काठमाडौं,जेठ २४ । लामो संक्रमण, राजनीतिक अनिश्चिता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाहा (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई काठमाडौमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा व्यक्त गरेपछि सर्वोच्च राजनीतिक तहमा समेत त्यसबारेमा छलफल हुन थालेको संकेत देखिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

दाहाल व्यक्तिगतरुपमा यसको पक्षधर नभएपनि सिङगापुर र मलेसियाको विकास मोडेलबाट प्रभावित नेपालका राजनीतिक दलहरु भित्र आर्थिक विकास र समृद्धिका लागि तानाशाहको खोजी हुन थालेको रुपमा दाहालको अभिव्यक्तिलाई अथ्याईएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई निष्पक्ष मियोको रुपमा प्रस्तुत गरिरहँदा त्यसलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दाहालले तानाशाह आएको अवस्थामा दलहरु भित्रैबाट एक हुनुपर्ने बताएका हुन् ।

‘हामीले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति रगत पसिना बगाएका छौँ’, उनले प्रश्न गरे, ‘सबै पार्टीहरुका वीचमा झगडा मात्रै भइरहने,सधै पावरको निम्ति लुछाचुँडी मात्रै भैरहने हो त भन्ने प्रश्न उठने गरेको छ । यसले नेपालमा परोपकारी तानाशाहको आवश्यकता त होइन कतै ?’ ‘मलेसिया, सिंगापुर या अन्य त्यस्ता देशहरु जो केही वर्ष पहिलेसम्म झण्डै झण्डै नेपालकै अवस्थामा थिए, ती देशहरुको विकास जसरी भयो,ती देशहरुलाई राजनीतिक नेतृत्वले जसरी नेतृत्व गरयो,झण्डै झण्डै परोपकारी तानाशाह जस्तो शासनबाट ती देशको विकास भएको त होइन भनेर पनि मानिसहरुका वीचमा तर्क वितर्क हुन थालेको छ’ दाहालले भने, ‘यसले नेपाललाई सकारात्मक दिशातिर लान्छ जस्तो मलाई लाग्दैन । नेपालमा हामी भन्दा बाहिर कोही परोपकारी तानाशाहा आउनेवाला छैन । आयो भने निरंकुश तानाशाह मात्र आउनेवाला छ । जसले नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धीलाई धराशायी पार्ने र देशलाई डरलाग्दो अध्यारोतिर धकेल्ने खतरा छ ।’

आफूहरुको संघर्षको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सम्भव भएको दावी गर्दै दाहालले परिवर्तनका उपलब्धीको दस्तावेज संविधान कार्यान्वयन गर्न पनि आफनै नेतृत्वमा सरकार हुनु पर्ने घुमाउरो दावी गरेका छन ।

‘कुनै पनि देशमा ठूल्ठूला राजनीतिक परिवर्तनलाई व्यवस्थापन गर्ने जिम्मेवारी त्यो परिवर्तन ल्याउने तागतले लिन्छ र लिनुपर्ने पनि हुन्छ’, उनले जिकिर गरे, ‘यदि लिन सकेन भने त्यो देश ठूलो अराजकतातिर जान्छ । त्यो देश ठूलो राजनीतिक भुमरीमा फस्ने खतरा हुन्छ।’

19.12¡ÆC