेल पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमध्ये एकमा आफ्नो दाबी रहने बताउँदै आएको छ । ‘पदाधिकारीमा हाम्रो दाबी स्वत: रहन्छ । कसरी सन्तुलित गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ,’ केन्द्रीय सदस्य दिलेन्द्र बडूले भने, ‘पदाधिकारी चयन गर्दा विधानले केन्द्रीय समितिबाट अनुमोदन खोज्छ । सबैलाई चित्त बुझाउनुभएन भने सभापतिलाई गाह्रो पर्ने देखेका छौं ।’

४. सबै पक्षलाई मिलाउनुपर्ने चुनौती

सभापति देउवाले महाधिवेशनअघि नै पार्टीमा गुटबन्दी अन्त्य हुने घोषणा गरेका थिए । सभापतिमा निर्वाचित भएपछि घोषणा कार्यान्वयन गर्न पदाधिकारी, केन्द्रीय सदस्य र विभाग गठनमा अर्को पक्षलाई सन्तुष्ट बनाएर जानुपर्ने चुनौती देउवालाई छ । तर, आफ्नै पक्षका आकांक्षी धेरै रहेकाले पौडेल पक्ष र कृष्णप्रसाद सिटौला समूहलाई पनि समेट्न उनलाई सकस परेको छ ।

काठमाडौं,जेठ २३ । विनाशकारी भूकम्पबाट ध्वस्त काठमाडौं उपत्यकाको पुनर्निर्माण अझै विलम्ब हुने देखिएको छ। लागत संकलनसम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको ‘भेरिफिकेसन मोडल’ दातृ निकायले चित्त नबुझाएपछि उपत्यकाको पुनर्निर्माणमा विलम्ब हुने देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले दातृ निकायसँग भएको असमझदारी हटाउने प्रयास भइरहेको बताए । ‘दातृ निकायसँग केही असमझदारी भएकामा अहिले हटाउने प्रयास भइरहेको छ । हट्नासाथ उपत्यकामा पुनर्निर्माणको काम अघि बढ्छ। यसका लागि केही अवधि लाग्न सक्छ,’ उनले भने।

पुनर्निर्माणका लागि आवश्यक स्रोत अझै जुटेन

दातृ निकाय र प्राधिकरणबीचको असमझदारीकै कारण पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटेको छैन। विशेषगरी प्राधिकरणको भूकम्पपीडित ‘भेरिफिकेसन मोडल’ मा विश्व बैंक सहमत हुन सकेको छैन। प्राधिकरणका अनुसार उपत्यकामा लागत संकलनकै लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ।

लागत संकलन गर्नसमेत प्राधिकरणसँग बजेट छैन

प्राधिकरणसँग लागत संकलनका लागि खर्च गर्ने रकमको समेत अभाव छ। ‘पुनर्निर्माणका लागि ठूलो मात्रामा स्रोतसाधनको आवश्यकता छ। त्यो स्केलको स्रोतसाधन नभएर पनि हो सुरु हुन नसकेको। व्यवस्थापनका लागि प्राधिकरण लागिपरेको छ,’ प्राधिकरणका प्रवक्ता थपलियाले भने, ‘सरकार पनि यसमा सहमत छ । अब चाँडै काम अघि बढ्छ ।’

काठमाडौं,जेठ २३ । लाजिम्पाटस्थित पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा २४ घण्टा प्रहरी पहरा छ । घर तथा व्यक्तिगत सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरीका ३० भन्दा बढी सुरक्षाकर्मी उनका वरिपरि परिचालित छन्, जसको नेतृत्व गर्छन् सशस्त्र प्रहरीका डीएसपी ।सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर, त्यति बजबुत सुरक्षा घेराभित्र रहँदासमेत उनका पुत्र प्रकाश दाहालले चाहिँ आफूलाई सुरक्षित महसुश गर्न सकेका रहेनछन् । त्यसको पुष्टि गर्छ, ६ महिनाअघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा नीजि सुरक्षाको लागि हतियार आयात गरी राख्न पाउनको लागि दिएको निवेदनले ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रकाशले शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि हतियारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, पटक–पटकको प्रयासका बाबजुत हतियार राख्ने उनको चाहना पूरा हुन पाएको छैन ।

जिल्ला प्रशासन कार्यादयसम्बद्व सूत्रका अनुसार सुरुमा प्रकाशले पेस्तोलकै इजाजत लिन प्रयास गरेका थिए । तर, कानुनले ९ एमएमभन्दा मूनिको हतियार सरकारबाहेक कसैलाई राख्ने अनुमति दिँदैन् । यो बुक्रेपछि प्रकाशले पेस्तोलको रहर त्यागे ।

त्यसपछि चाहिँ उनले १२ बोर बन्दुक एउटा, त्यसको टोटा एक सय ओटा र २२ बोरको राइफल एउटा र त्यसमा प्रयोग हुने गोली दुई सय थान आयात गरी राख्न पाउने इजाजतको लागि जिल्ला प्रशासनमा विधिवत् निवेदन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी प्रकाशले हतियार खरिद गरी राख्न पाउने इजाजत लिन गरेको प्रयासबारे अव्यवहारिक रुपमा प्रस्तुत भए ।

उनले प्रकाशले हतियार खरिदका लागि निवेदन दिएको स्वीकार त गरे तर यसबारेमा ‘किन खोजी गरेको’ भन्दै हप्कीदप्कीको शैलीमा प्रस्तुत भए ।

‘नयम अनुसार पाउने हतियारका लागि प्रकाशले निवेदन दिएका छन् । उनको मात्र किन ?’

२० जेठ दिउँसो आफ्नै कार्यकक्षमा प्रकाशले हतियारको इजाजत लिन खोजेको प्रसंग निस्कनुअघिसम्म नरम देखिएका प्रमुख जिल्ला अधिकारी सुवेदी त्यसपछि एकाएक रुखो शैलीमा प्रस्तुत भए, ‘निमयभित्र रहेर तपाईंले पनि, मैले पनि इजाजत लिन पाइन्छ ।’ उनले भने ।

‘साँच्चै सुरक्षा थ्रेट भएरै प्रकाशले हतियार राख्ने इजाजत लिन खोजेका हुन् त ? प्रकाशलाई सुरक्षा थ्रेट नै छैन भन्न त सकिन्न,’ प्रकाशको ‘कोर टिम’भित्रका एक सहकमीृ भन्छन्, ‘तर, हतियार र इजाजत पत्र लिँदा मात्र सुरक्षित हुन सकिन्छ भन्ने उनको बुझाइ हो भने त्यो पनि राम्रो होइन ।’ नेपाल साप्ताहिकमा खबर छ ।

एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा इक्वेडरले ब्राजिललाई बराबरीमा रोकेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा स्ट्राइकर नेइमार बिनानै मैदान उत्रेको ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । यो खेलमा इक्वेडर अभागी सावित भयो । इक्वेडरका एनर भ्यालेन्सियाले गोल गरेपनि कोपा अमेरिकाका अधिकारीले त्यसलाई गोलको मान्यता दिएनन् ।

काठमाडौं,जेठ २३ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। 'अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन्। यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ।

यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ। बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए। बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए। उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए। उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए। उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए।